Page:Ek chihan.pdf/73: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{ | {{left|{{larger|'''एक्काइस'''}}}} | ||
नानीथकुँलाई रञ्जना देवीको कुराले सार्है छोयो, उनको भित्री मन | |||
खलबल | खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर | ||
आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई | आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई | ||
बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, | बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, | ||
आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा | आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा | ||
दृश्यले आफूलाई | दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि | ||
बिछ्यौनामा पल्टिन्, तकिया | बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्हो उनलाई मालुम भयो । फेरि | ||
जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे | जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे | ||
जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे | जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे | ||
जस्तो लाग्यो । | जस्तो लाग्यो । | ||
केही नलागेर | केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी | ||
तान | तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै | ||
कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले | कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले | ||
भनिन् । सोझी लतमायालाई डाक्टर | भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा | ||
भएन, उनी | भएन, उनी पत्याइ रहेकी थिइन् । | ||
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर | चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर | ||
नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान | |||
चलाउँदाचलाउँदै | चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै |
Latest revision as of 21:36, 22 June 2025
नानीथकुँलाई रञ्जना देवीको कुराले सार्है छोयो, उनको भित्री मन खलबल पारि दियो । डाक्टर गोदत्त प्रसादकहाँबाट आएर उनी सरासर आफ्नो सुत्ने कोठामा गइन् र पल्टिन् । तर उनी पल्टन सकिनन्, उनलाई बिछ्यौना बिझेको भान भयो । अनि जुरुक्क उठेर बसिन्, बस्न पनि सकिनन्, आसन पोलेको जस्तो उनलाई लाग्यो । झ्यालमा उभिएर बाहिर हेरिन्, सारा दृश्यले आफूलाई गिज्याइ रहेको उनले देखिन् । अनि झ्यालबाट आएर फेरि बिछ्यौनामा पल्टिन्, तकिया ढुङ्गा जस्तो सार्हो उनलाई मालुम भयो । फेरि जुरुक्क उठेर बसिन्, कोठाका चारै भित्ताहरूले आफूलाई थिच्न आउन खोजे जस्तो उनलाई भान भयो । माथि हेरिन्, दलिनहरू भत्केर खस्न लागे जस्तो लाग्यो ।
केही नलागेर नानीथकुँ माथि गइन् । लतमाया तान कोठामा बसी तान चलाइ रहेकी थिइन् । एउटा त निहुँ थाप्नै पर्यो । "आज मलाई बिघ्नै कपाल दुख्यो, हिजोभन्दा पनि दुख्यो । त्यसैले सुति रहेकी थिएँ ।" नानीथकुँले भनिन् । सोझी लतमायालाई डाक्टर गोदत्त प्रसादकहाँ गएको बिलकुल थाहा भएन, उनी पत्याइ रहेकी थिइन् ।
चिन्ताले सितिमिति मानिसलाई किन छोड्थ्यो ? तान चलाएर नानीथकुँले चिन्ता बिर्साउन खोजेकी थिइन् तर किन छाड्थ्यो ? तान चलाउँदाचलाउँदै नानीथकुँलाई घरी डाक्टर गोदत्त प्रसाद उपरको प्रेम नै