Page:Shakuntala.pdf/90: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{x-larger|'''नवम सर्ग'''}}}} | {{c|{{x-larger|'''नवम सर्ग'''}}}} | ||
{{c|'''( | {{c|'''(पृथ्वी)'''}} | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । | छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा । | ||
:: | ::वसन्त छ परागमा, विहगका गला रागमा ॥ | ||
प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । | प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा । | ||
::विभाग वनका झुले मधुर रागका लागुमा ॥ | ::विभाग वनका झुले मधुर रागका लागुमा ॥ | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
छ काग पनि कोयली ' | छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली । | ||
::डटे तरु फुली नरम | ::डटे तरु फुली झुली नरम बैँसजादू बली ॥ | ||
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । | नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली । | ||
::फुलेर सुषमा झुली | ::फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
कुरङ्गगवन रङ्ग | कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा । | ||
::प्रसङ्ग घुइरा | ::प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥ | ||
अनङ्ग छ तरङ्गमा, प्रकृत ढङ्गमा । | अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा । | ||
::उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ | ::उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
वसन्त छ अनन्तको मधुर | वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको । | ||
::बली कुसुमवृन्तको हृदय दीप्ति | ::बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥ | ||
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको । | खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको । | ||
::प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥ | ::प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥ |
Latest revision as of 11:51, 2 March 2025
This page has been proofread
नवम सर्ग
(पृथ्वी)
छ बैँस वन, बागमा प्रकृतिको हरा भागमा ।
वसन्त छ परागमा, विहगका गला रागमा ॥
प्रशाख तरु रम्य छन् हरित रङ्ग वैशाखमा ।
विभाग वनका झुले मधुर रागका लागुमा ॥
(१)
छ काग पनि कोयली मधुर 'कोयँ' को शब्द ली ।
डटे तरु फुली झुली नरम बैँसजादू बली ॥
नवीन सुषमा फुली अब दिगङ्गना क्या खुली ।
फुलेर सुषमा झुली मृदुलता लताको मिली ॥
(२)
कुरङ्गगवन रङ्ग भो बहुविहगका सङ्गमा ।
प्रसङ्ग घुइरा चले कुसुमओठका रङ्गमा ॥
अनङ्ग छ तरङ्गमा, प्रकृत सिर्जना ढङ्गमा ।
उमङ्ग-वन अङ्गमा लहरिँदो छ क्या दङ्गमा ॥
(३)
वसन्त छ अनन्तको मधुर पन्थ झैं सन्तको ।
बली कुसुमवृन्तको हृदय दीप्ति झैं अन्तको ॥
खुल्यो मुख दिगन्तको विधुमुहारका दन्तको ।
प्रभा स्फुटित पन्थ भो छ सपना महाशान्तको ॥
(४)