Jump to content

Page:Ek chihan.pdf/67: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रञ्जनादेवीको तीरसमान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्तप्रसाद
रञ्जना देवीको तीर समान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद
छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले  
छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले  
तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी बिनाप्यासमा पनि पानी  
तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी विना प्यासमा पनि पानी  
पिएर बोल्न लागे- "के ?"
पिएर बोल्न लागे– "के ?"


"के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधिसकेकी छु कि तपाईं  
"के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधि सकेकी छु कि तपाईं  
बिरामीकोठामा किन बसिरहनुभएको ?" अलि फर्केको भावमा रञ्जना
बिरामी कोठामा किन बसि रहनु भएको ?" अलि झर्केको भावमा रञ्जना
देवीले भनिन् ।
देवीले भनिन् ।


"बिरामी हेर्न ।" सरल भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"बिरामी हेर्न ।" सरल भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"खुब हेर्नुभयो बिरामी !" रोषपूर्ण भावमा रञ्जनादेवीले फेरि  
"खुब हेर्नु भयो बिरामी !" रोषपूर्ण भावमा रञ्जना देवीले फेरि  
भनिन्- "मलाई थाहा छैन ? एकएक देखेकी छु मैले, तपाईंको साधु भेषमा  
भनिन्– "मलाई थाहा छैन ? एक एक देखेकी छु मैले, तपाईंको साधु भेषमा  
कृष्णलीला ! अगि आउने ‘नानीथकुं’ भन्ने किसान बालासित के गरिरहनु
कृष्णलीला ! अगि आउने 'नानीथकुँ' भन्ने किसान बालासित के गरि रहनु
भएको ? कि उसमा अटाइनअटाई बगिरहेको उसको वर्षाकालीन यौवन  
भएको ? कि उसमा अटाइ नअटाई बगिरहेको उसको वर्षा कालीन यौवन  
यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसिरहेको डाक्टर हुँ भन्ने  
यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसि रहेको डाक्टर हुँ भन्ने  
नै बिर्सनुभयो ?"
नै बिर्सनु भयो ?"


रञ्जनादेवीको झम्टाइ सुनेर डाक्टर गोदत्तप्रसादले मुसुमुसु हाँसेर  
रञ्जना देवीको झम्टाइ सुनेर डाक्टर गोदत्त प्रसादले मुसुमुसु हाँसेर  
उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।
उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।


"अझ खिस्सखिस्स हाँसिरहन तपाईंलाई लाज छैन ? मानिसको शोभा  
"अझ खिस्स खिस्स हाँसि रहन तपाईंलाई लाज छैन ? मानिसको शोभा  
र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । मानिसमा लाजै छैन भने त्यस नाङ्गो  
र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । लाजै मानिसमा छैन भने त्यस नाङ्गो  
मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि  
मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि  
बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गाह्रो छ ।  
बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गार्‍हो छ ।  
यस्तो पनि भलादमी मानिसको ताल हो ?" रञ्जनादेवीले भनिन् ।
यस्तो पनि भलादमी मानिसको ताल हो ?" रञ्जना देवीले भनिन् ।


"के…?" त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्तप्रसादले भने ।
"के…?" त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्त प्रसादले भने ।


"के के… के… भनिरहनुभको ? लाज छैन, सरम छैन, तीन तीन
"के के… के… भनि रहनु भएको ? लाज छैन, सरम छैन, तिन तिन
जना छोराछोरीको बाबु भैसकेर पनि, उसमाथि डाक्टरजस्तो भएर  
जना छोराछोरीको बाबु भइ सकेर पनि, उसमाथि डाक्टर जस्तो भएर  
सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरिरहने ?"
सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरि रहने ?"


"तिमीजस्ती पढेलेखेकी स्वास्नीमान्छेले पनि अझ चेवाचर्चा गर्ने  
"तिमी जस्ती पढेलेखेकी स्वास्नी मान्छेले पनि अझ चेवाचर्चा गर्ने  
निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै  
निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै  
विद्याको उन्नति गरे पनि हामीले सुखशान्ति पाउन सक्तैनौं रञ्जना ! यस
विद्याको उन्नति गरे पनि हामीले सुख शान्ति पाउन सक्तैनौँ रञ्जना ! यस

Latest revision as of 21:14, 22 June 2025

This page has been proofread

रञ्जना देवीको तीर समान यो तिखो वाक्य सुनेर डाक्टर गोदत्त प्रसाद छटपटाउन थाले । भित्र पूरा बल सञ्चारित भएर पनि उनको आँखाले तोरीको फूल देख्न थाल्यो । सहसा अकमकिएर उनी विना प्यासमा पनि पानी पिएर बोल्न लागे– "के ?"

"के पनि कुनै प्रश्नको उत्तर हो ? मैले सोधि सकेकी छु कि तपाईं बिरामी कोठामा किन बसि रहनु भएको ?" अलि झर्केको भावमा रञ्जना देवीले भनिन् ।

"बिरामी हेर्न ।" सरल भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"खुब हेर्नु भयो बिरामी !" रोषपूर्ण भावमा रञ्जना देवीले फेरि भनिन्– "मलाई थाहा छैन ? एक एक देखेकी छु मैले, तपाईंको साधु भेषमा कृष्णलीला ! अगि आउने 'नानीथकुँ' भन्ने किसान बालासित के गरि रहनु भएको ? कि उसमा अटाइ नअटाई बगिरहेको उसको वर्षा कालीन यौवन यमुनादेखि मस्त भएर आफू एउटा बिरामी हेर्न बसि रहेको डाक्टर हुँ भन्ने नै बिर्सनु भयो ?"

रञ्जना देवीको झम्टाइ सुनेर डाक्टर गोदत्त प्रसादले मुसुमुसु हाँसेर उनको मुख एक चोटि हेरे तर केही बोलेनन् ।

"अझ खिस्स खिस्स हाँसि रहन तपाईंलाई लाज छैन ? मानिसको शोभा र सभ्यताको रक्षा गर्ने कुरा लाज हो । लाजै मानिसमा छैन भने त्यस नाङ्गो मानिससित कसको के लाग्छ ? बरु ज्यानमारादेखि डर छैन, साहुमारादेखि बच्न सकिन्छ, तर मुसुमुसु हाँसीकन बिताउने हँसमारादेखि बच्न गार्‍हो छ । यस्तो पनि भलादमी मानिसको ताल हो ?" रञ्जना देवीले भनिन् ।

"के…?" त्यसै टारेर पठाउने भावमा डाक्टर गोदत्त प्रसादले भने ।

"के के… के… भनि रहनु भएको ? लाज छैन, सरम छैन, तिन तिन जना छोराछोरीको बाबु भइ सकेर पनि, उसमाथि डाक्टर जस्तो भएर सितिमिति आजकल जवान मानिसले पनि नगर्ने गुन्ड्याइँ काम गरि रहने ?"

"तिमी जस्ती पढेलेखेकी स्वास्नी मान्छेले पनि अझ चेवाचर्चा गर्ने निर्घिनी काम गर्न सुहाउँछ ? चेवाचर्चा गर्ने बानी छउन्जेल जतिसुकै विद्याको उन्नति गरे पनि हामीले सुख शान्ति पाउन सक्तैनौँ रञ्जना ! यस