Page:Ek chihan.pdf/40: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Left|{{larger|''' | {{Left|{{larger|'''तेर्ह'''}}}} | ||
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई | |||
आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को | आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को | ||
चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क | चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । | ||
ठट्टाको भावमा उनी | ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! | ||
मिठो चिज भए पनि एउटा कुरा !" | मिठो चिज भए पनि एउटा कुरा !" | ||
Line 10: | Line 10: | ||
मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने । | मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने । | ||
भर्न आँटेको तमाखु नभरीकन | भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई | ||
सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।" | सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।" | ||
जिस्क्याएको भावमा हाकुमायाले | जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि | ||
नै, मैले किन कपाल | नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !" | ||
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट | हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । | ||
तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको | तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई | ||
दिएको भावमा हाँसेर छोप्न खोजे । | दिएको भावमा हाँसेर छोप्न खोजे । | ||
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- | सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- | ||
"होइन, बहिनीको बिहे गर्न किन हतारो | "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?" | ||
"हतारै के छ त ? पैसा पनि त | "हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण | ||
भावमा | भावमा शिव नारानले भने । | ||
"हो, उड्नलाई पखेटा | "हो, उड्नलाई पखेटा नचलाइ रहे त ।" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 11:54, 22 June 2025
शिव नारान आफैँले तमाखु भरेर मस्तसित खाइ रहेका थिए । उनलाई आज तमाखु यति मिठो लाग्यो कि चिलिम सिद्धिन मात्र के आँटेको थियो, अर्को चिलिम फेरि भर्न थाले; हाकुमायालाई अगि नै दिक्क लागि सकेको थियो । ठट्टाको भावमा उनी बोलिन्– "छिः कति मात्र तमाखु खाइ रहन सकेको ! मिठो चिज भए पनि एउटा कुरा !"
"तिमीलाई मिठो नलागे के त, मलाई मिठो लागेको छ । तिमी सुत न मजासित कुम्भकर्णै बनेर !" शिवनारानले पनि ठट्टाकै भावमा भने ।
भर्न आँटेको तमाखु नभरीकन शिव नारानले भने- "लौ, लौ आजलाई सन्तोष गरेँ, अर्काले तमाखु खाई आनन्द लिएको कति सहन नसकेकी ।"
जिस्क्याएको भावमा हाकुमायाले भनिन्– "खाइ रहनु होस् न रातभरि नै, मैले किन कपाल दुखाइ रहनु परेको छ !"
हाकुमायाले दिएको ठट्यौलो जबाफबाट शिव नारान नाजबाफ भए । तर आफ्नो नाजबाफीलाई उनले हाकुमायाको हाजिर जबाफलाई बधाई दिएको भावमा हाँसेर छोप्न खोजे ।
सुत्नलाई पल्टँदापल्टँदै हाकुमायाले वास्तविक घटनाको भावमा भनिन्- "होइन, बहिनीको बिहे गर्न किन हतारो नमान्नु भएको ?"
"हतारै के छ त ? पैसा पनि त हुनु पर्छ बिहे गर्नलाई !" साधारण भावमा शिव नारानले भने ।
"हो, उड्नलाई पखेटा नचलाइ रहे त ।"