Page:Ek chihan.pdf/15: Difference between revisions
→Not proofread: Created page with ""हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिवनारानले भने । "त्यसो भए डरलाग्दो कुरा छ बाबू ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" | "हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिव नारानले | ||
भने । | |||
"त्यसो भए डरलाग्दो कुरा छ | "त्यसो भए डरलाग्दो कुरा छ बाबु ! अब कहिल्यै नबोलाउनू ती | ||
डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका | |||
मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरि दिएका | |||
पनि छैनन् ।" सशङ्कित भावमा अष्ट नारानले भने । | |||
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर | वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिव नारानको हृदयमा | ||
पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको | |||
गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिव नारानले आफ्ना पिताज्यू | |||
अष्ट नारानलाई सम्झाएर भने– "डाक्टर गोदत्त प्रसाद सायद अगि खराबै | |||
थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु | |||
मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।" | |||
" | "ठिक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस | ||
एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट | |||
नारानले भने । | |||
"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता | "त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा | ||
सुर्ता लिनु पर्दैन, केवल मन खुसी पारेर बस्नु होला ।" अलि नम्रतापूर्ण भावमा | |||
लतमायाले भनिन् । | |||
{{nop}} |
Latest revision as of 15:12, 21 June 2025
"हाम्रा निम्ति फिस लिन्नँ भनेका छन् बा, डाक्टरले !" शिव नारानले भने ।
"त्यसो भए डरलाग्दो कुरा छ बाबु ! अब कहिल्यै नबोलाउनू ती डाक्टरलाई फेरि । मलाई राम्रै थाहा छ उनी हृदयमा लेश पनि दया भएका मानिस होइनन्; आजसम्म टोलको कोही बिरामीलाई मुफतमा हेरि दिएका पनि छैनन् ।" सशङ्कित भावमा अष्ट नारानले भने ।
वृद्ध, अनुभवी आफ्ना बाबुको यो कुरा सुनेर शिव नारानको हृदयमा पनि शङ्काको बीजारोपण भयो तापनि आपत्मा काम दिएको हुनाले उनको गरिबीले त्यो शङ्कालाई जिउन दिएन । यसैले शिव नारानले आफ्ना पिताज्यू अष्ट नारानलाई सम्झाएर भने– "डाक्टर गोदत्त प्रसाद सायद अगि खराबै थिए होलान् तर पछि बदलिने मानिसहरू पनि त धेरै छन् बा ! कति दयालु मानिस पनि त पछि अनौठोसँग निर्दयी भएर गएका छन् ।"
"ठिक छ, त्यसो भएको भए बेसै कुरा भयो तर डाक्टरले लिने फिस एक थोक बँच्तैमा पनि त हाम्रो डाक्टरी औषधी गर्ने साबगास छैन ।" अष्ट नारानले भने ।
"त्यो तपाईं बिरामी मानिसलाई किन चाहियो ? तपाईंले केही धन्दा सुर्ता लिनु पर्दैन, केवल मन खुसी पारेर बस्नु होला ।" अलि नम्रतापूर्ण भावमा लतमायाले भनिन् ।