Page:Munamadan.pdf/9: Difference between revisions
Appearance
→Not proofread: Created blank page |
|||
(3 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ, | |||
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ । | |||
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ, | |||
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ । | |||
मलाई सानो पातीलो गाउँ पहाडी नालीमा, | |||
मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा, | |||
शहरबाट सुदूर नीरमा मोहनी कुनामा, | |||
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा । | |||
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर, | |||
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर । | |||
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन, | |||
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन । | |||
पेशाले बिग्र्यो कविको धर्म्म, शब्दले मर्म्मघात, | |||
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात । | |||
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्, | |||
आदिम तर नवीन चीजको वजन गुन्नेछन् । | |||
यो सानो झ्याउरे गीतको कथा नजर लगाई, | |||
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई ! | |||
</poem> | |||
{{end center block}} |
Latest revision as of 09:05, 4 May 2025
This page has been validated
झ्याउरे कवि भनेर मेरो दुर्नाम हुनेछ,
जनको प्यारको चन्द्रमालाई कलङ्क छुनेछ ।
युगल आर्को लिनेछ कोल्टो, भावना फिर्नेछ,
खुम्चेका दिल फुकेर जालान्, अन्धता मर्नेछ ।
मलाई सानो पातीलो गाउँ पहाडी नालीमा,
मसिनो सानो वनचरी-कुर्लन जल बोल्ने थलीमा,
शहरबाट सुदूर नीरमा मोहनी कुनामा,
गन्धर्वपरी नेपाली कुर्लून्, प्रकृत टुनामा ।
हृदयले नै डोर्याई भाषा अर्थलाई मन्त्रेर,
भावको टूना हालेर झिल्कोस् प्रकृतिमन्तिर ।
मुटुको मलाई ढुकढुकी मीठो, कलेजा-कम्पन,
जोवनको बोली सुरिलो मलाई, स्नायुको स्पन्दन ।
पेशाले बिग्र्यो कविको धर्म्म, शब्दले मर्म्मघात,
आत्मालाई झूटो बोलेको छन्द नाच्दछन् पारी रात ।
यो मेरो सार्वजनिक शब्द सबैले सुन्नेछन्,
आदिम तर नवीन चीजको वजन गुन्नेछन् ।
यो सानो झ्याउरे गीतको कथा नजर लगाई,
टुट र फूट माफ गर्नुहोला सज्जन ! मलाई !