Page:Ek chihan.pdf/74: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
वियोगमा रुन मन लाग्ने, घरी | वियोगमा रुन मन लाग्ने भएर आउने, घरी रञ्जना देवीले भनेको कुरा 'हो' | ||
प्रतीत भएर पछुताउ लागेर आउने, घरी | प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिव नारानको डर लागेर आउने; | ||
यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै | यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै | ||
डाक्टर | डाक्टर गोदत्त प्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका | ||
सम्पूर्ण चित्र | सम्पूर्ण चित्र आँखा अगाडि नचाइ दिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी | ||
नानीथकुँको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो | |||
अल्झेर बिग्रने मात्र | अल्झेर बिग्रने मात्र भइ रह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुँ जान | ||
खोजिन् । | खोजिन् । नानीथकुँको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्– "के | ||
भयो, | भयो, नानीथकुँ ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि | ||
देखिन्छ्यौ ?" | |||
"केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल | "केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल | ||
दुखेर आयो आमा ! जान्छु म पल्टन | दुखेर आयो आमा ! जान्छु म पल्टन एक छिन फेरि ।" नानीथकुँ फेरि कोठामा | ||
सरासर गइन् र बिछ्यौनामा पल्टिन् । | सरासर गइन् र बिछ्यौनामा पल्टिन् । | ||
उता डाक्टर | उता डाक्टर गोदत्त प्रसादको पनि उही हालत । नानीथकुँलाई एक | ||
बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम | बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइ पर्दा उनले दुई | ||
घण्टा बढी अस्पतालमा | घण्टा बढी अस्पतालमा अलमलिनु परेको थियो । एक बजेको ठाउँमा तीन | ||
बजि सक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुँ | |||
नदारत । | नदारत । रञ्जना देवीसँग त सोध्नै भएन । नसोधे जस्तो गरी उनले घरमा | ||
नोकर चाकरहरूबाट नानीथकुँ आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । | |||
अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी | अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी | ||
बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन । | बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन । | ||
यत्तिकैमा | यत्तिकैमा रञ्जना देवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्त | ||
प्रसादको अगाडि | प्रसादको अगाडि राखि दिइन् । खान पनि डाक्टर गोदत्त प्रसादलाई बिलकुलै | ||
मन लागेको थिएन तर | मन लागेको थिएन तर रञ्जना देवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर | ||
मन नलागे तापनि | मन नलागे तापनि कोची कोचीकन उनले खानेकुरा खाए । खाना उनलाई | ||
ज्यादै नमिठो लागेको थियो । | ज्यादै नमिठो लागेको थियो । | ||
खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर | खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्त प्रसाद | ||
सरासर | सरासर नानीथकुँको घरमा लम्कँदै गए । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 21:39, 22 June 2025
वियोगमा रुन मन लाग्ने भएर आउने, घरी रञ्जना देवीले भनेको कुरा 'हो' प्रतीत भएर पछुताउ लागेर आउने, घरी शिव नारानको डर लागेर आउने; यस्तै अनेक अन्तर्द्वन्द्व नानीथकुँको मनभित्र चल्न थाल्यो । प्रेमले उनलाई तुरुन्तै डाक्टर गोदत्त प्रसादकहाँ दौडाउन खोज्ने, सामाजिक परम्पराले समाजका सम्पूर्ण चित्र आँखा अगाडि नचाइ दिने जस्ता अन्तर्द्वन्द्वको अगाडि बिचरी नानीथकुँको केही लागेन । तानमा मन नडुबेको हुनाले बुन्नुको सट्टा धागो अल्झेर बिग्रने मात्र भइ रह्यो अनि त्यहाँबाट पनि जुरुक्क उठेर नानीथकुँ जान खोजिन् । नानीथकुँको यो अभूतपूर्व परिस्थिति देखेर लतमायाले भनिन्– "के भयो, नानीथकुँ ! आज तिमीलाई कपाल दुखेको मात्र होइन, अलि दिक्दार पनि देखिन्छ्यौ ?"
"केही भएको छैन अरू थोक त, तर अगिभन्दा पनि अहिले झन् कपाल दुखेर आयो आमा ! जान्छु म पल्टन एक छिन फेरि ।" नानीथकुँ फेरि कोठामा सरासर गइन् र बिछ्यौनामा पल्टिन् ।
उता डाक्टर गोदत्त प्रसादको पनि उही हालत । नानीथकुँलाई एक बजेको समय दिएको भए तापनि कुनै जरुरी विशेष काम आइ पर्दा उनले दुई घण्टा बढी अस्पतालमा अलमलिनु परेको थियो । एक बजेको ठाउँमा तीन बजि सक्यो, छटपटाएर उनी कुद्दै घर आए । घर आउँछन् त नानीथकुँ नदारत । रञ्जना देवीसँग त सोध्नै भएन । नसोधे जस्तो गरी उनले घरमा नोकर चाकरहरूबाट नानीथकुँ आएर घण्टौं बसेर गएको खबर पत्ता लगाए । अनि त झन् उनको मनमा बेमज्जा बढ्यो । किताब, अखबार पढेर दिक्दारी बिर्साउन खोजे तर पढ्नमा ज्यान गए पनि मनै गएन ।
यत्तिकैमा रञ्जना देवीले दिउँसोको खानेकुरा ल्याएर डाक्टर गोदत्त प्रसादको अगाडि राखि दिइन् । खान पनि डाक्टर गोदत्त प्रसादलाई बिलकुलै मन लागेको थिएन तर रञ्जना देवीको डरले, उनले केही भन्लिन् भन्ने सम्झेर मन नलागे तापनि कोची कोचीकन उनले खानेकुरा खाए । खाना उनलाई ज्यादै नमिठो लागेको थियो ।
खानपिन गरी जेसुकै होस् भन्ने मनमा राखी डाक्टर गोदत्त प्रसाद सरासर नानीथकुँको घरमा लम्कँदै गए ।