Page:Ek chihan.pdf/107: Difference between revisions
→Not proofread: Created page with "मानिस, कुलवधू, घरकी लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागतसत्कार गर्नुपर्छ’ भन्ने राय स्वास्नीमानिसहरूबाट आयो । स्वास्नीमानिसहरूको रायमा शिवनार..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
मानिस, कुलवधू, | मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै | ||
डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी | |||
मानिसहरूबाट आयो । | |||
स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे | |||
उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा र छोरीबेटी दिएर पठाउँदासम्म | |||
त उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको | |||
व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक | |||
स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र | |||
स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग | |||
नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि | |||
नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको | |||
हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ । | |||
यही मेरो विचार छ ।" | |||
शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्यो, हर्ष | |||
नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले | |||
डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो । | |||
⬥ | {{c|⬥}} | ||
माहिला तामाङ भरियाको जीविका गरेर | माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस | ||
नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष | |||
नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछट्टै खुसी छन् । | |||
सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर | |||
माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा | |||
सात | पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ, | ||
नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा | |||
लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू त कुनै नाराको | |||
माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ' | |||
भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा | |||
एकाएक घाम झुल्के जस्तो उनलाई भयो । | |||
{{nop}} |
Latest revision as of 22:33, 23 June 2025
मानिस भित्रिने, एउटी कुलवधू भित्रिने, लक्ष्मी भित्रिने हुन् । त्यसैले दैलोनिरै डोली अड्याई, ढोकैदेखि स्वागत सत्कार गर्नु पर्छ' भन्ने राय स्वास्नी मानिसहरूबाट आयो ।
स्वास्नी मानिसहरूको यो रायमा शिव नारानले घोर विरोध गरे उनले भने– "हाम्रो समाजमा दुलही भित्र्याउँदा र छोरीबेटी दिएर पठाउँदासम्म त उनीहरूलाई विवाहको दुई चार दिन निकै स्वागत सत्कार, मान मर्यादाको व्यवहार हुन्छ, अवश्य हो । तर डोलीमा हाली ल्याएर ढोकामा रोकी अनेक स्वागत सत्कार गर्दैमा स्वास्नी मान्छेहरूले हाम्रो समाजमा के मान मर्यादा र स्थान पाएका छन् ? त्यसैले बरु हामी डोलीमा हालेर सम्मान गर्ने ढोँग नगरौँ, ढोकामा उभ्याई दुनियाँको अगाडि स्वागत सत्कार गरेको स्वाङ पनि नगरौँ । त्यसको सट्टा उनलाई हामी लोग्ने मानिसहरूले आफूले चाहेको हक दिन र मर्यादा गर्न नभुलौँ, नबिर्सौं र त्यसका निम्ति दृढ सङ्कल्पी बनौँ । यही मेरो विचार छ ।"
शिव नारानको यो विचार पुन नारानलाई ज्यादै मन पर्यो, हर्ष नारानले त अझ बढ्ता स्वागत गरे । आखिरमा हर्ष नारानको स्वेच्छाले डोलीमा हालेर नल्याईकन हिँडाएर नै ल्याउने निर्णय भयो ।
माहिला तामाङ भरियाको जीविका गरेर खाइ रहेका, बुद्धिमान् मानिस नभए तापनि विशाल हृदयका उदार व्यक्ति हुन् । आफ्नी छोरी पुतली हर्ष नारान ज्यापुसँग रोजेर जान लागेकी देखेर उनी बिछट्टै खुसी छन् ।
सात आठ सालतिर काठमाडौँमा भएको जन विद्रोह र आन्दोलन देखेर माहिला तामाङले नेवार र पर्वते दुई जातिमा सम्बन्ध जोड्ने भावना र प्रेरणा पाएका हुन्; उस वेला टुँडिखेलमा एउटा विशाल जुलुसले 'नेवार पर्वते एक हौँ, नागरिक अधिकार पाउनै पर्छ, प्रजातन्त्र हुनै पर्छ' भन्ने जोडदार नारा लगाएको थियो । जुलुसले लगाएका अनेक नारामध्ये अरू त कुनै नाराको माने र महत्त्व माहिला तामाङले बुझेका थिएनन्, तर 'नेवार पर्वते एक हौँ' भन्ने नाराले उनको हृदय एकदम घचघच्याइ दियो, एकदम बाक्लो बदलीमा एकाएक घाम झुल्के जस्तो उनलाई भयो ।