Page:Laxmi nibandhasangraha.pdf/163: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
बसेर छिनो लियो ? एकान्तमा कसले | बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्यो ? के बनाउने उसको इरादा | ||
थियो ? जब संसारमा खालि ठण्डा पानी थियो । | थियो ? जब संसारमा खालि ठण्डा पानी थियो । | ||
हामी त्यस व्यक्तिका | हामी त्यस व्यक्तिका कठिनाइहरु बुझ्न सक्तैनौं । अँधेरीमा | ||
उज्याला | उज्याला आत्माहरु काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण | ||
हो । त्यहाँ केही थिएन । अब | हो । त्यहाँ केही थिएन । अब कल्पना र मातृभाषाको श्रद्धाले कति गरेछ | ||
त ? | त ? रोकावटहरुले, कठिनाइहरुले के गर्न सके ? त्यस सपनालाई– जो | ||
उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन | उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन | ||
दिइएको थियो र सौन्दर्यको घडा बन्यो । | दिइएको थियो र सौन्दर्यको घडा बन्यो । ऊ सुन्दरको खोजमा थियो, | ||
मधुरलाई मुखरित गर्न चाहन्थ्यो, | मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाड्यो । सुन्ने देख्ने कोही कहाँबाट | ||
त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । | त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वान्हरु | ||
पनि आश्चर्य | पनि आश्चर्य मान्दथे, केही उसलाई दिइएको थियो, जो अरुको भागमा | ||
थिएन । यो के थियो ? | थिएन । यो के थियो ? हामीहरु विश्लेषण गर्न चाहन्छौं तर राम्ररी | ||
सक्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरुले | |||
तर्साए पनि जित्दै गयो, | तर्साए पनि जित्दै गयो, उचालिंदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी | ||
मोहनी छ । | मोहनी छ । ऊ भात माग्दा लात पाउँदा भन्ने कुरा जान्दछ । सत्यको | ||
बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ | बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ | ||
भन्ने उसलाई याद थियो । तर | भन्ने उसलाई याद थियो । तर ऊ डगेन । काँपे पनि जित्यो र उत्तम | ||
क्षणहरुमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको | |||
मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा | मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा | ||
सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । | सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरुहरुले पनि सो कोशिश गरे, तर | ||
त्यतिको टुना राख्न | त्यतिको टुना राख्न सकेनन् । | ||
उनी | उनी बुद्धिमान् थिए, चतुर थिए, जो परिस्थिति बुझेर त्यसबाट | ||
माधुर्यका | माधुर्यका क्षणहरु निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई | ||
सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै | सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै | ||
अनुकरण गर्न व्यर्थ | अनुकरण गर्न व्यर्थ कोसिस गर्दछन् । | ||
मलाई पहिलो चरा | मलाई पहिलो चरा मिठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ । | ||
नेतालाई मेरो आत्मा | नेतालाई मेरो आत्मा सधैं नमस्कार गर्छ । हामी बुझ्दैनथ्यौं, त्यति माथि | ||
पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा | पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिलो ज्योति बाल्दथे । नवीन | ||
नेपालको संघार सुनौला भएर | नेपालको संघार सुनौला भएर आयो । तर धेरैजसो मान्छेहरु दिनलाई | ||
दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । | दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरुले सन्देश | ||
पाएनन् । | |||
Latest revision as of 11:07, 21 June 2025
बसेर छिनो लियो ? एकान्तमा कसले कुँद्यो ? के बनाउने उसको इरादा थियो ? जब संसारमा खालि ठण्डा पानी थियो ।
हामी त्यस व्यक्तिका कठिनाइहरु बुझ्न सक्तैनौं । अँधेरीमा उज्याला आत्माहरु काम गर्दछन् । सुनसानमा बल्नु चन्द्रमाको लक्षण हो । त्यहाँ केही थिएन । अब कल्पना र मातृभाषाको श्रद्धाले कति गरेछ त ? रोकावटहरुले, कठिनाइहरुले के गर्न सके ? त्यस सपनालाई– जो उषाको सुर्वणरेखा कुँद्दछु भन्दथ्यो । श्रद्धालाई दिव्य बत्ती झुल्काउन दिइएको थियो र सौन्दर्यको घडा बन्यो । ऊ सुन्दरको खोजमा थियो, मधुरलाई मुखरित गर्न चाहन्थ्यो, गरिछाड्यो । सुन्ने देख्ने कोही कहाँबाट त्यसरी आयो होला भनेर छक्क परेर एकै छिन टोह्लाउँथे । विद्वान्हरु पनि आश्चर्य मान्दथे, केही उसलाई दिइएको थियो, जो अरुको भागमा थिएन । यो के थियो ? हामीहरु विश्लेषण गर्न चाहन्छौं तर राम्ररी सक्तैनौं । त्यहाँ अदम्य आत्मा थियो, सुन्दर देख्न चाहन्थ्यो । कठिनाइहरुले तर्साए पनि जित्दै गयो, उचालिंदै गयो । त्यहाँ अकेला आविष्कार एकध्येयी मोहनी छ । ऊ भात माग्दा लात पाउँदा भन्ने कुरा जान्दछ । सत्यको बोधिवृक्ष पनि सुन्दरलाई समाउन खोज्दा मारले कसरी तर्साउन खोज्छ भन्ने उसलाई याद थियो । तर ऊ डगेन । काँपे पनि जित्यो र उत्तम क्षणहरुमा निर्धक्कसँग सौन्दर्य बहाइदियो । हामी धनी भयौं । यो श्रद्धाको मोहनी हो । सुन्दरको उपासना हो, सत्यको झल्का हो । केही आत्मामा सौन्दर्य नभई दुनियाँ टोह्लाउँदैन । अरुहरुले पनि सो कोशिश गरे, तर त्यतिको टुना राख्न सकेनन् ।
उनी बुद्धिमान् थिए, चतुर थिए, जो परिस्थिति बुझेर त्यसबाट माधुर्यका क्षणहरु निकाल्थे । उनको आत्माले आफूलाई छकाएन । उनलाई सत्य प्यारो थियो । त्यसैले कलमको टुप्पामा ती बुट्टा बसे जो धेरै अनुकरण गर्न व्यर्थ कोसिस गर्दछन् ।
मलाई पहिलो चरा मिठो लाग्छ, पहिलो उज्यालो रसिलो लाग्छ । नेतालाई मेरो आत्मा सधैं नमस्कार गर्छ । हामी बुझ्दैनथ्यौं, त्यति माथि पुगेका थिएनौं । हाम्रो प्रभातमा ती तारा पहिलो ज्योति बाल्दथे । नवीन नेपालको संघार सुनौला भएर आयो । तर धेरैजसो मान्छेहरु दिनलाई दिनै भन्दथे, उद्घाटनलाई खालि उज्यालो भएको । उनीहरुले सन्देश पाएनन् ।