Page:Ek chihan.pdf/42: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{larger|'''चौध'''}}}} | {{Right|{{larger|'''चौध'''}}}} | ||
भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात | |||
खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि | खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई | ||
भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा | भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले | ||
एक्कासि आदेश जाहेर | एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन | ||
टोलाइन् र | टोलाइन् र भनिन्– "किन ?" | ||
"दिनहुँ डाक्टर | "दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि | ||
रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक | रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने । | ||
"यता केही दिनदेखि डाक्टर | "यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा | ||
त अवश्य हो, तर ख्यालठट्टा | त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले | ||
अलि रोमाञ्चक भावमा भनिन् । | अलि रोमाञ्चक भावमा भनिन् । | ||
"तपाईं माथि भात | "तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु | ||
होला ?" | होला ?" शिव नारानले भने । | ||
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि | लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि | ||
त्यसै | त्यसै गर्नु होस् ।" शिव नारानले भने । | ||
अहिले पनि लतमाया चुप नै | अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि | ||
अलि घृणा र डाक्टर | अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि | ||
लतमायाले | लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?" | ||
"जसले भने पनि | "जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 12:02, 22 June 2025
चौध
भोलि पल्ट शिव नारान शौच स्नान सिद्ध्याई भात खान गए । भात खाएर आई उनी सरासर आमा भएको ठाउँमा पुगे । "भरेदेखि नानीथकुँलाई भात पकाउन दिएर तपाईं कपडा बुन्ने काममा लाग्नु होला ।" शिव नारानले एक्कासि आदेश जाहेर गरे जस्तो गरी आमालाई भने । लतमाया एक छिन टोलाइन् र भनिन्– "किन ?"
"दिनहुँ डाक्टर गोदत्त प्रसाद आएर नानीथकुँसित ख्यालठट्टा गरि रहन्छन् भन्ने मैले सुनेँ ।" एकाएक शिव नारानले दिक्दारी भावमा भने ।
"यता केही दिनदेखि डाक्टर गोदत्त प्रसाद त दिनहुँ आउँछन्, यो कुरा त अवश्य हो, तर ख्यालठट्टा गरि रहेको मैले देखेकी छैन ।" लतमायाले अलि रोमाञ्चक भावमा भनिन् ।
"तपाईं माथि भात पकाइ रहनु हुन्छ, अनि ख्यालठट्टा गरेको के देख्नु होला ?" शिव नारानले भने ।
लतमायाले केही पनि भनिनन्, केवल अलिकति मुख बिगारिन् । "आजदेखि त्यसै गर्नु होस् ।" शिव नारानले भने ।
अहिले पनि लतमाया चुप नै लागि रहिन् । तर उनलाई नानीथकुँदेखि अलि घृणा र डाक्टर गोदत्त प्रसाददेखि रिस उठेर आयो । एकै छिनपछि लतमायाले सोधिन्– "तिमीलाई यो कुरा कसले भनेको शिव नारान ?"
"जसले भने पनि भइगो, तर होसियारी त हामीले गर्नै पर्छ ।"