Page:Ek chihan.pdf/44: Difference between revisions
→Not proofread: Created page with "पन्ध्र शिवनारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगिहाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाएटोलाए जस्तो हुँदै उनी आखिरमा तानकोठामा प्रव..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
पन्ध्र | {{Right|{{larger|'''पन्ध्र'''}}}} | ||
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै | शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि | ||
हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै | |||
टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ | |||
नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले | |||
पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई | |||
देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ | |||
उभिई तानको आसनमा बसिन् । | |||
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा | |||
जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको | |||
देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?" | |||
"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् । | "खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् । | ||
यत्तिकैमा | यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र | ||
नानीथकुँ दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर | |||
हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर | |||
उक्लेका देखिए । | |||
राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले | |||
भनेको तान यही हो । हेर, कति मज्जाको छ ।" | |||
"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् । | "अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् । | ||
{{nop}} |
Latest revision as of 12:09, 22 June 2025
पन्ध्र
शिव नारानहरू खेतमा जानासाथै लतमाया सधैँ तान चलाउन पुगि हाल्थिन्, तर आज उनको मन बिग्रेको हुनाले जाँगर पनि जाग्न सकेन । त्यसै टोलाए टोलाए जस्तो हुँदै उनी आखिरमा तान कोठामा प्रवेश गरिन् । त्यहाँ नानीथकुँ अगाडिदेखि नै पुगेर तान चलाउन लागि सकेकी थिइन् । लतमायाले पुन्चाकी स्वास्नीलाई हाँसे जस्तो गरी झ्यालमा हेर्न आएको देखिन् । उसलाई देख्नासाथ लतमायालाई लाज भएर आयो । अनि उनी एक छिन टोलाए झैँ उभिई तानको आसनमा बसिन् ।
तर तानको आसनमा बसेर पनि लतमायाको हात तान चलाउनमा जान सकेन । तानको आसनमा बसेर पनि तान नचलाईकन त्यसै बसि रहेको देखेर नानीथकुँले सोधिन्– "किन आमा ! आज तपाईं दिक्क जस्तो हुनु हुन्छ ?"
"खुसी हुने ठाउँ नै छैन मेरो ।" दिक्दारी भावमा नै लतमायाले भनिन् ।
यत्तिकैमा भर्याङमा मानिसहरू उक्लेको आवाज सुनियो । लतमाया र नानीथकुँ दुवैले भर्याङतिर आएको आवाजप्रति उत्सुकता साथ ध्यान दिएर हेर्न थाले । दुई जना भरियालाई विदेशी तान बोकाएर राम बहादुर उक्लेका देखिए ।
राम बहादुरले हिजो बसेको ठाउँमा बसी हाँस्तै भने– "हिजो मैले भनेको तान यही हो । हेर, कति मज्जाको छ ।"
"अँ !" अलि अप्रसन्न भावमा लतमायाले भनिन् ।