Jump to content

Page:Laxmi nibandhasangraha.pdf/165: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srv (talk | contribs)
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
कालिदास भाजसम्म पुरानो र वाङ्नो भएका छैनन्‌ र नवीनयुगी
कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी  
प्रसिद्धिकामुकरहरूले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न,
प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न,  
त्यसै गरी हामी लेखनाथ बुद्धिमान्‌को विवेकमा पुरानो र बाङ्नो भएको
त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको  
कहिल्यै देखिन्नन्‌ भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको
कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको  
तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन ।
तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन ।  
सचेत कारीगरे।को अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं,
सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं,  
तर त्यहँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई
तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई  
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात
भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात  
देख्ने सङ्कुचित नजर हन्छन्‌ । आधुनिकता आजकलको पना हो भने
देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने  
हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौ । संस्कृतलाई नफरत
हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत  
गरेर हामी आढच हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा
गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा  
पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति
पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति  
नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता
नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता  
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरू जड्नु दोष होइन
छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन  
यदि तिनीहरू मधुर र प्राकृत हुन्‌ ! खालि आढच कल्पनाको गङ्रेत माव
यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र
तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तीतोपनाको मक्त हुन
तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन  
सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनं कबिता बो्चालको
सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ कविता बोलचालको
भाषामा हुनुपर्छ भन्ने क्रामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी
भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी  
बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र
बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र  
आखिरी फै पला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे
आखिरी फैसला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे  
पनि कविक भावहरू बाटुला हुँदै, बन्दै, कँदिदै निक्लनुमा उस्तो दोष
पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिदै निक्लनुमा उस्तो दोष  
देखिँदैन जतिको जङ्गलीपनाको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन
देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन  
हुँदैन । सौन्दर्यका सृक्ष्म चेतहरूले सिर्जनालाई सोद्दै निकाल्दैनन्‌ । भावको
हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको  
तेकाबट हा“) त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ ।
रोकावट हामी त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ ।  
शव्दलालित्यको लोलुपताको विषपमा हाम्रो रायमा सुन्दर भावहरूले
शब्दलालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले
तदविषवी तद्रेखी शाब्दहरूसित झुकाव लिने हनाले शायद भावकै दोष
तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले शायद भावकै दोष  
हो कि ? तब अवगुणहरू छेनन, भन्न बिलकुल हामी सक्तैनौं। नत
हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त
हामी स्तुति मात्र लेखिरहछौँ । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक
हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक  
सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी
सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी  
लेखनाथ पौडयाललाई नेपालका आधनिक अद्ितीय महाकवि र महापुरुषका
लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका  
रूपमा देख्तछौँ
रुपमा देख्तछौं
{{nop}}
{{nop}}

Latest revision as of 11:37, 25 June 2025

This page has been proofread

कालिदास आजसम्म पुरानो र थाङ्नो भएका छैनन् र नवीनयुगी प्रसिद्धि कामुकहरुले उनलाई ती उपाधि लगाउन जसरी योग्य देखिन्न, त्यसै गरी हामी लेखनाथ बुद्धिमान्को विवेकमा पुरानो र थाङ्नो भएको कहिल्यै देखिन्नन् भन्ने आशा राख्तछौं, किनकि उनको भाषा सौन्दर्यको तौलमा चल्छ । उनको ढङ्गमा सरसता कुनै युगलाई हराउन सक्तैन । सचेत कारीगरीको अभियोगलाई हामी बिलकुलै शून्य छ भन्न सक्तैनौं, तर त्यहाँ कारीगरी ह्वैन, कला छ । अलङ्कारी आडम्बर त्यस कुरालाई भन्न सकिन्न जो प्राकृत नियममा आधारित हुन्छ । अनुप्रास वाहियात देख्ने सङ्कुचित नजर हुन्छन् । आधुनिकता आजकलको पना हो भने हामी त्यसको अभावलाई ज्यादा अवगुण सम्झँदैनौं । संस्कृतलाई नफरत गरेर हामी आढ्य हुँदैनौं । यद्यपि बोलचालको भाषा या ठेट नेपालीमा पनि साहित्यको एक हाँगा हुन सक्छ, तर हामी संस्कृत नभए परिष्कृति नै देख्तैनौं त्यहाँ, जहाँ भावको गाम्भीर्य र उच्च रचनाको आवश्यकता छ । नत्र अलिकति अनौठोपन आइहाल्दछ । उपमाहरु जड्नु दोष होइन यदि तिनीहरु मधुर र प्राकृत हुन् । खालि आढ्य कल्पनाको सङ्केत मात्र तिनमा पाइन्छ । मधुरलाई ज्यादा गुलियो भनेर तितोपनाको भक्त हुन सकिन्न र ज्यादा गुलियोपन उनमा म देख्तिनँ । कविता बोलचालको भाषामा हुनुपर्छ भन्ने कुरामा विवाद छँदैछ । हामी ग्रामीण र पहाडी बोलीबाट माधुर्य निकाल्ने कोशिशलाई प्रशंसा गर्दछौं, तर त्यही मात्र आखिरी फैसला राख्तैनौं । श्लोकटुक्रे विचारमा प्रवाहको रोकावट देखे पनि कविका भावहरु बाटुला हुँदै, बन्दै, कुँदिदै निक्लनुमा उस्तो दोष देखिंदैन जतिको जङ्गलीपनको प्रवाहमा देखिन्छ । पछिल्लामा आत्मदमन हुँदैन । सौन्दर्यका सूक्ष्म चेतहरुले सिर्जनालाई सोद्धै निकाल्दैनन् । भावको रोकावट हामी त्यहाँ अनुभव गर्दछौं, जहाँ खडबडाहट पर्दछ । शब्दलालित्यको लोलुपताको विषयमा हाम्रो रायमा सुन्दर भावहरुले तद्विषयी तद्रेखी शब्दहरुसित झुकाव लिने हुनाले शायद भावकै दोष हो कि ? तब अवगुणहरु छैनन् भन्न बिलकुल हामी सक्तैनौं । न त हामी स्तुति मात्र लेखिरहेछौं । न त यहाँ ईर्ष्या काम गर्दछ, हाम्रो हार्दिक सत्यले श्रद्धालु संवर्द्धन गर्दा हामी क्षमाप्रार्थी रहनैपर्दछ । तर हामी लेखनाथ पौड्याललाई नेपालका आधुनिक अद्वितीय महाकवि र महापुरुषका रुपमा देख्तछौं ।