Jump to content

Page:Ek chihan.pdf/57: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- "भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।" "तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिवनारानले भने । "अहो ! बोल्ने सरोक..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्- "भैगो नि, कति बोलिरहनुपरेको ! चुप लाग्नोस् ।"
रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्– "भैगो नि, कति बोलि रहनु परेको !  
चुप लाग्नोस् ।"


"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिवनारानले भने ।
"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि  
रिसाएको भावमा शिव नारानले भने ।


"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।
"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा  
हाकुमायाले भनिन् ।


"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानिरहूँ सहिरहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा र अनुहार दुवै रातो पारेर शिवनारानले भने ।
"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले  
भनेको मानि रहूँ सहि रहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा  
र अनुहार दुवै रातो पारेर शिव नारानले भने ।


अहिले त हाकुमाया पनि डराइन् । शिवनारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् । शिवनारान अझै पनि चुप लागेका थिएनन्
अहिले त हाकुमाया पनि डराइन् । शिव नारान यसरी दुर्वासा बनेको  
त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् ।  


अनि पुननारानले भने- "भैगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरिसकेका त छैनन्, ‘अबदेखि नबोलाईकन नआउनुहोला’ भनिदिउँला, कुरै मेटियो ।"
शिवनारान अझै पनि चुप लागेका थिएनन् । अनि पुन नारानले भने–
"भइगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरि सकेका त छैनन्, 'अबदेखि
नबोलाईकन नआउनु होला' भनि दिउँला, कुरै मेटियो ।"


"बचावट भनेको अगावै गरिसक्नुपर्छ, बिग्रिसकेपछि के बचाउने ?" शिवनारानले भने ।
"बचावट भनेको अगावै गरि सक्नु पर्छ, बिग्रि सकेपछि के बचाउने ?"  
शिव नारानले भने ।


"त्यही त म भन्छु ‘अबदेखि नआउनुहोला’ नै भनिपठाऔं !" पुननारानले भने ।
"त्यही त म भन्छु 'अबदेखि नआउनु होला' नै भनि पठाऔँ !" पुन
नारानले भने ।


"आइरहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?" हर्षनारानले भने ।
"आइ रहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?"  
हर्ष नारानले भने ।


"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरिरहने ? बदमासी गराउन उसलाई हौसला गराइरहने ?" शिवनारानले जङ्गिएर भने ।
"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरि रहने ?  
बदमासी गराउन उसलाई हौसला गराइ रहने ?" शिव नारानले
जङ्गिएर भने ।


"काम न काजसित डाक्टर दिनहुँ आइरहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीकाटिप्पणी चलिरहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी बिनाकाम कोही मानिस आइरहनु राम्रो कुरा होइन ।"
"काम न काजसित डाक्टर दिनहुँ आइ रहनाले छरछिमेकमा हाम्रो  
ख्याल तितो पिरो आलोचना र टीका टिप्पणी चलि रहेछ ? तरुनी छोरीबेटी  
भएको घरमा यसरी विना काममा कोही मानिस आइ रहनु ठिक कुरा होइन ।"


शिवनारान बोलिरहेका बेला पुननारानले नानीथकुंतिर हेरेर भने- "अबदेखि डाक्टर गोदत्तप्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"
शिव नारान बोलि रहेका वेला पुन नारानले नानीथकुँतिर हेरेर भने–
"अबदेखि डाक्टर गोदत्त प्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे  
तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"
{{nop}}

Latest revision as of 14:36, 22 June 2025

This page has been proofread

रहेको देखेर उनले खिस्स हाँस्तै भनिन्– "भैगो नि, कति बोलि रहनु परेको ! चुप लाग्नोस् ।"

"तिमी चुप लाग ! तिमीलाई बोल्न केही सरोकार छैन ।" अलि रिसाएको भावमा शिव नारानले भने ।

"अहो ! बोल्ने सरोकार पनि मलाई भएन ?" मुस्काएकै अनुहारमा हाकुमायाले भनिन् ।

"चुप लाग, एक शब्द नबोल, म जोइटिङ्ग्रे होइन कि जे पनि तिमीले भनेको मानि रहूँ र सहि रहूँ । म फेरि भन्छु, फेरि एक शब्द नबोल ।" आँखा र अनुहार दुवै रातो पारेर शिव नारानले भने ।

अहिले त हाकुमाया पनि डराइन् । शिव नारान यसरी दुर्वासा बनेको त हाकुमायाले कहिल्यै देखेकी थिइनन् । उनी झटपट चुठेर आफ्नो कोठामा गइन् ।

शिवनारान अझै पनि चुप लागेका थिएनन् । अनि पुन नारानले भने– "भइगो नि, डाक्टरले अहिलेसम्म केही नराम्रो गरि सकेका त छैनन्, 'अबदेखि नबोलाईकन नआउनु होला' भनि दिउँला, कुरै मेटियो ।"

"बचावट भनेको अगावै गरि सक्नु पर्छ, बिग्रि सकेपछि के बचाउने ?" शिव नारानले भने ।

"त्यही त म भन्छु 'अबदेखि नआउनु होला' नै भनि पठाऔँ !" पुन नारानले भने ।

"आइ रहेका मानिसलाई ठाडै नआउनू भन्नु सभ्य व्यवहार होला ?" हर्ष नारानले भने ।

"यसो भए उसबाट हमला गराउन हामीले स्वागत गरि रहने ? बदमासी गराउन उसलाई हौसला गराइ रहने ?" शिव नारानले जङ्गिएर भने ।

"काम न काजसित डाक्टर दिनहुँ आइ रहनाले छरछिमेकमा हाम्रो ख्याल तितो पिरो आलोचना र टीका टिप्पणी चलि रहेछ ? तरुनी छोरीबेटी भएको घरमा यसरी विना काममा कोही मानिस आइ रहनु ठिक कुरा होइन ।"

शिव नारान बोलि रहेका वेला पुन नारानले नानीथकुँतिर हेरेर भने– "अबदेखि डाक्टर गोदत्त प्रसाद केही गरी आएका खण्डमा अथवा आइ नै रहे तापनि तिमीले उनीसित बिलकुल नबोल्नू, उनलाई वास्तासम्म पनि नगर्नू ।"