Page:Lalitya bhag 1 ra 2.pdf/54: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५)}} सङ्कल्पको छ धागो छुटी-रहेको लगातार । गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र सञ्चार ॥ {{pcn|(६)}} त्यो मसिनो धागो खिरिलोपन ल्याउने ताजा । घसिएको बहुत सफा विवेक बल बु..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 10: | Line 10: | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
चङ्गाको मुखचाहीँ | चङ्गाको मुखचाहीँ प्रवृत्तिमय रङ्गले लाल । | ||
अलिअलि कालो आशा-पुच्छर, उसको छ चल्बले चाला ॥ | अलिअलि कालो आशा-पुच्छर, उसको छ चल्बले चाला ॥ | ||
Latest revision as of 13:57, 21 June 2025
This page has been validated
(५)
सङ्कल्पको छ धागो छुटी-रहेको लगातार ।
गर्दछ जसका भरमा जीवन-चङ्गा विचित्र सञ्चार ॥
(६)
त्यो मसिनो धागो खिरिलोपन ल्याउने ताजा ।
घसिएको बहुत सफा विवेक बल बुद्धिको माजा ॥
(७)
चङ्गाको मुखचाहीँ प्रवृत्तिमय रङ्गले लाल ।
अलिअलि कालो आशा-पुच्छर, उसको छ चल्बले चाला ॥
(८)
वैषम्य भै ककामा अलिकति गतिमा घुस्यो भने दोष ।
ग्वाँक मिलाउनलाई संयम, सुविचार, शान्ति सन्तोष ॥
(९)
यस्तो अद्भुत चङ्गा तयार पारी बडो चमत्कारी ।
नभमा कौतुक गर्ने कुन होला धीर अविकारी ?
(१०)
जति जति गडेर हेर्छु यस चङ्गाको विचित्र सञ्चार ।
उति उति शून्य गगनमा विलीन हुन्छू, नदेखदा पार ॥
(११)
कहिले नीलो दहमा सफरी माछो सरी भारी ।
लीला गर्छ गगनमा चक्कर लाखौँ थरी मारी ॥