Page:Ek chihan.pdf/20: Difference between revisions
→Not proofread: Created page with "हृदयमा स्वास्स लाग्यो । एक चोटि क्वारक्वारती सबैलाई हेरे । अनि सहसा बोले- "किन तिमीहरू सबै एकै चोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?" अष्टनारानको यस प्रश्नको जबाफ दिन तिनीहर..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
हृदयमा | हृदयमा झ्वास्स लाग्यो । एक चोटि क्वार क्वारती सबैलाई हेरे । अनि सहसा | ||
बोले– "किन तिमीहरू सबै एकैचोटि एकसाथ फर्केर आएका ? कि काममा | |||
जाँदै गएनौ ?" | |||
अष्ट नारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै | |||
गार्हो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागि रहे । | |||
अनि फेरि | अनि फेरि अष्ट नारान बोले– "लौ, तिमीहरू सबै भावुकताको वशमा | ||
परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य काम कर्तव्य (ड्युटी) लत्त्याइ | |||
रहेछौ ।" | |||
अष्ट नारान बोलि रहेको देखेर लतमायाले बीचमा कुरा काटेर | |||
भनिन्– "अलि बेस भएर आएको वेला 'धेरै बोल्न नदिनू' भनी डाक्टरले | |||
भनेका छन् ।" | |||
"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु | "डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको | ||
छैन, बरु झन् झन् बिग्रँदै गएको देख्तछु ।" अष्ट नारानले भने । | |||
अष्ट नारानको यो कुराले लतमायालाई सार्है चोट पर्यो । लतमायाको | |||
वेदना थाहा पाएर अष्ट नारानले भने– "लतमाया ! जन्मेपछि मर्नु पर्छ, | |||
अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छ्यौ, यदि तिमी अगाडि | |||
मरे पनि त म विधुर हुन्छु; दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव | |||
जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !" | |||
बोलेकै सिलसिलामा | बोलेकै सिलसिलामा अष्ट नारानले छोराहरूतिर हेरेर भने– "मलाई | ||
जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म | |||
दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दान दक्षिणा र | |||
काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका | |||
पुस्तौँ पुस्ताका सन्तान दरसन्तानले बार्है महिना आधा पेटको गुजारा पनि | |||
गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।" | |||
तत्क्षणात् | तत्क्षणात् अष्ट नारानको वाणी टक्कै रोकियो । अष्ट नारानको यो | ||
स्थिति देखेर स्वास्नी, छोरा, छोरी सबै हडबडाउन थाले । उनीहरूको यो | |||
प्रकृति देखेर बोल्न असमर्थ भएका अष्ट नारानले हातले सङ्केत गरेर धैर्य | |||
धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्ट नारानले छिटो छिटो चारैतिर | |||
आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि | |||
दुई मिनेट पनि नबित्तै अष्ट नारानले सधैँका निम्ति आँखा चिम्ले । | |||
{{nop}} |
Latest revision as of 17:11, 21 June 2025
हृदयमा झ्वास्स लाग्यो । एक चोटि क्वार क्वारती सबैलाई हेरे । अनि सहसा बोले– "किन तिमीहरू सबै एकैचोटि एकसाथ फर्केर आएका ? कि काममा जाँदै गएनौ ?"
अष्ट नारानको यस प्रश्नको जबाफ दिन तिनीहरू सबैलाई बिघ्नै गार्हो र अप्ठ्यारो पर्यो । सबै बाबुको मुख हेरेर चुप लागि रहे ।
अनि फेरि अष्ट नारान बोले– "लौ, तिमीहरू सबै भावुकताको वशमा परेर, असत्य बाबुको मायामोहमा फसेर सत्य काम कर्तव्य (ड्युटी) लत्त्याइ रहेछौ ।"
अष्ट नारान बोलि रहेको देखेर लतमायाले बीचमा कुरा काटेर भनिन्– "अलि बेस भएर आएको वेला 'धेरै बोल्न नदिनू' भनी डाक्टरले भनेका छन् ।"
"डाक्टरलाई थाहा रहेनछ लतमाया ! मलाई कत्ति पनि बेस भएको छैन, बरु झन् झन् बिग्रँदै गएको देख्तछु ।" अष्ट नारानले भने ।
अष्ट नारानको यो कुराले लतमायालाई सार्है चोट पर्यो । लतमायाको वेदना थाहा पाएर अष्ट नारानले भने– "लतमाया ! जन्मेपछि मर्नु पर्छ, अवश्य हो । म मरेपछि तिमी विधवा भएर अपूर्ण हुन्छ्यौ, यदि तिमी अगाडि मरे पनि त म विधुर हुन्छु; दुवै एकै चोटि सँगै मर्ने संयोग पाउनु त असम्भव जस्तै कुरा हो । त्यसैले यस्तो कुरामा अफसोस गरेर साध्य छैन लतमाया !"
बोलेकै सिलसिलामा अष्ट नारानले छोराहरूतिर हेरेर भने– "मलाई जहाँसम्म विश्वास छ होस भएरै मरुँला जस्तो लाग्छ ! होस भएसम्म त म दानसान केही पनि गर्न कदापि दिन्नँ । तिमीहरूले ऋण लिएर दान दक्षिणा र काजक्रिया गर्न थाल्यौ भने तल्सिङ र साहु तिर्दैको फजिती भई तिमीहरूका पुस्तौँ पुस्ताका सन्तान दरसन्तानले बार्है महिना आधा पेटको गुजारा पनि गर्न नसक्ने होलान् । यो कुराको तिमीहरूले सधैं राम्रो ध्यान राख्नू ।"
तत्क्षणात् अष्ट नारानको वाणी टक्कै रोकियो । अष्ट नारानको यो स्थिति देखेर स्वास्नी, छोरा, छोरी सबै हडबडाउन थाले । उनीहरूको यो प्रकृति देखेर बोल्न असमर्थ भएका अष्ट नारानले हातले सङ्केत गरेर धैर्य धारण गराए । तत्क्षणात् प्रकृति बदली अष्ट नारानले छिटो छिटो चारैतिर आँखा घुमाएर हेर्न थाले । यस्तैमा एक दुई हिक्का पनि आउन सुरु भयो अनि दुई मिनेट पनि नबित्तै अष्ट नारानले सधैँका निम्ति आँखा चिम्ले ।