Jump to content

Page:Ek chihan.pdf/71: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"भन न, आफूलाई लागेको कुरा बोल्नुपर्छ, नत्र आफैँलाई धोका  
"भन न, आफूलाई लागेको कुरा बोल्नु पर्छ, नत्र आफैँलाई धोका  
हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले  
हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले  
आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना
आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना
देवीले भनिन् ।
देवीले भनिन् ।


नानीथकुंले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि
नानीथकुँले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि
रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जनादेवीले
रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले
भनिन्- "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक  
भनिन्– "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक  
स्वास्नीमान्छेले दुनियाँभरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके  
स्वास्नी मान्छेले दुनियाँ भरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके  
पनि कमसेकम स्वास्नीमान्छेको इज्जत र गौरवको मात्र ख्याल राख्न  
पनि कम से कम स्वास्नी मान्छेको मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न  
सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र  
सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र  
होइन, बाटोबाटोमा सुख हाँसिरहेको हामी पाउनेछौं ।  
होइन, बाटो बाटोमा सुख हाँसि रहेको हामी पाउने छौँ ।  


तसर्थ नानीथकुं ! तिमी नारी भएर नारीको मूल्य पहिचान गर,  
तसर्थ नानीथकुँ ! नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक,  
नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको  
नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको  
मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख  
मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख  
Line 19: Line 19:
विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको  
विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको  
चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा  
चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा  
नै हौसला फुल्न आइरहन्छ, फुर्ती मुस्कुराइरहन्छ र अभिमान बाँचि
नै हौसला फुल्न आइ रहन्छ, फुर्ती मुस्कुराइ रहन्छ र अभिमान बाँचि
रहन्छ ।"
रहन्छ ।"


रञ्जनादेवीले यति कुरा छाँटिसकेपछि बल्ल मुन्टो उठाएर नानीथकुं
रञ्जना देवीले यति कुरा छाँटि सकेपछि बल्ल मुन्टो उठाएर नानीथकुँ
बोलिन्- "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि
बोलिन्– "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि
रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागिरहेको छ कि तपाईंले  
रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागि रहेको छ कि तपाईंले  
मलाई बोलाउन पठाएर किन यो सब कुरा गरिरहनुभएको हो ?"
मलाई बोलाउन पठाएर किन यो सब कुरा गरि रहनु भएको हो ?"


"तिमी बिग्रन आँटेको देखेर।" बडो मायालु भावमा गम्भीर भएर  
"तिमी बिग्रन आँटेको देखेर ।" बडो मायालु भावमा गम्भीर भएर  
रञ्जनादेवीले भनिन् ।
रञ्जना देवीले भनिन् ।


"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुंले
"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुँले
विनम्र भावमा भनिन् ।
विनम्र भावमा भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 21:31, 22 June 2025

This page has been proofread

"भन न, आफूलाई लागेको कुरा बोल्नु पर्छ, नत्र आफैँलाई धोका हुन्छ । आफ्नो विचार र रायले मानिसको अस्तित्वको रक्षा गर्छ नत्र उसले आफ्नो अस्तित्व मात्र मरेको पाउँछ ।" अलि मुसुक्क हाँसेर रञ्जना देवीले भनिन् ।

नानीथकुँले केही पनि भनिनन् खालि गम्भीर भावमा मुसुमुसु हाँसि रहिन् अनि अझ बढ्ता हित कामनाको भावमा गम्भीर भएर रञ्जना देवीले भनिन्– "तिमी मेरो आफ्नो जातिकी मानिस हुनाले मेरो नातेदार हौ । हरेक स्वास्नी मान्छेले दुनियाँ भरका प्राणी अथवा मानिस मात्रको हित गर्न नसके पनि कम से कम स्वास्नी मान्छेको मात्रको इज्जत र गौरवको मात्र ख्याल राख्न सके पनि दुनियाँमा दुःखको मात्रा यति घट्छ कि मानिसको बस्तीभित्र मात्र होइन, बाटो बाटोमा सुख हाँसि रहेको हामी पाउने छौँ ।

तसर्थ नानीथकुँ ! नारी भएर तिमीले नारीको मूल्य पहिचान्न सक, नारीको महत्त्व बढाउन कोसिस गर । समाजको मर्यादा र गौरव नारीको मूल्यमा निर्भर छ । भौतिक उन्नति र सुविधाले मानिसलाई बाहिरी सुख मात्र प्राप्त हुन सक्छ, तर नारीको चरित्र पाउनाले मानिसको जीवनमा अलौकिक आनन्द आउँछ । त्यसैले सभ्यताको मापदण्ड भौतिक उन्नति वा विज्ञानमा मात्र हुँदैन, चरित्रको उन्नति नै उसको चरम सीमा हो । नारीको चरित्र हाँस्न पाएको ठाउँमा पुरुषको आत्माले नाच्न पाउँछ, त्यस्ता ठाउँमा नै हौसला फुल्न आइ रहन्छ, फुर्ती मुस्कुराइ रहन्छ र अभिमान बाँचि रहन्छ ।"

रञ्जना देवीले यति कुरा छाँटि सकेपछि बल्ल मुन्टो उठाएर नानीथकुँ बोलिन्– "तपाईंको कुरा ज्यादै राम्रो छ, जति सुने पनि पेट नभर्ने, अझ सुनि रहूँ जस्तो लाग्छ । तर मलाई यो पनि गजब लागि रहेको छ कि तपाईंले मलाई बोलाउन पठाएर किन यो सब कुरा गरि रहनु भएको हो ?"

"तिमी बिग्रन आँटेको देखेर ।" बडो मायालु भावमा गम्भीर भएर रञ्जना देवीले भनिन् ।

"म किन बिग्रन्छु ? मैले के बिग्रने काम गरेकी छु ?" नानीथकुँले विनम्र भावमा भनिन् ।