Jump to content

Page:Ek chihan.pdf/51: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् । "मलाई भात पकाउन गाह्रो भयो ।" "तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् । "केही पनि भएको छैन । भात पकाउन अलि ग..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुंले भनिन् ।
"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।


"मलाई भात पकाउन गाह्रो भयो ।"
"मलाई भात पकाउन गार्‍हो भयो ।"


"तान चलाउन झन् गाह्रो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुंले भनिन् ।
"तान चलाउन झन् गार्‍हो छ । आमालाई के भयो ?" मायालु भावमा  
नानीथकुँले भनिन् ।


"केही पनि भएको छैन । भात पकाउन अलि गाह्रो लाग्यो ।"
"केही पनि भएको छैन । भात पकाउन अलि गार्‍हो लाग्यो ।"


यत्तिकैमा डाक्टर गोदत्तप्रसाद आइपुगे । उनलाई अगिअगि लतमाया र नानीथकुं आमाछोरी दुवैले स्वागतसत्कार गरे ।
यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ
लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।


"आज त सबेरै आउनुभयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।
"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।


"आज बिदा छ ।" डाक्टरले भने ।
"आज बिदा छ ।" डाक्टरले भने ।
Line 15: Line 17:
"ए !"
"ए !"


"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"
"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही  
नभएकाले यहाँ आएको हुँ ।"


"यस्तै निगाह सधैँ राख्नुहोला डाक्टरसाहेब !"
"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"


"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलिरहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागिरहेछ ।"
"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र  
त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"


"यो त ज्यादै असल कुरा हो डाक्टरसाहेब !"
"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"


"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"
"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको  
उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा  
स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"


"डाक्टरसाहेबले ज्यादै ठीक भन्नुभयो ।"
"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"


"म पनि अब यस्तै घरबुना कपडा लाउँछु दौरासुरुवाललाई हुने एक थान कपडा बुनिदिनोस् मलाई। चाहिएका सरजाम म आफैँ जुटाइदिन्छु ।" लतमाया खिस्स हाँसिन् । नानीथकुं पनि मुसुक्क हाँसिन् ।
"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु दौरा सुरुवाललाई हुने  
एक थान कपडा बुनि दिनोस् मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने
छु ।"  


"किन, तपाईंहरूले पत्त्याउनुभएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्तप्रसादले भने
लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन्


"किन, नपत्याउनु नि, तपाईंजस्ता बडादमीले बोल्नुभएको कुरा पनि नपत्याउन सक्छौं ?"
"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त
प्रसादले भने ।


"होइन, तपाईंहरू हाँस्नुभएकाले पो मैले भनेको हुँ ।"
"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि
नपत्याउन सक्छौँ ?"


"हुन्छ, हुन्छ, जरुर बुनिदिउँला डाक्टरसाहेब !"
"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"
 
"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"
{{nop}}

Latest revision as of 12:43, 22 June 2025

This page has been proofread

"किन आमा ?" अलि आश्चर्य भएर नानीथकुँले भनिन् ।

"मलाई भात पकाउन गार्‍हो भयो ।"

"तान चलाउन झन् गार्‍हो छ । आमालाई के भयो ?" मायालु भावमा नानीथकुँले भनिन् ।

"केही पनि भएको छैन । भात पकाउन अलि गार्‍हो लाग्यो ।"

यत्तिकैमा डाक्टर गोदत्त प्रसाद आइ पुगे । उनलाई अगि अगि झैँ लतमाया र नानीथकुँ आमाछोरी दुवैले स्वागत सत्कार गरे ।

"आज त सबेरै आउनु भयो ।" सत्कार गर्दागर्दै लतमायाले भनिन् ।

"आज बिदा छ ।" डाक्टरले भने ।

"ए !"

"आज अरू विशेष काम पनि केही नभएको र बिरामी हेर्न पनि कोही नभएकाले यहाँ आएको हुँ ।"

"यस्तै निगाह सधैँ राख्नु होला डाक्टर साहेब !"

"हेर्दै गरेर हो कि हिजोआज मलाई तान चलि रहेको आवाज सुन्न र त्यसमा कपडा बुनेको हेर्न बिघ्नै रहर लागि रहेछ ।"

"यो त ज्यादै असल कुरा हो डाक्टर साहेब !"

"हो हुन त, आफ्नो स्वदेशी मालमा प्रेम नभईकन कुनै जाति, देशको उन्नति हुन कसरी सम्भव होला ? त्यसैले त महात्मा गान्धीले सबभन्दा स्वदेशी वस्तुमा प्रेम गर्न जोड गरेका हुन् ।"

"डाक्टर साहेबले ज्यादै ठिक भन्नु भयो ।"

"अब म पनि यस्तै घरबुना कपडा लाउँने गर्छु । दौरा सुरुवाललाई हुने एक थान कपडा बुनि दिनोस् न मलाई पनि । चाहिएका सरजाम जुटाइ दिने छु ।"

लतमाया खिस्स हाँसिन् । नानीथकुँ पनि मुसुक्क हाँसिन् ।

"किन, तपाईंहरूले पत्त्याउनु भएन र ?" मुसुक्क हाँस्तै डाक्टर गोदत्त प्रसादले भने ।

"किन, नपत्याउनु नि, तपाईं जस्ता बडादमीले बोल्नु भएको कुरा पनि नपत्याउन सक्छौँ ?"

"होइन, तपाईंहरू हाँस्नु भएकाले पो मैले भनेको हुँ ।"

"हुन्छ, हुन्छ, जरुर बुनि दिउँला डाक्टर साहेब !"