Page:Ek chihan.pdf/52: Difference between revisions
→Not proofread: Created page with "एक्कासि लतमायाले नानीथकुंलाई भनिन्- "जाऊ नानीथकुं ! भात पकाउन, आज शिवनारानहरू अलि चाँडै आउँछन् ।" लतमायाको यो वाक्यले नानीथकुं र डाक्टर गोदत्तप्रसाद दुवैलाई ‘एक तीरले दुई सिकार’ भ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
एक्कासि लतमायाले | एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात | ||
पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।" | |||
लतमायाको यो वाक्यले | लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई | ||
'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्है नमज्जा लाग्यो । | |||
दुवैलाई 'लौ मार्यो !' भइ हाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक | |||
भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?" | |||
"भात पकाउने काम मलाई अलि गार्हो लाग्यो । म तान बुनि रहुँला, | |||
यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन् । | |||
"भात पकाउन | "तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" | ||
नानीथकुँले भनिन् । | |||
"तान चलाउनुभन्दा | मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान | ||
चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।" | |||
"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा | |||
ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् । | |||
" | "परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर | ||
गोदत्त प्रसादले भने । | |||
" | "डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस् | ||
तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन् । | |||
" | "होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै | ||
सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् । | |||
नानीथकुँलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि | |||
डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ | |||
चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर | |||
वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी | |||
बुद्धिचाल गोटी चाल्न लागे । नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि | |||
हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो | |||
छ ।" | |||
डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्– | |||
"केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै | |||
सुबिस्ता छ ।" | |||
{{nop}} | |||
डाक्टर |
Latest revision as of 12:49, 22 June 2025
एक्कासि लतमायाले नानीथकुँलाई भनिन्– "जाऊ नानीथकुँ ! भात पकाउन, आज शिव नारानहरू अलि चाँडै आउँछन् ।"
लतमायाको यो वाक्यले नानीथकुँ र डाक्टर गोदत्त प्रसाद दुवैलाई 'एक तीरले दुई सिकार' भए जस्तो भयो । दुवैलाई सार्है नमज्जा लाग्यो । दुवैलाई 'लौ मार्यो !' भइ हाल्यो । यी सब हुँदाहुँदै पनि नानीथकुँले स्वाभाविक भावमा भनिन्– "किन, आमा भात पकाउन नजाने ?"
"भात पकाउने काम मलाई अलि गार्हो लाग्यो । म तान बुनि रहुँला, यसैमा मलाई अलि सजिलो लाग्यो ।" लतमायाले पनि स्वाभाविक तबरले भनिन् ।
"तान चलाउनुभन्दा त भात पकाउन सजिलो होला कि ?" नानीथकुँले भनिन् ।
मौका सम्झेर डाक्टर गोदत्त प्रसादले पनि भनि हाले– "हुन त हो, तान चलाउनुभन्दा भात पकाउन नै सजिलो होला ।"
"डाक्टर साहेबले भन्नु भएको कुरा मनासिब छ, तर भात पकाउँदा ज्यादै कपाल दुख्ने भएर आउँदो रहेछ ।" लतमायाले भनिन् ।
"परिश्रम र थकाइ त तान चलाउँदा जरुर लाग्छ आमै !" डाक्टर गोदत्त प्रसादले भने ।
"डाक्टर साहेबले हुँदैन भन्नु भएपछि जिद्दी नगर्नु होस् आमा ! जानोस् तपाईं नै भात पकाउनु होस् । तानको काम म गरि रहुँला ।" नानीथकुँले भनिन् ।
"होइन, तिमी नै भात पकाउने काम गर, कपाल दुखेर मैले सहनै सकिनँ । तान चलाउँदा मलाई सुबिस्तै छ ।" लतमायाले भनिन् ।
नानीथकुँलाई पर्यो फसाद, जिद्दी गर्न त हुँदै भएन, भन्डाफोर हुने पनि डर; निहुँ थाप्ने पनि ठाउँ नै भएन । त्यसैले मनमनै दिक्क मानेर नानीथकुँ चुपचाप भान्छामा जान तयार भइन् । आफ्नो आशा, अभिलाषा र उद्देश्यउपर वज्रपात हुन लागेकाले डाक्टर गोदत्त प्रसादले फेरि एक चोटि आखिरी बुद्धिचाल गोटी चाल्न लागे । नानीथकुँ जान तम्सना साथ झट्ट उनले भनि हाले– "तपाईंको दिलले आज भात पकाउन जाने उत्साह पाउन सकेन जस्तो छ ।"
डाक्टर गोदत्त प्रसादको कुरा टुङ्गिन नपाउँदै लतमायाले भनिन्– "केही भएको छैन, भात पकाउन जाओस्, मलाई वास्तवमा तान चलाउनमै सुबिस्ता छ ।"