Page:Shakuntala.pdf/67: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | {{center block| | ||
<poem> | <poem> | ||
"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा । | |||
:: | ::कृष्णका कान्तिको पाउने माघुरी ॥ | ||
सत्य सौन्दर्य हो मोहिनी विश्वको । | सत्य सौन्दर्य हो मोहिनी विश्वको । | ||
::स्वर्गको द्वारको दिव्य आह्वान यो ॥ | ::स्वर्गको द्वारको दिव्य आह्वान यो ॥ | ||
{{pcn|(१७)}} | {{pcn|(१७)}} | ||
जान्छ टाढा कतै स्वर्गको देशमा | जान्छ टाढा कतै स्वर्गको देशमा । | ||
::दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥ | ::दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥ | ||
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी । | कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी । | ||
::चित्त मेरो खिँची लग् परै पूर्वमा | ::चित्त मेरो खिँची लग् परै पूर्वमा ॥" | ||
{{pcn|(१८)}} | {{pcn|(१८)}} | ||
यत्ति बोली तिनी | यत्ति बोली तिनी काँसका फूल झैं । | ||
::धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥ | ::धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥ | ||
शीतका बिन्दुको झल्लरी कान्तिमा । | |||
::वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥ | ::वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥ | ||
{{pcn|(१९)}} | {{pcn|(१९)}} | ||
Line 21: | Line 21: | ||
आज लौ बाजले लाज छोडीकन । | आज लौ बाजले लाज छोडीकन । | ||
::पेट नै भर्नको रक्तको काजमा ॥ | ::पेट नै भर्नको रक्तको काजमा ॥ | ||
पूर्वका साजका | पूर्वका साजका माझ सौन्दर्यको । | ||
::शान्तिको सूचना तोड्छ | ::शान्तिको सूचना तोड्छ झम्टीकन ॥ | ||
{{pcn|(२०)}} | {{pcn|(२०)}} | ||
एक तर्सी रुँदी आँसुवाली चरी । | एक तर्सी रुँदी आँसुवाली चरी । | ||
::बालिका नीडकी त्यो पहेँलीचुचे ॥ | ::बालिका नीडकी त्यो पहेँलीचुचे ॥ | ||
जिन्दगी कालले | जिन्दगी कालले झम्टिँदा आउने । | ||
::कम्पमा | ::कम्पमा रुग्रुगे पङ्क तर्सी रुँदी ॥ | ||
{{pcn|(२१)}} | {{pcn|(२१)}} | ||
"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे ! | |||
:: | ::हा नलुछ् ! हा नलुछ् ! जिन्दगीका भुवा ॥ | ||
फूल झैं कोमला सुन्दरी | फूल झैं कोमला बालिका सुन्दरी ।" | ||
::शब्द यस्तै गरी कण्व लागे | ::शब्द यस्तै गरी कण्व लागे पछि ॥ | ||
{{pcn|(२२)}} | {{pcn|(२२)}} | ||
</poem>}} | </poem>}} |
Latest revision as of 16:40, 26 February 2025
"स्वर्ग खुल्दो छ यो पूर्वका द्वारमा ।
कृष्णका कान्तिको पाउने माघुरी ॥
सत्य सौन्दर्य हो मोहिनी विश्वको ।
स्वर्गको द्वारको दिव्य आह्वान यो ॥
(१७)
जान्छ टाढा कतै स्वर्गको देशमा ।
दिव्य सौन्दर्यको स्वर्णको देशमा ॥
कान्ति हे सुन्दरी ! शान्तिकी मोहिनी ।
चित्त मेरो खिँची लग् परै पूर्वमा ॥"
(१८)
यत्ति बोली तिनी काँसका फूल झैं ।
धोबिनीको ध्वनि स्वादिलो पाउँदा ॥
शीतका बिन्दुको झल्लरी कान्तिमा ।
वृक्षशाखा हुँदा बढ्दछन् झन् अघि ॥
(१९)
आज लौ बाजले लाज छोडीकन ।
पेट नै भर्नको रक्तको काजमा ॥
पूर्वका साजका माझ सौन्दर्यको ।
शान्तिको सूचना तोड्छ झम्टीकन ॥
(२०)
एक तर्सी रुँदी आँसुवाली चरी ।
बालिका नीडकी त्यो पहेँलीचुचे ॥
जिन्दगी कालले झम्टिँदा आउने ।
कम्पमा रुग्रुगे पङ्क तर्सी रुँदी ॥
(२१)
"ए नछो ! ए नछो ! छोडिदे ! छोडिदे !
हा नलुछ् ! हा नलुछ् ! जिन्दगीका भुवा ॥
फूल झैं कोमला बालिका सुन्दरी ।"
शब्द यस्तै गरी कण्व लागे पछि ॥
(२२)