Page:Ek chihan.pdf/3: Difference between revisions
→Not proofread: Created page with ""मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको हुन्नँ । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन्झन् खस्कँदै आइ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै औषधी गर्न आए पनि निको | "मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको | ||
हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधी गर्न आए पनि | |||
निको हुन्न । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन् झन् खस्कँदै आइ रहेको | |||
छु । 'सास रहेसम्म आस' भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट | |||
नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइ सकेका थिए, फेरि | |||
अष्ट नारानले बोल्न सुरु गरे– | |||
"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।" | "कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।" | ||
"बा !" | "बा !" नानीथकुँले बोल्न खोजेर पनि यति सिवाय उनको कण्ठबाट | ||
बक फुट्न सकेन । | |||
"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा | "किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्ट नारानले | ||
भने । | |||
"धेरै | "धेरै नबोल्नु होस् भनेको बा ! परिश्रम होला ।" | ||
"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न | "मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले | ||
मलाई यति बोल्न दिनु पर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ | |||
रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागि रहेको छ ।" | |||
"बा !" | "बा !" अष्ट नारानको मुखैनिर शिर निहुराएकी नानीथकुँले भनिन् । | ||
यतिन्जेल रोक्तारोक्तै पनि | यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुँको आँखाबाट आँसु टप्कि हाल्यो । अष्ट | ||
नारानका माहिला छोरा पुन नारान र कान्छा छोरा हर्ष नारान दुवैले एकैचोटि | |||
बोले– "बा ! चुप लाग्नोस् भन्या ।" | |||
"लौ, लौ, अब बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा | "लौ, लौ, अब धेरै बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा | ||
आखिरी कुरा एउटा भनि हाल्छु– बाबुहो ! मैले तिमीहरूका निम्ति केही गर्न | |||
सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही | |||
केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ | |||
मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर | |||
खाल्टो खनेर गाडि राखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरि | |||
दिनू, त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।" | |||
बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे । | बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे । | ||
{{nop}} | {{nop}} |
Latest revision as of 14:09, 21 June 2025
"मेरो व्यथा तिमीलाई के थाहा ! यसपालि त म केही गरे पनि निको हुन्नँ लतमाया ! साक्षात् धन्वन्तरी भगवान् नै आएर औषधी गर्न आए पनि निको हुन्न । रोगको लक्षणले पनि त थाहा हुन्छ, झन् झन् खस्कँदै आइ रहेको छु । 'सास रहेसम्म आस' भन्ने एउटा कुरा मात्र बाँकी छ ।" यति भनी अष्ट नारान एकाएक टक्क रोकिए । यत्तिकैमा सबै हडबडाइ सकेका थिए, फेरि अष्ट नारानले बोल्न सुरु गरे–
"कस्तरी घाँटी सुकेको, टक्कै रोकियो ।"
"बा !" नानीथकुँले बोल्न खोजेर पनि यति सिवाय उनको कण्ठबाट बक फुट्न सकेन ।
"किन बा, के बोल्न खोजेको ?" बडो मायालु भावमा अष्ट नारानले भने ।
"धेरै नबोल्नु होस् भनेको बा ! परिश्रम होला ।"
"मलाई केही परिश्रम भएको छैन, यति त बोल्न सक्छु । तिमीहरूले मलाई यति बोल्न दिनु पर्छ । अहिले मेरो जिन्दगीको आखिरी समय आइ रहेको छ, त्यसैले मलाई बोल्न रहर पनि लागि रहेको छ ।"
"बा !" अष्ट नारानको मुखैनिर शिर निहुराएकी नानीथकुँले भनिन् ।
यतिन्जेल रोक्तारोक्तै पनि नानीथकुँको आँखाबाट आँसु टप्कि हाल्यो । अष्ट नारानका माहिला छोरा पुन नारान र कान्छा छोरा हर्ष नारान दुवैले एकैचोटि बोले– "बा ! चुप लाग्नोस् भन्या ।"
"लौ, लौ, अब धेरै बोल्दिनँ, तिमीहरूको चित्त बुझाउँछु । मेरो सबभन्दा आखिरी कुरा एउटा भनि हाल्छु– बाबुहो ! मैले तिमीहरूका निम्ति केही गर्न सकिनँ । गएको दुई वर्षदेखि दुई पैसा, चार पैसा जति सक्यो नखाएर पनि केही केही पैसाको दरले दिनहुँ जम्मा गर्न थालेको थिएँ, जम्मा पच्चिस रुपियाँ मोहर हुन आएको छ । ती रुपियाँ मैले तल छिँडीमा ढिकीनेर उत्तर भित्तातिर खाल्टो खनेर गाडि राखेको छु । म मरेँ भने त्यसबाट मेरो काजक्रिया गरि दिनू, त्यतिभन्दा बढ्ता खर्च ऋण लिने काम नगर ।"
बुढाको यो कुरा सुनेर सबैले पछिल्तिर फर्केर आँसु पुछे ।