Jump to content

Page:Ek chihan.pdf/100: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् । आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुर..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।
"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।"  
लतमायाले भनिन् ।


आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुंको मनभित्र केके आवाज आएजस्तो भयो, उनलाई कसैले बोलाएजस्तो, कुरा गरेजस्तो, कोही कसैको प्रतीक्षामा बसिरहेजस्तो, केके जस्तो, केके जस्तो उनको मनभित्र भावतरङ्ग तरङ्गिन थाल्यो ।
आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुँको मनभित्र के के आवाज  
आए जस्तो भयो, उनलाई कसैले बोलाए जस्तो, कुरा गरे जस्तो, कोही कसैको  
प्रतीक्षामा बसि रहे जस्तो, के के जस्तो, के के जस्तो उनको मनभित्र भाव
तरङ्ग तरङ्गिन थाल्यो ।


अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइसकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुंले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरिरहेकी थिइन् ।
अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई  
परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइ सकेको थियो । साँझ झमक्क  
परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म  
धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुँले पनि खुब गहिरोसँग नियालेर  
बाटोमा हेरि रहेकी थिइन् ।


नानीथकुंको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्नेमानिस जति तमाखु खानेतिर लागे, पुननारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझिरहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकिरहिन् नानीथकुं आफूले खाएको जुठो माझेर गइसकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नुपर्ने कुरा पनि थिएन ।
नानीथकुँको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी  
लोग्ने मानिस जति तमाखु खानेतिर लागे, पुन नारानकी स्वास्नी सिन्तलीले  
जुठाभाँडा माझि रहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि
रहिन् नानीथकुँ आफूले खाएको जुठो माझेर गइ सकेकी थिइन्, त्यसैले  
उनलाई ध्यान गर्नु पर्ने कुरा पनि थिएन ।


नानीथकुं उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकैछिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्तप्रसाद टुप्लुक्क आँखाअगाडि आइपुगेको नानीथकुंले देखिन् । उनलाई देख्नासाथ नानीथकुं फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्तप्रसादलाई राम्रो स्वागतभाव देखाउँदै उनले भनिन्- "यस बेला किन हस्याङफस्याङ गर्दै आउनुभएको डाक्टरसाहेब ?"
नानीथकुँ उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै
छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुप्लुक्क आँखा
अगाडि आइ पुगेको नानीथकुँले देखिन् । उनलाई देख्नासाथ नानीथकुँ फाल  
हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो  
स्वागत भाव देखाउँदै उनले भनिन्– "यस वेला किन हस्याङफस्याङ गर्दै  
आउनु भएको डाक्टर साहेब ?"


अलि सानो स्वरमा गोदत्तप्रसादले भने- "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठीकठाक भइसकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नुपर्ने छैन । रेडियोलगायतको व्यवस्था मिलाइसकेको छु ।"
अलि सानो स्वरमा गोदत्त प्रसादले भने– "तिमीलाई बोलाउन आएको  
आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठिकठाक भइ
सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री  
र नमज्जा मान्नु पर्ने छैन । रेडियो लगायतको व्यवस्था मिलाइ सकेको छु ।"


"दाइहरूले सुन्नुहोला, अझ अलि सानो स्वरमा बोल्नुहोस् । के भन्नुभएको ?" अलि उत्सुकतासाथ नानीथकुंले भनिन् ।
"दाइहरूले सुन्नु होला, अझ अलि सानो स्वरमा बोल्नु होस् । के भन्नु
भएको ?" अलि उत्सुकतासाथ नानीथकुँले भनिन् ।
{{nop}}

Latest revision as of 16:50, 23 June 2025

This page has been proofread

"मैले पनि तिमीहरूको बिहे हेर्नसम्म पर्खने सौभाग्य चाहेकी छु ।" लतमायाले भनिन् ।

आमाछोराका यी कुरा हुँदाहुँदै नानीथकुँको मनभित्र के के आवाज आए जस्तो भयो, उनलाई कसैले बोलाए जस्तो, कुरा गरे जस्तो, कोही कसैको प्रतीक्षामा बसि रहे जस्तो, के के जस्तो, के के जस्तो उनको मनभित्र भाव तरङ्ग तरङ्गिन थाल्यो ।

अनि उनी झटपट चुठेर झ्यालमा गइन् र बाटोतिर गर्धन उठाई परपरसम्म हेर्न लागिन् । पानी पनि थामिइ सकेको थियो । साँझ झमक्क परिसके तापनि अलि नियालेर राम्रोसँग हेर्न सकेमा बाटोमा आउने मानिससम्म धमिलो रूपमा देखिन्थ्यो, त्यसैले नानीथकुँले पनि खुब गहिरोसँग नियालेर बाटोमा हेरि रहेकी थिइन् ।

नानीथकुँको यो स्थिति र प्रक्रिया कसैलाई थाहा थिएन । भात खाइवरी लोग्ने मानिस जति तमाखु खानेतिर लागे, पुन नारानकी स्वास्नी सिन्तलीले जुठाभाँडा माझि रहिन्; लतमायाले चुहिएर जम्मा भएको पानी सोहोर्दै फ्याँकि रहिन् । नानीथकुँ आफूले खाएको जुठो माझेर गइ सकेकी थिइन्, त्यसैले उनलाई ध्यान गर्नु पर्ने कुरा पनि थिएन ।

नानीथकुँ उद्वेलित भएर त्यसै झ्यालमा बसि नै रहेकी थिइन्, एकै छिनमा अँध्यारोको धमिलोपना चिर्दै डाक्टर गोदत्त प्रसाद टुप्लुक्क आँखा अगाडि आइ पुगेको नानीथकुँले देखिन् । उनलाई देख्नासाथ नानीथकुँ फाल हालेर तल छिँडीमा दगुरिन् । छिँडीमै गएर डाक्टर गोदत्त प्रसादलाई राम्रो स्वागत भाव देखाउँदै उनले भनिन्– "यस वेला किन हस्याङफस्याङ गर्दै आउनु भएको डाक्टर साहेब ?"

अलि सानो स्वरमा गोदत्त प्रसादले भने– "तिमीलाई बोलाउन आएको आज, त्यसमा पनि अहिले साइत निकै बेस छ रे ! सब बन्दोबस्त ठिकठाक भइ सकेको छ, अर्कै एउटा राम्रो र गुप्त घरमा । त्यहाँ तिमीले कुनै कुराको फिक्री र नमज्जा मान्नु पर्ने छैन । रेडियो लगायतको व्यवस्था मिलाइ सकेको छु ।"

"दाइहरूले सुन्नु होला, अझ अलि सानो स्वरमा बोल्नु होस् । के भन्नु भएको ?" अलि उत्सुकतासाथ नानीथकुँले भनिन् ।