Jump to content

Page:Ek chihan.pdf/91: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किन ?" दिक्क लागेको भावमा रामबहादुरले सोधे ।
"किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे ।


"किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन,  
"किन ? प्रश्नको फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन,  
बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनुहोला ।" शिवनारानले गम्भीर  
बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर
जबाफ दिए ।
जबाफ दिए ।


"तैपनि केकति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम
"तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम
बहादुरले कोट्टयाएर सोधे ।
बहादुरले कोट्‌ट्याएर सोधे ।


"कुन कुरा चित्त नबुझेको बताऊँ रामबहादुरजी ! प्रस्ट थाहा पाउन  
"कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन  
चाहनुहुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला-
चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला–
एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिवनारानले प्रस्ट भनिदिए
एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए


"तिमीले सुब्बासाहेबको साह्रै अपमान गरिरहेछौ शिवनारान !"
"तिमीले सुब्बा साहेबको सार्‍है अपमान गरि रहेछौ शिव नारान !"


"तपाईं जे सम्झनोस् ।"
"तपाईं जे सम्झनोस् ।"


"तैपनि तिमीले समालिएर बोल्नुपर्ने । यसरी बेसोमत प्रकट गर्नु  
"तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु  
मनासिब छैन ।"
मनासिब छैन ।"


"निधो जबाफ माग्नुभएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई  
"निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई  
नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनुहुन्छ भने अफसोसको कुरा छ राम
नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम
बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइरहूँ !"
बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !"


"तैपनि तिमीले होसियार भएर जबाफ दिनुपर्ने । उहाँ र आफ्नो  
"तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो  
अवस्था पनि त तिमीले हेर्नुपर्छ ! ‘सानो मुख ठुलो कुरा’ नहुनुपर्ने !" अलि  
अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि  
रिसाएर रामबहादुरले भने ।
रिसाएर राम बहादुरले भने ।


"अलि मुख समालेर बोल्न सिक्नोस्, रामबहादुरजी ! धेरै सहनु भनेको  
"अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको  
जल्लाई पनि गाह्रो हुन्छ, तपाईं यसको पनि विचार गर्नुहोला ।" शिव
जल्लाई पनि गार्‍हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव
नारानले पनि अलि रिसाएर जबाफ दिए ।
नारानले पनि अलि रिसाएर जबाफ दिए ।


"त्यसो भए त सुब्बासाहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ?  
"त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ?  
अलि ठन्डा मगजले सोच्ने काम गर शिवनारान ! पछुताउनु नपरोस् ।"  
अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।"  
धम्क्याएर रामबहादुरले भने ।
धम्क्याएर राम बहादुरले भने ।


"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ?  
"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ?  
किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिवनारानले पनि अलि  
किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि  
दह्रो भएर जबाफ दिए ।
दर्‍हो भएर जबाफ दिए ।
{{nop}}
{{nop}}

Latest revision as of 15:38, 23 June 2025

This page has been proofread

"किन ?" दिक्क लागेको भावमा राम बहादुरले सोधे ।

"किन ? प्रश्नको म फेरि के उत्तर दिऊँ ? हामीलाई मन्जुर भएन, बस, तपाईं यत्ति कुराबाटै सन्तुष्ट हुनु होला ।" शिव नारानले गम्भीर भएर जबाफ दिए ।

"तैपनि के कति कुरामा तिमीहरूलाई चित्त बुझेन, भन न ।" राम बहादुरले कोट्‌ट्याएर सोधे ।

"कुन कुरा चित्त नबुझेको बताऊँ राम बहादुरजी ! प्रस्ट थाहा पाउन चाहनु हुन्छ भने चित्त बुझेको कुरै कुनै छैन, यसरी भने अझै प्रस्ट होला– एउटा पनि कुरा हामीलाई चित्त बुझ्दैन ।" शिव नारानले प्रस्ट भनि दिए ।

"तिमीले सुब्बा साहेबको सार्‍है अपमान गरि रहेछौ शिव नारान !"

"तपाईं जे सम्झनोस् ।"

"तैपनि तिमीले समालिएर बोल्नु पर्ने । यसरी बेसोमत प्रकट गर्नु मनासिब छैन ।"

"निधो जबाफ माग्नु भएको हुनाले चित्त नबुझेको कुरा बताएकोलाई नै तपाईं अपमान, बेसोमत इत्यादि सम्झनु हुन्छ भने अफसोसको कुरा छ राम बहादुरजी ! यसको फेरि म कुन शब्दले जबाफ दिइ रहूँ !"

"तैपनि तिमीले होसियार भएर जबाफ दिनु पर्ने । उहाँ र आफ्नो अवस्था पनि त तिमीले हेर्नु पर्छ ! 'सानो मुख ठुलो कुरा' नहुनु पर्ने !" अलि रिसाएर राम बहादुरले भने ।

"अलि मुख समालेर बोल्न सिक्नोस्, राम बहादुरजी ! धेरै सहनु भनेको जल्लाई पनि गार्‍हो हुन्छ, तपाईं यसको पनि विचार गर्नु होला ।" शिव नारानले पनि अलि रिसाएर जबाफ दिए ।

"त्यसो भए त सुब्बा साहेबसित तिम्रो जोरी खोज्ने नै विचार छ त ? अलि ठन्डा मगजले सोच्ने काम गर शिव नारान ! पछुताउनु नपरोस् ।" धम्क्याएर राम बहादुरले भने ।

"के त ? यसको माने यही हो, किसानका छोरा केही होइनन् ? किसान केही होइन ? त्यसमा मनुष्यत्व केही छैन ?" शिव नारानले पनि अलि दर्‍हो भएर जबाफ दिए ।