Page:Shakuntala.pdf/78: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
हामी त्यहाँ मधुरिमासित स्वर्ग | हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई । | ||
::पूजा गरेर दिलले जलसाथ | ::पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥ | ||
छन् बालनृत्यहरुले सब स्वर्ग | छन् बालनृत्यहरुले सब स्वर्ग टम्म । | ||
::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥ | ::कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा । | |||
::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा | ::वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥ | ||
त्यो कालमा शिशु अविकृत शान्त | त्यो कालमा शिशु अविकृत शान्त हाँसी । | ||
::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥ | ::रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
त्यो इन्द्रको | त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने । | ||
::देखेर सत्य | ::देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥ | ||
जो भावको गति छ त्यो यदि आज | जो भावको गति छ त्यो यदि आज पाऊँ । | ||
::यौटा नयाँ निगम यो जगमा | ::यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
खेली | खेली कुँदेर छरिता पदसाथ नाची । | ||
:: | ::हाँसेर हेर जगतैकन यो उदासी ॥ | ||
आह्लादको रस भरूँ कि भनेर | आह्लादको रस भरूँ कि भनेर ईश । | ||
::आए बनेर शिशु गर्न | ::आए बनेर शिशु गर्न सुचारु लीला ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
यो दुःखको जलधिमा यदि मिल्छ | यो दुःखको जलधिमा यदि मिल्छ एक । | ||
::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥ | ::आनन्दको लहर रश्मिप्रसन्न चारु ॥ | ||
तारा | तारा कतै छ तममा यदि जिन्दगीको । | ||
::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥ | ::त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
सानी शकुन्त- | सानी शकुन्त-सँगिनी हँसिली भएर । | ||
::पन्छीहरूसँग मिलीकन बार बार ॥ | ::पन्छीहरूसँग मिलीकन बार बार ॥ | ||
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र । | |||
:: | ::रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 17:09, 1 March 2025
हामी त्यहाँ मधुरिमासित स्वर्ग पाई ।
पूजा गरेर दिलले जलसाथ हेर्छौ ॥
छन् बालनृत्यहरुले सब स्वर्ग टम्म ।
कल्पद्रुमादि जसमा लटरम्म फुल्छन् ॥
(२८)
बिग्रिन्छ प्रौढहरुको जब बुद्धि सारा ।
वर्षिन्छ हेर जगमा प्रलयाग्निधारा ॥
त्यो कालमा शिशु अविकृत शान्त हाँसी ।
रोक्नेछ क्यार ? गति कारणको विनाशी ॥
(२९)
त्यो इन्द्रको धनुपछाडी दगुर्न खोज्ने ।
देखेर सत्य खँदिलो नभबीच ऊँचा ॥
जो भावको गति छ त्यो यदि आज पाऊँ ।
यौटा नयाँ निगम यो जगमा बनाऊँ ॥
(३०)
खेली कुँदेर छरिता पदसाथ नाची ।
हाँसेर हेर जगतैकन यो उदासी ॥
आह्लादको रस भरूँ कि भनेर ईश ।
आए बनेर शिशु गर्न सुचारु लीला ॥
(३१)
यो दुःखको जलधिमा यदि मिल्छ एक ।
आनन्दको लहर रश्मिप्रसन्न चारु ॥
तारा कतै छ तममा यदि जिन्दगीको ।
त्यो हो वसन्त मुजुरा, शिशुता शिखारु ॥
(३२)
सानी शकुन्त-सँगिनी हँसिली भएर ।
पन्छीहरूसँग मिलीकन बार बार ॥
उड्थिन् सुवर्णनभमा सुप्रभातभित्र ।
रङ्गीनपङ्ख मनमाफिकले विचित्र ॥
(३३)