Jump to content

Page:Laxmi nibandhasangraha.pdf/162: Difference between revisions

From Nepali Proofreaders
No edit summary
Srv (talk | contribs)
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
थिए, तिनीहरूलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी
थिए, तिनीहरुलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ ।  
कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती
हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती  
जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ,
जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ,  
अरूको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको
अरुको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको  
होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई
होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई  
सधैं पूर्णिमा जस्तै छन्‌ । हामी उन्नतिशीललाई पनि बुभ्दैनौँ, उन्नतिलाई
सधैं पूर्णिमा जस्तै छन् । हामी उन्नतिशीललाई पनि बुझ्दैनौं, उन्नतिलाई  
पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं ।
पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं ।  
साहित्य र कविता हामीलाई केको कथनी-पथनीभन्दा केही ज्यादा
साहित्य र कविता हामीलाई कथेको कथनी–पथनीभन्दा केही ज्यादा  
मोल राख्ने चीजजस्तो लाग्दैन । हामीहरूमा भावृक प्रशंसाको मात्रा नै
मोल राख्ने चिजजस्तो लाग्दैन । हामीहरुमा भावुक प्रशंसाको मात्रा नै  
छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो
छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो  
प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको
प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको  
हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाश्न्य छन्‌
हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाशून्य छन् ।  
हामीहरू औत्सविक कविताहरूमा रुचि देखाउँछौं र पैसा तिर्ने पनि
हामीहरु औत्सविक कविताहरुमा रुचि देखाउँछौ र पैसा तिर्न पनि  
खोज्दछौं, मिथ्या पोषणमै हामीहरू दगुर्दछौं । तर सत्यका अनुहार
खोज्दछौं, मिथ्या पोषणमै हामीहरु दगुर्दछौं । तर सत्यका अनुहार  
हामीहरूलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य
हामीहरुलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य  
छुट्टयाउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ
छुट्याउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ  
याद हुँदैन ।
याद हुँदैन ।


चिन्नेलाई आँखा भनिन्छ, बुभनेलाई मगज, सुन्नेलाई कान र
चिन्नेलाई आँखा भनिन्छ, बुझ्नेलाई मगज, सुन्नेलाई कान र  
भावना गर्न सक्नेलाई हृदय । यी चार चीजबाट वाञ्चत हुनु पशुको
भावना गर्न सक्नेलाई हृदय । यी चार चिजबाट वञ्चित हुनु पशुको  
लक्षण हो । हीराहरू बाँदरले फ्याँक्छन्‌ किनकि उनलाई मोल थाहा
लक्षण हो । हीराहरु बाँदरले फ्याँक्छन् किनकि उनलाई मोल थाहा  
छैन । सुन्दर रचनाहरू बुभ्नु नबुभ्नु अन्धताभन्दा पनि खराब पशुता
छैन । सुन्दर रचनाहरु बुझ्नु नबुझ्नु अन्धताभन्दा पनि खराब पशुता  
हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरू हामी दुरदुर्‌ गरेर
हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरु हामी दुर्दुर् गरेर  
फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हँदैन, यो साधारणको
फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हुँदैन, यो साधारणको  
दैनिक लक्षण हो ।
दैनिक लक्षण हो ।


कति कमलाई याद छ कि हाम्रो साहित्य-क्षेत्रमा के युग छर
कति कमलाई याद छ हाम्रो साहित्य–क्षेत्रमा के युग छ र
त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, शब्गार दिने
त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, श्रृङ्गार दिने  
पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला
पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला  
दानाहरू मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको
दानाहरु मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको  
थियो ? जब नेपालीको नाम राख्नु मुशिकल थियो, कसको आत्माले
थियो ? जब नेपालीको नाम राख्नु मुस्किल थियो, कसको आत्माले  
आवरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन वेला
आबरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन बेला
पण्डितजीहरू भाषाको नाममा नफरत राख्तथे त्यस वेला कसले अकेला
पण्डितजीहरु भाषाको नाममा नफरत राख्तथे त्यस बेला कसले अकेला

Latest revision as of 10:56, 21 June 2025

This page has been proofread

थिए, तिनीहरुलाई युगले बुझ्दैन, भविष्य मात्र सम्झनामा रुन्छ । हामी कदर गर्न जान्दैनौं र साधारण समझको मोलतोलले आफ्ना समीपवर्ती जुहारलाई अर्धमोली बनाउँछौं ! हामीलाई चार पैसा जोड्नु नै जीवन छ, अरुको पूजाभन्दा आफ्नै पूजाको ज्यादा चाहना छ, न हामी समयको होश राख्तछौं, र नवीनताको, न प्रदानको ! हामी कामी काना गोरुलाई सधैं पूर्णिमा जस्तै छन् । हामी उन्नतिशीललाई पनि बुझ्दैनौं, उन्नतिलाई पनि । भाव र विचारका क्षेत्रमा खालि तरङ्गका रङ्ग मात्र देख्तछौं । साहित्य र कविता हामीलाई कथेको कथनी–पथनीभन्दा केही ज्यादा मोल राख्ने चिजजस्तो लाग्दैन । हामीहरुमा भावुक प्रशंसाको मात्रा नै छैन, चाहना छैन । हामीले सुन्दरको मुहार देखेर वास्ता नराख्नु नै हाम्रो प्रधान लक्षण हो । भारतको मुर्दा समझले स्वरव्यायामलाई रातको हजार रुपियाँ तिर्दछ, जहाँ सिर्जना कल्पना र भावनाशून्य छन् । हामीहरु औत्सविक कविताहरुमा रुचि देखाउँछौ र पैसा तिर्न पनि खोज्दछौं, मिथ्या पोषणमै हामीहरु दगुर्दछौं । तर सत्यका अनुहार हामीहरुलाई राम्रो लाग्दैन । आधुनिक उपस्थितिमा हामी सत्य र असत्य छुट्याउन सक्तैनौं र हामीलाई कहाँ युग शुरू हुन्छ र कहाँ अन्त हुन्छ याद हुँदैन ।

चिन्नेलाई आँखा भनिन्छ, बुझ्नेलाई मगज, सुन्नेलाई कान र भावना गर्न सक्नेलाई हृदय । यी चार चिजबाट वञ्चित हुनु पशुको लक्षण हो । हीराहरु बाँदरले फ्याँक्छन् किनकि उनलाई मोल थाहा छैन । सुन्दर रचनाहरु बुझ्नु र नबुझ्नु अन्धताभन्दा पनि खराब पशुता हो । यो पाप हो । हामीलाई ईश्वरले दिएका चीजहरु हामी दुर्दुर् गरेर फ्याँक्ने प्रवृत्ति देखाउँछौं । पारखी आँखा हामीमा हुँदैन, यो साधारणको दैनिक लक्षण हो ।

कति कमलाई याद छ हाम्रो साहित्य–क्षेत्रमा के युग छ र त्यसलाई बनाउने को हो ? नेपाली भाषालाई अनुहार, श्रृङ्गार दिने पहिलो हात कसको ? नबनेको चीजलाई कसले माधुर्यका रसिलारसिला दानाहरु मिलाएर हामीलाई कविताको पहिलो सच्चा आनन्द दिएको थियो ? जब नेपालीको नाम राख्नु मुस्किल थियो, कसको आत्माले आबरु राखेर हाम्रो भाषा पनि रचनाशील छ भनेर देखायो ? जुन बेला पण्डितजीहरु भाषाको नाममा नफरत राख्तथे त्यस बेला कसले अकेला