Page:Satya harihschandra katha.pdf/6: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
अरु छैन केही बुझील्यौ मनैमा ॥ | अरु छैन केही बुझील्यौ मनैमा ॥ | ||
सहज् स्वर्ग लाने धरम् सब बखत्मा । | सहज् स्वर्ग लाने धरम् सब बखत्मा । | ||
गईने हरिश्चन्द्रका झैं सहज्मा ॥ | |||
{{pcn|(९)}} | {{pcn|(९)}} |
Latest revision as of 00:28, 3 July 2025
(८)
सुन्यौ सत्यका झैं ठुलो यो जगत्मा ।
अरु छैन केही बुझील्यौ मनैमा ॥
सहज् स्वर्ग लाने धरम् सब बखत्मा ।
गईने हरिश्चन्द्रका झैं सहज्मा ॥
(९)
हे राजन्! सुनिलेउ सत्य महिमा विस्तार गर्छू यहाँ ।
सत्यैले गरि कीर्ति अन्त्य रहने जानीलिनू सब् तहाँ ॥
धर्मै पूर्वक राज्य पालन सधैं गर्थे ति राजा अनि ।
सन्तान् क्वै नहुँदासँधै ति रहने अत्यन्त दिक्दार् पनी ॥
(१०)
एक्दिन् सामुभयेर रानि नृपकी यो बिन्ति गर्छिन् तहाँ ।
दुःखीछौं महाराज हामि बहुतै संतान् नहूँदा महाँ ॥
सोध्नूहोस् गुरुका गएर सँगमा कुन् कर्मले यो घरी ।
छोरो जन्मन जान्छ पूर्वजुनिको सम्पूर्ण बाधा टरी ॥
(११)
सन्तान्देखि रहित् भएर रहँदा भन्छन् अपुत्री भनी ।
मर्दामा पनि पिण्डपानि नमिली छुट्नेछ स्वर्गै पनि ॥
यस्तै धेर विलाप् गरेर दुखि भै रोइन् ति रानी अनि ।
संझाईकन रानिलाइ सब बात् ऊठे ति राजा पनि ॥