Jump to content

Page:Ek chihan.pdf/72: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?" नानीथकुं फेरि मौन हुन ल..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
हाँस्तै नानीथकुंको चिउँडो समातेर रञ्जनादेवीले फेरि भनिन्- "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरिरहेकी हुँ र ?"
हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्–
"लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई  
मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"


नानीथकुं फेरि मौन हुन लागेकी देखेर रञ्जनादेवी फेरि बोलिन्- "डाक्टरसाहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुं ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"
नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्–
"डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन  
नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख  
पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"


नानीथकुं फेरि अगिजस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जनादेवीले भनिन्- "जाऊ, मैले तिम्रो धेरै समय लिइदिएँ । मैले भनेको कुरा कत्तिको ठीक-बेठीक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्ता पनि खुब गुनेर हेर्नू । ठीक लागे तिमीलाई नै सुख हुन्छ, बेठीक लागे तिम्रो दशा बिग्रेको म सकुँला । तर नानीथकुं ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"
नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना
देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा  
कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि  
खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा  
बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू  
है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"


नानीथकुं रातो मुख लाएर सरासर गइन् ।
नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।
{{nop}}

Latest revision as of 21:33, 22 June 2025

This page has been proofread

हाँस्तै नानीथकुँको चिउँडो समातेर रञ्जना देवीले फेरि भनिन्– "लाटी ! मलाई थाहा छैन भन्ठानेकी ? त्यसै काम नपाएर तिमीलाई बोलाई मैले पनि लामो कुरा गरि रहेकी हुँ र ?"

नानीथकुँ फेरि मौन हुन लागेकी देखेर रञ्जना देवी फेरि बोलिन्– "डाक्टर साहेबसित तिमी फस्नाले मलाई वास्तवमा केही पनि नोक्सान छैन नानीथकुँ ! फस्छ्यौ त तिमी नै फस्छ्यौ, तिम्रो जिन्दगी फस्छ, अनेक सुख पाउन सक्ने तिम्रो भविष्य फस्छ ।"

नानीथकुँ फेरि अगि जस्तै सालिक हुन थालिन् । अन्तमा रञ्जना देवीले भनिन्– "जाऊ, मैले तिम्रो धेरै समय लिइ दिएँ । मैले भनेको कुरा कत्तिको ठिक–बेठिक छ, एक चोटि ठन्डा मगजले विचार गर्नू । भरे सुत्दा पनि खुब गुनेर हेर्नू । ठिक लागे तिमीलाई नै सुख हुन्छ, बेठिक लागे तिम्रो दशा बिग्रेको म सम्झुँला । तर नानीथकुँ ! म फेरि एक चोटि भन्छु खुब होस गर्नू है नारीको मूल्य सम्झेर, लौ जाऊ । खुब गहिरिएर सोच ।"

नानीथकुँ रातो मुख लाएर सरासर गइन् ।