Page:Ek chihan.pdf/112: Difference between revisions
→Not proofread: Created page with "दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम रामखेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई ‘राउत’ पनि भन्छन् । रामखेलावन रा..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम | दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य | ||
छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम राम खेलावन हो, अनि उनको | |||
थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् । | |||
राम खेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका | |||
बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र | |||
आमा– बस, परिवारको नाममा यत्तिकै । घुमी घुमीकन काठमाडौँ उपत्यकाको | |||
खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली | |||
अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । | |||
यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई | |||
सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए । | |||
दुनियाँमा सब थोक हुन | खेतका खेत डुल्दै गर्दा नै राम खेलावन राउतको भेटघाट शिव | ||
नारानसँग भई चिनाजानी भएको थियो । नानीथकुँ पनि त्यही खेतमै काम गरि | |||
रहने हुनाले राम खेलावनले देख्न पाइ रहेकै थिए । नानीथकुँमा पनि कुनै | |||
गुणको कमी थिएन । केही कम छ त पढाइ एउटा मात्रै हो, तर पढेर, | |||
शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुँमा देखि रहेका थिए । | |||
नानीथकुँको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी राम खेलावन मुग्ध | |||
भएर भित्रभित्रै लोभिइ रहेका थिए । झन् विवाहको कुरा पेस भइ दिँदा त उनी | |||
एकाएक आह्लादित भए । | |||
दुनियाँमा सब थोक हुन गार्हो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि | |||
खर्चिनु पर्छ, तर प्रेम हुन केही गार्हो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि | |||
खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एक छिनमै प्रेम सम्बन्ध जोड्नाका | |||
निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई | |||
मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । | |||
उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही | |||
हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि | |||
बढाउने परम साधन भाषा समेत मिल्ने नमिल्ने र जाने नजानेको वास्ता | |||
गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर | |||
हुन्छन् र अगाडि बढ्छन् । | |||
{{nop}} |
Latest revision as of 22:54, 23 June 2025
दुलाहा हुने केटा अरू सबै गुनका साथसाथै स्वास्थ्यले पनि योग्य छन् । उनको घर सर्लाही जिल्लामा पर्छ, नाम राम खेलावन हो, अनि उनको थर कुर्मी; कुर्मी थरलाई 'राउत' पनि भन्छन् ।
राम खेलावन राउतको घरमा उनी नै मालिक हुन् किनभने उनका बाबु, दाजु वा अरू जेठाबाठा कोही छैनन् । दुई जना भाइ, एउटी बहिनी र आमा– बस, परिवारको नाममा यत्तिकै । घुमी घुमीकन काठमाडौँ उपत्यकाको खेती गर्ने तरिकाको अध्ययन राम्ररी गरेका थिए उनले। यहाँको प्रणाली अपनाएर मधेसमा पनि यस्तै चलन चलाउने पनि उनको दिलको मुराद थियो । यहाँका किसानहरूलाई मधेसमा लगेर खेती गराउने र उहाँका किसानहरूलाई सिकाउन लगाउने विचार पनि यिनले गरेका थिए ।
खेतका खेत डुल्दै गर्दा नै राम खेलावन राउतको भेटघाट शिव नारानसँग भई चिनाजानी भएको थियो । नानीथकुँ पनि त्यही खेतमै काम गरि रहने हुनाले राम खेलावनले देख्न पाइ रहेकै थिए । नानीथकुँमा पनि कुनै गुणको कमी थिएन । केही कम छ त पढाइ एउटा मात्रै हो, तर पढेर, शिक्षित भएर पनि नपाइने गुण रामखेलावनले नानीथकुँमा देखि रहेका थिए । नानीथकुँको सौन्दर्य र अरू सबै व्यावहारिक गुण देखी राम खेलावन मुग्ध भएर भित्रभित्रै लोभिइ रहेका थिए । झन् विवाहको कुरा पेस भइ दिँदा त उनी एकाएक आह्लादित भए ।
दुनियाँमा सब थोक हुन गार्हो छ, समय लाग्छ, श्रम लाग्छ, बुद्धि खर्चिनु पर्छ, तर प्रेम हुन केही गार्हो छैन, समय लाग्दैन, श्रम र बुद्धिको पनि खर्च हुँदैन, मानिस सजिलैसित एक घडी, एक छिनमै प्रेम सम्बन्ध जोड्नाका निम्ति तयार हुन्छ र गाँठो बाँध्नलाई अगाडि बढ्छ । समान गुण भएका दुई मानिसको दुई हाँस्तो दिल तुरुन्तै, आँखा झिम्म गर्दागर्दै एक हुन्छ, एक बन्छ । उसले जाति हेर्दैन, संस्कृति हेर्दैन, टाढापन हेर्दैन, खानु लाउनु, सुखदुःख केही हेर्दैन । यहाँसम्म कि दुई व्यक्तिको व्यवहार र सम्बन्धलाई चलाउने, अगि बढाउने परम साधन भाषा समेत मिल्ने नमिल्ने र जाने नजानेको वास्ता गर्दैन । कसैको दिलसित कसैको दिल हाँसेपछि उनीहरू एक हुनलाई तत्पर हुन्छन् र अगाडि बढ्छन् ।