Page:Ek chihan.pdf/56: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
दिनका दिन किन आइ रहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले | |||
दिनका दिन | दिनका दिन आउनु परेको छ ?" | ||
"किन किन | "किन किन आइ रहन्छन्, आइ रहेका मानिसलाई त्यसै के भन्नु ?" | ||
लतमायाले भनिन् । | लतमायाले भनिन् । | ||
"तैपनि काम न काज त्यसै किन | "तैपनि काम न काज त्यसै किन आइ रहने ? यो त म ठीक मान्दिनँ आमा !" | ||
लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति | लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिव नारानको | ||
यस्तो उपेक्षित भाव देखेर नानीथकुँले एकाएक मुख अँध्यारो पारिन् । डाक्टरप्रति | |||
एक्कासि | शिव नारानको एक्कासि यस्तो कुरा सुनेर पुन नारान, हर्ष नारानहरू जिल्ल परे । | ||
"अर्काको घरमा काम न काज दिनका दिन | "अर्काको घरमा काम न काज दिनका दिन आइ रहने ?" शिव | ||
नारानले फेरि भने । | |||
"के कुरालाई लिएर तपाईं यसरी | "के कुरालाई लिएर तपाईं यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे । | ||
"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ | "हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ | ||
रहेको आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" | रहेको । आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिव नारानले भने । | ||
"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ | "आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ | ||
रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि | रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनु हुन्नथ्यो, आज | ||
किन एक्कासि यसरी | किन एक्कासि यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे । | ||
"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त | "हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त | ||
नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता | नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखि रह्यौँ, | ||
तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति | तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति | ||
भन्दाभन्दै शिवनारान एक्कासि | भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुँप्रति झम्टन पुगे– "हेर नानीथकुँ ! | ||
म साफ | म साफ भनि दिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत | ||
गर्ने मौका | गर्ने मौका दिइ रह्यौ भने म ठीक मान्ने छैन ।" | ||
शिव नारान यति रिसाएको नानीथकुँले अगाडि कहिल्यै देखेकी थिइनन् । | |||
यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म | यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइ सकेको | ||
जबाफलाई पनि घुटुघुटु निलेर | जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुँ एक शब्द नबोली चुप लागि रहिन् । | ||
तर | तर शिव नारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी | ||
कराइ रहे । शिव नारान यति कराइ रहे; पुन नारानलाई अति लाग्यो । हर्ष | |||
नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि | नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिव नारानकै स्वास्नी हाकुमायालाई | ||
समेत | समेत शिव नारानले बढ्ता बोलि रहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ |
Latest revision as of 14:30, 22 June 2025
दिनका दिन किन आइ रहेको ? को बिरामी परेका छन् र हामीकहाँ त्यसले दिनका दिन आउनु परेको छ ?"
"किन किन आइ रहन्छन्, आइ रहेका मानिसलाई त्यसै के भन्नु ?" लतमायाले भनिन् ।
"तैपनि काम न काज त्यसै किन आइ रहने ? यो त म ठीक मान्दिनँ आमा !"
लतमायाले केही पनि जबाफ दिइनन् । डाक्टरप्रति शिव नारानको यस्तो उपेक्षित भाव देखेर नानीथकुँले एकाएक मुख अँध्यारो पारिन् । डाक्टरप्रति शिव नारानको एक्कासि यस्तो कुरा सुनेर पुन नारान, हर्ष नारानहरू जिल्ल परे । "अर्काको घरमा काम न काज दिनका दिन आइ रहने ?" शिव नारानले फेरि भने ।
"के कुरालाई लिएर तपाईं यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।
"हेर न, पाजी डाक्टर दिनका दिन हाम्रो घरमा त्यसै त्यसै आइ रहेको । आउनलाई पनि एउटा कारण चाहिन्छ नि !" शिव नारानले भने ।
"आउन त उनी अगिदेखि नै, बा बिरामी भएदेखि नै दिनका दिन आइ रहेका छन् । अस्ति अस्ति तपाईं यसरी कहिल्यै पनि रिसाउनु हुन्नथ्यो, आज किन एक्कासि यसरी रिसाउनु भएको ?" पुन नारानले सोधे ।
"हुन त उनी गिद्धेदृष्टि राखेर हामीकहाँ पसेका हुन् । उनको धूर्त नीतिलाई सहानुभूति र सहयोग सम्झेर हामीले उनलाई देवता देखि रह्यौँ, तैपनि अस्ति अस्तिसम्म उनको प्रत्यक्ष बदमासी देखिएको थिएन ।" यति भन्दाभन्दै शिवनारान एक्कासि नानीथकुँप्रति झम्टन पुगे– "हेर नानीथकुँ ! म साफ भनि दिन्छु, डाक्टरसित तिमीले कुराकानी गरी उनलाई आवतजावत गर्ने मौका दिइ रह्यौ भने म ठीक मान्ने छैन ।"
शिव नारान यति रिसाएको नानीथकुँले अगाडि कहिल्यै देखेकी थिइनन् । यसैले उनीसित नबोल्नु नै कल्याण सम्झी कण्ठ कण्ठसम्म आइ सकेको जबाफलाई पनि घुटुघुटु निलेर नानीथकुँ एक शब्द नबोली चुप लागि रहिन् ।
तर शिव नारान बोलि नै रहे । भातको गाँस मुखमा हालेर पनि उनी कराइ रहे । शिव नारान यति कराइ रहे; पुन नारानलाई अति लाग्यो । हर्ष नारानलाई पनि दिक्क लाग्यो । यहाँसम्म कि शिव नारानकै स्वास्नी हाकुमायालाई समेत शिव नारानले बढ्ता बोलि रहेको अनुभव हुन थाल्यो । एकोहोरो कराइ