Page:Shakuntala.pdf/95: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
पर्यो विपिन जानु नै किन बसी घरैका घर । | |||
::जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥ | ::जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥ | ||
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि । | झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि । | ||
Line 9: | Line 9: | ||
छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी । | छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी । | ||
::महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥ | ::महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥ | ||
बुझे मधुर रूप नै निगम नै छ के काम र ? | |||
::बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥ | ::बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
बुझे सरस लाजको मृदुल | बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी । | ||
::छ दर्शन यहाँ अरू कुन जगत्विषे चाहिने ? | ::छ दर्शन यहाँ अरू कुन जगत्विषे चाहिने ? | ||
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन् यहाँ । | अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन् यहाँ । | ||
::कडा परुषहातले मृदुलता कहाँ छोइने ? | ::कडा परुषहातले मृदुलता कहाँ छोइने ? | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता । | |||
::सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ? | ::सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ? | ||
समुच्च मृदु भावनासित म दिव्य टूनाकन । | समुच्च मृदु भावनासित म दिव्य टूनाकन । | ||
:: | ::सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥" | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
"ममा शरम चित्तमा नरम रङ्गले आउँछ । | |||
::कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥ | ::कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥ | ||
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ | म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ । | ||
::भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ | ::भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥" | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
Line 34: | Line 34: | ||
::प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥ | ::प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥ | ||
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी । | अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी । | ||
::यहाँ किन | ::यहाँ किन झरिन् र को हृदय डाक्न आइन् यिनी ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 12:59, 2 March 2025
पर्यो विपिन जानु नै किन बसी घरैका घर ।
जितीकन अनङ्ग नै विजय माधुरीको गर ॥
झरेर घर मोहिनी बनिदिए यहाँ जो हरि ।
उनैकन भजे पुग्यो मृदुल अङ्गमा बेसरी ॥
(२९)
छ ईश कुन ठाउँमा ? छ जुन ठाउँमा माधुरी ।
महातप त्यही न हो भजन गर्छ जो स्वःपरी ॥
बुझे मधुर रूप नै निगम नै छ के काम र ?
बुझे हृदय प्रेमको भव छ स्वर्गको मन्दिर ॥
(३०)
बुझे सरस लाजको मृदुल "नाइँ" को माधुरी ।
छ दर्शन यहाँ अरू कुन जगत्विषे चाहिने ?
अनन्त मृदुता त्यसै विजय गर्न दिन्नन् यहाँ ।
कडा परुषहातले मृदुलता कहाँ छोइने ?
(३१)
"अनन्त रसकी सुधा हृदयमोहिनी पो म ता ।
सुरेश हरिकी छटा मकन पाउँछौ लौ कता ?
समुच्च मृदु भावनासित म दिव्य टूनाकन ।
सधैंभर भजे म छु प्रकृतप्राप्त आत्माकन ॥"
(३२)
"ममा शरम चित्तमा नरम रङ्गले आउँछ ।
कडा परुषता हुँदा दिल अनित्यले मोहिँदा ॥
म सत्य अनि नित्यकी मधुर मोहिनी हूँ बुझ ।
भनी मकन मृत्तिका नछुनु लाग्छ लज्जा अझ ॥"
(३३)
यही छ ध्वनि रूपको कृसुमतुल्यको यौवन ।
प्रदर्शन गरी गरी हृदय गर्छ आमन्त्रण ॥
अहो ! रुचिररूपकी मृदु शकुन्तला मोहिनी ।
यहाँ किन झरिन् र को हृदय डाक्न आइन् यिनी ॥
(३४)