Page:Ek chihan.pdf/41: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।" | "मैले त आज उनको नराम्रो कुरा सुनेँ ।" | ||
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा | "के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने । | ||
"आज साँझमा धारामा पानी लिन जाँदा | "आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले | ||
भनेकी | भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !" | ||
"को डाक्टर ?" | "को डाक्टर ?" | ||
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका | "अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका | ||
गोदत्त प्रसाद !" | |||
लाजले हो कि रिसले हो, | लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न | ||
नगरीकन चुप लागे । | नगरीकन चुप लागे । | ||
हाकुमायाले फेरि | हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, | ||
घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त | |||
उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले | उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि | ||
देखे रे, नानीथकुँ हाँसी रे !" | देखे रे, नानीथकुँ हाँसी रे !" | ||
" | "साँच्चि हो रे ?" शिव नारानले भने । | ||
"साँच्चै हो । एक | "साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ | ||
भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर | भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।" | ||
"मलाई पनि | "मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।" | ||
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि | "विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि | ||
राखेको त उनीहरूलाई | राखेको त उनीहरूलाई सोर्हमा तान्दा एक्का भयो ।" | ||
"फिस नलिनु डरलाग्दो कुरा छ, | "फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई | ||
नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा | |||
सितिमिति | सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।" | ||
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत | "डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत | ||
होला । | होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ | ||
नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे | |||
बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् । | बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् । | ||
"त्यो डाक्टर कस्तो बदमास ! पख न | "त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 11:59, 22 June 2025
"किन ?"
"मैले त आज उनको नराम्रो कुरा सुनेँ ।"
"के सुन्यौ हँ ?" अलि झस्केको भावमा शिव नारानले भने ।
"आज साँझमा धारामा पानी लिन जाँदा पुन्चा दाजुकी स्वास्नीले भनेकी थिइन्– नानीथकुँको डाक्टरसित प्रेम छ रे !"
"को डाक्टर ?"
"अरू को होला ? उनै बालाई औषधी गर्न आउने आफ्नै टोलका गोदत्त प्रसाद !"
लाजले हो कि रिसले हो, शिव नारान त्यति सुन्नासाथ केही प्रश्न नगरीकन चुप लागे ।
हाकुमायाले फेरि भनिन्– "त्यो डाक्टर पाँच बजेतिर दिनहुँ आउँछ रे, घण्टौँ ठट्टा गरेर जान्छ रे ! झन् आमाले भात पकाउने गर्नु भएकोमा त उनीहरूलाई सत्र पर्दो रहेछ । आज त डाक्टरले नानीथकुँलाई अँगालेको पनि देखे रे, नानीथकुँ हाँसी रे !"
"साँच्चि हो रे ?" शिव नारानले भने ।
"साँच्चै हो । एक दुई चोटि मात्र ठट्टासम्म गरेको भए किन भनूँ भन्ठानेकी रे, आज त अचाक्ली नै देखेर नभनि रहन सकिनँ भन्थिन् ।"
"मलाई पनि अलि अलि शङ्का त अस्ति नै लागेको थियो ।"
"विचार गर्नु पर्दैन त ? झन् आमाको हेरचाहका निम्ति घरमा छोडि राखेको त उनीहरूलाई सोर्हमा तान्दा एक्का भयो ।"
"फिस नलिनु डरलाग्दो कुरा छ, 'मलाई शङ्का लाग्छ, अब उनलाई नबोलाउनू' भनी बाले त पहिल्यै भन्नु भएको थियो । बुढापाकाको कुरा सितिमिति झुट्टा हुँदैन, अनुभवको आधारमा बोलेका हुन्छन् ।"
"डाक्टरको के दोष ? झन् हुलदङ्गा हुन्छ, आफ्नै मात्र बेइज्जत होला । 'आफ्नो थैलीको गाँठो बलियो पार्नू, साथीलाई दोष नलाउनू' भने झैँ नानीथकुँलाई भोलिदेखि खेतैमा लगि राखे त कुरै मेटिन्छ– न रहे बाँस, न बजे बाँसुरी !" हाकुमायाले अलि गम्भीर भावमा भनिन् ।
"त्यो डाक्टर कस्तो बदमास ! पख न नानीथकुँलाई पनि म के गर्छु ?"