Jump to content

Page:Ek chihan.pdf/92: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य  
"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य  
भावमा रामबहादुरले भने ।
भावमा राम बहादुरले भने ।


"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा नगर्नुहोला
"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला
रामबहादुरजी ! तपाईंलाई म यो पनि बताइदिन चाहन्छु– एक चोटिलाई  
राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई  
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको  
मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको  
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर  
अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर  
संसारलाई जिन्दगी दिइरहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा  
संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा  
पनि बढ्ता तपाईं थाहा पाउन चाहनुहुन्छ भने पसिनाको परिश्रम र बलिदानको  
पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको  
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न  
नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न  
चाहनुहुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले  
चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले  
भने ।
भने ।


"साह्रै बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म  
"सार्‍है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म  
तिमीलाई साफ भनिदिन्छु, मलाई अब सहन गाह्रो हुन्छ ।" खुब रिसाएर राम
तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्‍हो हुन्छ ।" खुब रिसाएर राम
बहादुरले भने ।
बहादुरले भने ।


"धम्की देखाउने बानी हटाउनोस्, रामबहादुरजी ! किसानका छोरामा  
"धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा  
जागृति आइसकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म  
जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म  
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।
प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।


"के त ? तिमी आफ्नी बहिनी सुब्बासाहेबलाई दिँदै नदिने भयौ ?"  
"के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?"  
अलि नरमजस्तो भएर रामबहादुरले भने ।
अलि नरम जस्तो भएर राम बहादुरले भने ।


"म फेरि पनि एक चोटि क्षमा गर्छु, रामबहादुरजी ! कदापि फेरि  
"म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि  
यस्तो लबज ननिकाल्नुहोला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि
यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि
दिन्छु– फेरि यस्तो बकबक गर्नुभयो भने नतिजा यति नराम्रो हुन जान्छ कि  
दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि  
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव
मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव
नारानले भने ।
नारानले भने ।


ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू  
ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू  
कुरा गरिरहेको ठाउँमा आइपुगे । शिव नारानका घरमा भएका मानिस  
कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस  
जम्मा भएको देखेर रामबहादुरलाई अलि सरम भयो । उनले नरम भावमा  
जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा  
भने– "तिम्रो बा अष्टनारानले दिने वचन दिइसकेको छ, शिव नारान ! मरि
भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि

Latest revision as of 15:42, 23 June 2025

This page has been proofread

"किसान राजा हुन्, सम्राट् हुन्, देउता हुन्, परमात्मा हुन् ।" व्यङ्ग्य भावमा राम बहादुरले भने ।

"किसानमाथि व्यङ्ग्य हानेर तपाईं यसरी उपेक्षा कुरा नगर्नु होला राम बहादुरजी ! तपाईंलाई म यो पनि बताइ दिन चाहन्छु– एक चोटिलाई मैले क्षमा गरेको छु । किसान अरू थोक केही नभए तापनि तपाईंको अन्नदाता हो, आफ्नो पसिना बगाएर समाज र देशलाई पाल्ने र रगत दिएर संसारलाई जिन्दगी दिइ रहने एउटा त्यागी र तपस्वी जाति हो । अझ योभन्दा पनि बढ्ता तपाईं थाहा पाउन चाहनु हुन्छ भने पसिनाको परिश्रम र बलिदानको नातामा संसारमा सबभन्दा ठुलो किसान हो, जसलाई तपाईं ईश्वर भन्न चाहनु हुन्छ कि परमेश्वर अथवा जे भन्नोस् ।" बडो गर्वसाथ शिव नारानले भने ।

"सार्‍है बढ्ता भयो, शिव नारान ! झट्टै तिमी समालिएनौ भने म तिमीलाई साफ भनि दिन्छु, मलाई अब सहन गार्‍हो हुन्छ ।" खुब रिसाएर राम बहादुरले भने ।

"धम्की देखाउने बानी हटाउनोस्, राम बहादुरजी ! किसानका छोरामा जागृति आइ सकेको छ । जमाना पहिचान्ने बुद्धिमानी गर्नोस् । तपाईंसित म प्रार्थना गर्छु, यो तपाईंलाई मेरो सल्लाह हो ।" गर्वसाथ शिव नारानले भने ।

"के त ? तिमी आफ्नी बहिनी सुब्बा साहेबलाई दिँदै नदिने भयौ ?" अलि नरम जस्तो भएर राम बहादुरले भने ।

"म फेरि पनि एक चोटि क्षमा गर्छु, राम बहादुरजी ! कदापि फेरि यस्तो लबज ननिकाल्नु होला; म यसलाई गाली सम्झन्छु । म यो पनि भनि दिन्छु– फेरि यस्तो बकबक गर्नु भयो भने नतिजा यति नराम्रो हुन जान्छ कि मैले काबुमा ल्याउन नसक्ने हुन जान्छ ।" निकै रिसाएर ठुलो स्वरमा शिव नारानले भने ।

ठाकठुक आवाज सुनेर लतमाया, हाकुमाया, नानीथकुँ सबै उनीहरू कुरा गरि रहेको ठाउँमा आइ पुगे । शिव नारानका घरमा भएका मानिस जम्मा भएको देखेर राम बहादुरलाई अलि सरम भयो । उनले नरम भावमा भने– "तिम्रो बा अष्ट नारानले दिने वचन दिइ सकेको छ, शिव नारान ! मरि