Jump to content

Page:Ek chihan.pdf/15: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिव नारानले
भने ।
भने ।


"त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती  
"त्यसो भए डरलाग्दो कुरा छ बाबु ! अब कहिल्यै नबोलाउनू ती  
डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका  
डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका  
मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरिदिएका
मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरि दिएका
पनि छैनन् ।" सशङ्कित भावमा अष्टनारानले भने ।
पनि छैनन् ।" सशङ्कित भावमा अष्ट नारानले भने ।


वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिवनारानको हृदयमा  
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिव नारानको हृदयमा  
पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको  
पनि शङ्काको बीजारोपण भयो तापनि आपत्‌मा काम दिएको हुनाले उनको  
गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिवनारानले आफ्ना पिताज्यू  
गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिव नारानले आफ्ना पिताज्यू  
अष्टनारानलाई सम्झाएर भने- "डाक्टर गोदत्तप्रसाद सायद अगि खराबै  
अष्ट नारानलाई सम्झाएर भने– "डाक्टर गोदत्त प्रसाद सायद अगि खराबै  
थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु  
थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु  
मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"
मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"


"ठीक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस  
"ठिक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस  
एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट
एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट
नारानले भने ।
नारानले भने ।


"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा  
"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा  
सुर्ता लिनुपर्दैन, केवल मन खुसी पारेर बस्नुहोला ।" अलि नम्रतापूर्ण भावमा  
सुर्ता लिनु पर्दैन, केवल मन खुसी पारेर बस्नु होला ।" अलि नम्रतापूर्ण भावमा  
लतमायाले भनिन् ।
लतमायाले भनिन् ।
{{nop}}
{{nop}}

Latest revision as of 15:12, 21 June 2025

This page has been proofread

"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिव नारानले भने ।

"त्यसो भए डरलाग्दो कुरा छ बाबु ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरि दिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्ट नारानले भने ।

वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिव नारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्‌मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिव नारानले आफ्ना पिताज्यू अष्ट नारानलाई सम्झाएर भने– "डाक्टर गोदत्त प्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"

"ठिक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट नारानले भने ।

"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनु पर्दैन, केवल मन खुसी पारेर बस्नु होला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।