Jump to content

Page:Ek chihan.pdf/72: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्-
हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्–
"लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई  
"लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई  
मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?"
मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"


नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्-
नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्–
"डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन  
"डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन  
नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख  
नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख  
पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"
पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"


नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना
नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना
देवीले भनिन्- "जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा  
देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा  
कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि  
कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि  
खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा  
खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा  
बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू  
बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू  
है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"
है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"


नानीथकुं रातो मुख लाएर सरासर गइन् ।
नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।
{{nop}}
{{nop}}

Latest revision as of 21:33, 22 June 2025

This page has been proofread

हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्– "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"

नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्– "डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"

नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"

नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।