Page:Laxmi nibandhasangraha.pdf/164: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार | हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार | ||
पाएकी | पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे । | ||
बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका | बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट, | ||
मिलाप र | मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता | ||
बुझिएका | बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र | ||
सौन्दर्यात्मक चेत | सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो । | ||
आजकल हामी | आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली | ||
शब्दका मुटुका धड्कन | शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो 'नेपाली' नामको | ||
भाषामा मुर्तिमान मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान | |||
गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा | गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा | ||
उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् । | |||
उनमा प्राकृत रेखा सुन्दरले | उनमा प्राकृत रेखा सुन्दरले कुदेझैं रहन्छ । अरु संस्कृतको विरोध | ||
गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ | |||
ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली | ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन | ||
शिखरमा सुनौला हुन्छ त्यसको विचार | शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन | ||
पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र | |||
लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा | लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न | ||
जान्दछन्, अरुहरु कोशिश गर्दछन् । उनी नेपालीको हृदयनजीकै आउँछन्, | |||
अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता, | |||
चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका | चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति | ||
मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा | मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा | ||
होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं । | |||
उनीलाई पण्डितेपनाको अभियोग | उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् । सचेतता–अलङ्कारी, | ||
आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, | आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य, | ||
उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, | उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, | ||
श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक | श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक | ||
अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर | |||
ज्यादा गहिराइ केही देखिन्न | ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना | ||
हो भने हामी तारीफ | हो भने हामी तारीफ गर्छौ, किनकि उनी आधुनिक लेखकहरु झैं | ||
पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका | |||
छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी |
Latest revision as of 11:23, 25 June 2025
हाम्रो व्याकरण गर्भमा थियो, शब्द माटोमा थिए । कलाले अनुहार पाएकी थिइनन् । बाटो अनिश्चित थियो । विद्वान् मूर्खहरु हाँस्तथे । बोक्रेपनलाई साहित्य भन्नुपर्दथ्यो, रस, माधुर्य जन्मेका थिएनन्, बनोट, मिलाप र अन्तर्ध्वनिहरु नसुनेका चिडिया थिए । संस्कृतसँगका नाता बुझिएका थिएनन् । भाषामा शिष्टता पलाएको थिएन, छनाइ र सौन्दर्यात्मक चेत थिएनन् । उनले बनाए जसलाई श्रद्धा थियो ।
आजकल हामी अवहेलन गर्न सिकिरहेछौं त्यस्तालाई जो नेपाली शब्दका मुटुका धड्कन छामी–छामी बुढा भए, जो 'नेपाली' नामको भाषामा मुर्तिमान मिठास छन्, जसले प्रथम सिर्जना र प्रथम आह्वान गरेथे । अवगुण नहुनु ईश्वरत्व हो, तर हामी उनका उत्तम क्षणमा उनीनजिक पुग्थे थोरै देख्तछौं । अरु बाङ्गाटिङ्गा अनौठा देखिन्छन् । उनमा प्राकृत रेखा सुन्दरले कुदेझैं रहन्छ । अरु संस्कृतको विरोध गर्दछन् र नवीनतामा दावा राख्तछन् । तर माधुर्यको स्वाद पारखीकहाँ ज्यादा सुन्दर झल्कन्छ । ठेट नेपाली नराम्रो होइन तर नेपाली कुन शिखरमा सुनौला हुन्छ त्यसको विचार बुझ्नेले राख्तछन् । नवीन पद्धतिहरुलाई हामी नफरत गर्दैनौं तर तौल र ओजन, निर्माणकला र लालित्यको सूक्ष्म समझलाई हामी ज्यादा प्रशंसा गर्दछौं । उनी कुँद्न जान्दछन्, अरुहरु कोशिश गर्दछन् । उनी नेपालीको हृदयनजीकै आउँछन्, अरुहरु विदेशी ढङ्गले समाउन खोज्दछन् । अरुहरुमा वक्रता, चोसेमोसेपना, अनौठोपना देखिन्छ, उनी मिलेका छन् । हामी त्यति मिलेको भाषा अझ पाउँदैनौं । उनीभन्दा ठुला कवि भविष्यका गर्भमा होलान् तर उनलाई जित्ने हामीले देखेका छैनौं ।
उनीलाई पण्डितेपनाको अभियोग लगाउँछन् । सचेतता–अलङ्कारी, आडम्बर, अनुप्रासचातुरी, आधुनिकताको अभाव, संस्कृताधिक्य, उपमाजडाउ, माधुर्यको ज्यादा गुलियो, बोलचाली भाषाबाट दूरता, श्लोकटुक्रे विचार, भावको रोकावट, शब्दलालित्यको लोलुपता र अनेक अवगुणहरु उनमा छन् भन्ने आधुनिक सिकारुहरुको भनाइ छ । त्यसउपर ज्यादा गहिराइ केही देखिन्न भन्दछन् । पण्डितेपना प्राचीनका उपासना हो भने हामी तारीफ गर्छौ, किनकि उनी आधुनिक लेखकहरु झैं पुरुखाहरुलाई निन्दा गरेर बिसौं शताब्दीका दोषका नक्कलमा लागेका छैनन् । त्यस शब्दले पुरानो ढङ्ग थाङ्नेपन भनी जाहेर गर्छ भने जसरी