Page:Ek chihan.pdf/5: Difference between revisions
→Not proofread: Created page with "लतमायालाई दृढ विश्वास भएर आयो- जिन्दगी नै दिन्छ भने त्यो पच्चिस रुपियाँ अन्त्येष्टिका निम्ति राख्नु बुद्धिमानी होइन, बरु पाप हो । यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई दे..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
लतमायालाई दृढ विश्वास भएर आयो | लतमायालाई दृढ विश्वास भएर आयो कि जिन्दगी नै दिन्छ भने त्यस | ||
पच्चिस रुपियाँलाई अन्त्येष्टि क्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन, | |||
बरु त्यो काम पाप हो । | |||
यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो | यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी | ||
गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो साथसाथै | |||
त्यसले सबैलाई अफसोस पनि गरायो । अझ विशेष गरेर जेठा छोरा शिव | |||
नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदा समेत डाक्टरलाई | |||
देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिको | |||
कुराभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएको हुनाले आमाको सल्लाह | |||
एउटा सार्है बुद्धिमानी सुझाउ पनि शिव नारानलाई लाग्यो । साथै शिव | |||
नारानलाई यो पनि दृढ विश्वास लाग्यो कि डाक्टरी औषधी पाएपछि त बाबु | |||
अवश्य निको हुन्छन् । | |||
डाक्टर | डाक्टर गोदत्त प्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका | ||
डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । | |||
डाक्टरकहाँ पुगेर शिव नारानले भने- "डाक्टर साहेब ! दुई महिनादेखि बाबु | |||
बिरामी हुनु हुन्छ । डाक्टर साहेबले एक चोटि हेरि दिनु भयो भने निको हुने | |||
आशा गरेर आएको हुँ, डाक्टर साहेब !" | |||
तर डाक्टर | तर डाक्टर गोदत्त प्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको | ||
देखेर शिव नारानको आफैँ घाउ भइ रहेको मनमा अझ बढ्ता चोट पर्यो, | |||
तैपनि ठुला मानिस भएका हुनाले शिव नारानले फेरि एक बाजि भन्ने साहस | |||
गरेर बोले– "डाक्टर साहेब !" | |||
टेबिलमा | टेबिलमा राखि छाडेको एउटा पुस्तक पल्टाएर शिव नारानप्रति 'पख, | ||
नकराऊ' भन्ने इसारामा डाक्टर गोदत्त प्रसादले केवल देब्रे हात हल्लाए । | |||
आशा लाग्दो अनुहारमा | आशा लाग्दो अनुहारमा शिव नारान त्यसै उभि रहे । डाक्टर किताब | ||
हेर्दाहेर्दै 'कोही आयो कि, कोही आयो कि' भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, | |||
भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बिति सक्यो । शिव नारानमा | |||
अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे | |||
पनि टिक्न दिएन । अनि यही आवेगमा शिव नारानले फेरि बोल्ने साहस गरि |
Latest revision as of 14:18, 21 June 2025
लतमायालाई दृढ विश्वास भएर आयो कि जिन्दगी नै दिन्छ भने त्यस पच्चिस रुपियाँलाई अन्त्येष्टि क्रियाको निम्ति जगेडा राख्नु बुद्धिमानी होइन, बरु त्यो काम पाप हो ।
यी विचारसँगै लतमायाले छोराछोरीसँग डाक्टरलाई देखाउने र औषधी गर्ने सल्लाह गरिन् । लतमायाले भनेको कुरा राम्रो त सबैलाई लाग्यो साथसाथै त्यसले सबैलाई अफसोस पनि गरायो । अझ विशेष गरेर जेठा छोरा शिव नारानलाई झन् बढ्ता अफसोस भयो । बाबु बिरामी हुँदा समेत डाक्टरलाई देखाएर औषधी गर्न नसकेकामा उनलाई चोट लाग्यो । तर अन्त्येष्टिको कुराभन्दा बाबुलाई बचाउने कुरा महत्त्वपूर्ण भएको हुनाले आमाको सल्लाह एउटा सार्है बुद्धिमानी सुझाउ पनि शिव नारानलाई लाग्यो । साथै शिव नारानलाई यो पनि दृढ विश्वास लाग्यो कि डाक्टरी औषधी पाएपछि त बाबु अवश्य निको हुन्छन् ।
डाक्टर गोदत्त प्रसादको घर आफ्नै टोलको छेडोमा छ । नजिकका डाक्टर भएका र अलि नाम पनि चलेका हुनाले उनैलाई देखाउने निधो भयो । डाक्टरकहाँ पुगेर शिव नारानले भने- "डाक्टर साहेब ! दुई महिनादेखि बाबु बिरामी हुनु हुन्छ । डाक्टर साहेबले एक चोटि हेरि दिनु भयो भने निको हुने आशा गरेर आएको हुँ, डाक्टर साहेब !"
तर डाक्टर गोदत्त प्रसादले आफ्ना कुरामा बिलकुलै ध्यान नदिएको देखेर शिव नारानको आफैँ घाउ भइ रहेको मनमा अझ बढ्ता चोट पर्यो, तैपनि ठुला मानिस भएका हुनाले शिव नारानले फेरि एक बाजि भन्ने साहस गरेर बोले– "डाक्टर साहेब !"
टेबिलमा राखि छाडेको एउटा पुस्तक पल्टाएर शिव नारानप्रति 'पख, नकराऊ' भन्ने इसारामा डाक्टर गोदत्त प्रसादले केवल देब्रे हात हल्लाए ।
आशा लाग्दो अनुहारमा शिव नारान त्यसै उभि रहे । डाक्टर किताब हेर्दाहेर्दै 'कोही आयो कि, कोही आयो कि' भन्ने ध्याउन्नमा बाहिर ढोकातिर, भर्याङतिर बराबर हेर्दथे । यस्तैमा आधा घण्टा बिति सक्यो । शिव नारानमा अब धैर्य रहन सकेन किनभने बाबु सिकिस्त छन् । चिन्ताले उनलाई केही गरे पनि टिक्न दिएन । अनि यही आवेगमा शिव नारानले फेरि बोल्ने साहस गरि