Page:Shakuntala.pdf/68: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
क्रूर हे कालको भाइ | "क्रूर हे कालको भाइ– नङ्ग्रा हुने । | ||
::भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | ::भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥ | ||
जीवनाऽऽनन्दको कोमल स्पन्दन । | |||
:: | ::ढुक्ढुकाई छिटो त्रासले भो, नमार् ॥ | ||
{{pcn|(२३)}} | {{pcn|(२३)}} | ||
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै । | ||
::लाल हिंसा धराबीच बुट्टा | ::लाल हिंसा धराबीच बुट्टा बनी ॥ | ||
शान्तिको सूचनातुल्य यो कान्तिमा । | शान्तिको सूचनातुल्य यो कान्तिमा । | ||
::क्रूर के डस्दछस् ईश्वरैको मुटु ? | ::क्रूर के डस्दछस् ईश्वरैको मुटु ? | ||
Line 14: | Line 14: | ||
योनि फेर्, योनि फेर् शाक खाने बनी । | योनि फेर्, योनि फेर् शाक खाने बनी । | ||
::मूल खाने बनी ले फलाहार | ::मूल खाने बनी ले फलाहार तँ ॥ | ||
मांस नै भक्ष्य जो भन्छ त्यो | मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो । | ||
::लाश खाने | ::लाश खाने लुछी लाज छोडीकन ॥ | ||
{{pcn|(२५)}} | {{pcn|(२५)}} | ||
हाय हा ! हाय हा ! हाय हा ! हाय हा! | हाय हा ! हाय हा ! हाय हा ! हाय हा!" | ||
::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | ::तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥ | ||
चीं चिंचीं चञ्चुले पक्क पानी भजी । | |||
::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | ::फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
गै उठाए त्यहाँ कण्वले | गै उठाए त्यहाँ कण्वले बालिका । | ||
:: | ::आर्द्र आँखा हुँदी क्रूरका पापले ॥ | ||
देखिइन् बालिका अप्सराकी त्यही । | देखिइन् बालिका अप्सराकी त्यही । | ||
::कुञ्जमा फूलको | ::कुञ्जमा फूलको गर्दथिन् क्रन्दन॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
त्रास संसारका दूर छाया बनी । | त्रास संसारका दूर छाया बनी । | ||
::बालको त्यो बिलौनाविषे सुस्तरी ॥ | ::बालको त्यो बिलौनाविषे सुस्तरी ॥ | ||
आउँदा चित्तमा मेघका | आउँदा चित्तमा मेघका पङ्ख झैं । | ||
::वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥ | ::वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥ | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:45, 26 February 2025
"क्रूर हे कालको भाइ– नङ्ग्रा हुने ।
भो नच्यात् ! भो नच्यात् ! पुष्पको पात त्यो ॥
जीवनाऽऽनन्दको कोमल स्पन्दन ।
ढुक्ढुकाई छिटो त्रासले भो, नमार् ॥
(२३)
हाय तप्क्यो हरे ! रक्तको बिन्दु नै ।
लाल हिंसा धराबीच बुट्टा बनी ॥
शान्तिको सूचनातुल्य यो कान्तिमा ।
क्रूर के डस्दछस् ईश्वरैको मुटु ?
(२४)
योनि फेर्, योनि फेर् शाक खाने बनी ।
मूल खाने बनी ले फलाहार तँ ॥
मांस नै भक्ष्य जो भन्छ त्यो क्रूर हो ।
लाश खाने लुछी लाज छोडीकन ॥
(२५)
हाय हा ! हाय हा ! हाय हा ! हाय हा!"
तर्सिई बाज त्यो छोड्छ त्यो बालिका ॥
चीं चिंचीं चञ्चुले पक्क पानी भजी ।
फूल गुच्छा बनी लाज थोप्ला लिँदी ॥
(२६)
गै उठाए त्यहाँ कण्वले बालिका ।
आर्द्र आँखा हुँदी क्रूरका पापले ॥
देखिइन् बालिका अप्सराकी त्यही ।
कुञ्जमा फूलको गर्दथिन् क्रन्दन॥
(२७)
त्रास संसारका दूर छाया बनी ।
बालको त्यो बिलौनाविषे सुस्तरी ॥
आउँदा चित्तमा मेघका पङ्ख झैं ।
वारिवर्षा गरी ती विलाप्थिन् त्यहाँ ॥
(२८)