Jump to content

Page:Ek chihan.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with ""तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।" शिथिल भावमा अष्टनारानले भने । "तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।" य..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"तपाईं त्यस्तो भन्नुहुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखिरहेको छ ।" शिथिल भावमा अष्टनारानले भने ।
"तपाईं त्यस्तो भन्नु हुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला  
कि भोलि जाउँला जस्तो मैले देखि रहेको छ ।" शिथिल भावमा अष्ट
नारानले भने ।


"तपाईं निश्चिन्त हुनुहोस्, केही भएको छैन ।" यति भनेर डाक्टर गोदत्तप्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछिपछि गइन् ।
"तपाईं निश्चिन्त हुनु होस्, केही भएको छैन ।" यति भनेर डाक्टर  
गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया  
पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गइन् ।


अष्टनारानको कोठाबाहिर शिवनारान, पुननारान, हर्षनारान नानीथकुं ढोकाबाट चियाएर डाक्टर गोदत्तप्रसादले भनेका कुरा सुनिरहेका थिए । डाक्टर गोदत्तप्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने- "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गाह्रै छ ।"
अष्ट नारानको कोठा बाहिर शिव नारान, पुन नारान, हर्ष नारान र  
नानीथकुँ ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनि रहेका कुरा सुनि
रहेका थिए । डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर  
भने– "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गार्‍है छ ।"


डाक्टर गोदत्तप्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।
डाक्टर गोदत्त प्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।


अनि डाक्टर गोदत्तप्रसादले भने- "तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानुहोस् बिरामी कुरुवा बस्न गैहाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"
अनि डाक्टर गोदत्त प्रसादले भने "तपाईंहरूले अब यसरी चिन्ता गर्ने  
बेला छैन, जानु होस् बिरामी कुरुवा बस्न गइ हाल्नोस् । बेहोससेहोस केही  
पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"


डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्- "डाक्टरसाहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?"
डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्– "डाक्टर साहेब ! कुनै  
उपायले पनि ठीक हुन सक्तैन ?"


"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइसकेको छ । अब तपाईंहरूले एकछिन पनि नछाड्नुहोला ।" गम्भीरतापूर्वक डाक्टर गोदत्तप्रसादले भने ।
"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा  
असाध्य भइ सकेको छ । अब तपाईंहरूले एक छिन पनि नछाड्नु होला ।"  
गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने ।


लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुंको आँखाबाट पनि आँसु टप्किहाल्यो । डाक्टर गोदत्तप्रसादले सम्झाएर बिरामीकहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एकएक गरेर बिरामी अष्टनारानको सेवाशुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाइबुझाइ गरी डाक्टर गोदत्तप्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए- "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनुहोला ।"
लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुँको आँखाबाट  
पनि आँसु टप्कि हाल्यो । डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी कहाँ
कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एक एक गरेर बिरामी  
अष्ट नारानको सेवा शुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाई
बुझाई गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने  
बेलामा भनेर गएका थिए– "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक  
चोटि बोलाउन पठाउनु होला ।"


डाक्टर गोदत्तप्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।
डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ  
लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।


‘आफ्नो अर्ती सुनेर काममा गइसकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्टनारानको चिरकाल रोगग्रस्त
'आफ्नो अर्ती सुनेर काममा गइ सकेका छोराछोरीहरू किन फेरि  
एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्ट नारानको चिरकाल रोगग्रस्त

Latest revision as of 17:05, 21 June 2025

This page has been proofread

"तपाईं त्यस्तो भन्नु हुन्छ, मैले त लक्षण राम्रो देखिनँ । आज जाउँला कि भोलि जाउँला जस्तो मैले देखि रहेको छ ।" शिथिल भावमा अष्ट नारानले भने ।

"तपाईं निश्चिन्त हुनु होस्, केही भएको छैन ।" यति भनेर डाक्टर गोदत्त प्रसाद जुरुक्क उठी बाहिरतिर गए । डाक्टर बाहिर जानासाथ लतमाया पनि डाक्टरलाई सत्कार गर्ने भावमा पछि पछि गइन् ।

अष्ट नारानको कोठा बाहिर शिव नारान, पुन नारान, हर्ष नारान र नानीथकुँ ढोकाबाट चियाएर डाक्टर गोदत्त प्रसादले भनि रहेका कुरा सुनि रहेका थिए । डाक्टर गोदत्त प्रसादले उनीहरू सबैलाई पल्लो कोठामा लगेर भने– "व्यथा बढ्दै छ, मैले हेर्दा आजको दिन काट्न गार्‍है छ ।"

डाक्टर गोदत्त प्रसादले एकाएक यसो भन्दा सबैको होसहवास गुम भयो ।

अनि डाक्टर गोदत्त प्रसादले भने "तपाईंहरूले अब यसरी चिन्ता गर्ने बेला छैन, जानु होस् बिरामी कुरुवा बस्न गइ हाल्नोस् । बेहोससेहोस केही पनि हुने छैन, बोल्दाबोल्दै घुत्रुक्क हुने रोग हो ।"

डाक्टरको कुरा सुनेर लतमायाले रुँदै भनिन्– "डाक्टर साहेब ! कुनै उपायले पनि ठीक हुन सक्तैन ?"

"मेरो विचारमा त अब औषधी गर्नुसम्म पनि फजुल छ, किनभने व्यथा असाध्य भइ सकेको छ । अब तपाईंहरूले एक छिन पनि नछाड्नु होला ।" गम्भीरतापूर्वक डाक्टर गोदत्त प्रसादले भने ।

लतमायाले दुवै आँखाबाट बरबर आँसु चुहाइन् । नानीथकुँको आँखाबाट पनि आँसु टप्कि हाल्यो । डाक्टर गोदत्त प्रसादले सम्झाएर बिरामी कहाँ कुरुवा बस्न पठाए । लतमाया र उनका सबै सन्तान एक एक गरेर बिरामी अष्ट नारानको सेवा शुश्रूषामा उपस्थित हुन गए । उनीहरू सबैलाई सम्झाई बुझाई गरी डाक्टर गोदत्त प्रसाद आफ्ना घरतिर फर्के । डाक्टरले जाने बेलामा भनेर गएका थिए– "भरेसम्म पनि यस्तै स्थिति रहिरहे बेलुकीतिर एक चोटि बोलाउन पठाउनु होला ।"

डाक्टर गोदत्त प्रसादको भनाइ सुनेर सबै छटपटाए । डाक्टर जानासाथ लतमाया र उनका छोराछोरीहरू सबै हुल बाँधेर भित्र पसे ।

'आफ्नो अर्ती सुनेर काममा गइ सकेका छोराछोरीहरू किन फेरि एकाएक फर्केर मलाई कुर्न आएका हुन् ?’ अष्ट नारानको चिरकाल रोगग्रस्त