Page:Ek chihan.pdf/2: Difference between revisions
→Not proofread: Created page with "{{Right|{{larger|'''एक'''}}}} छोरा, छोरी र बुढिया लतमायासमेत जम्मा भएका बेला आफ्नो अन्तिम अवस्था सम्झेर अष्टनारान बोलिरहेका थिए- "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको केही बन्दोबस्त..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{Right|{{larger|'''एक'''}}}} | {{Right|{{larger|'''एक'''}}}} | ||
छोरा, छोरी र बुढिया | आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला | ||
पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले | |||
तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त | |||
गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि | |||
दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई | |||
अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख । | |||
यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।" | |||
अशक्तताले धावा गर्दै | अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका | ||
थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी | |||
थिई । | |||
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन सुर्ता | "चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !" | ||
जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने । | |||
"अब मलाई औषधी पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? म अब निको | "अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? | ||
किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले | |||
चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए, | |||
लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि | |||
नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै | |||
के छ र !" | |||
{{nop}} | {{nop}} |
Latest revision as of 23:04, 20 June 2025
एक
आफ्ना तिनै छोरा, छोरी र बुढिया लतमाया सबै जम्मा भएका वेला पारी आफ्नो अन्तिम अवस्था सम्झेर अष्ट नारान बोलि रहेका थिए– "मैले तिमीहरूलाई केवल जन्माएँ, तिमीहरूको गाँसबासको मैले केही बन्दोबस्त गर्न सकिनँ । जिन्दगीभर पूजा प्रार्थना गराएर भगवान्ले मेरो केही सुनि दिएन । बाबु हो ! यो बुढिया तिमीहरूकी सबकी आमा र बहिनी एक जनालाई अन्यथा नगर । जे दुःख सहेर पनि यी अबला दुई जनालाई खुवाइ राख । यिनीहरूको आँखामा कहिल्यै आँसु हेर्ने काम नगर ।"
अशक्तताले धावा गर्दै ल्याइ रहे तापनि उनले बोल्न बल गरि रहेका थिए । उनका कुरा सुनेर छोरी नानीथकुँ पछिल्तिर हेरेर आँसु चुहाइ रहेकी थिई ।
"चुप लाग्नोस् न बा । नचाहिने कुराको किन तपाईं सुर्ता लिनु हुन्छ !" जेठा छोरा शिव नारानले श्रद्धा र ममतापूर्ण भावमा भने ।
"अब मलाई औषधी गर्ने काम पनि नगर, व्यर्थमा किन खर्च गर्ने ? किनभने म अब निको हुन्न । उमेरले पनि त भित्ता छोइ सक्यो, त्यसैले सबैले चित्त बुझाउनु पर्छ ।" अष्ट नारान फेरि पनि बोल्न खोजि रहेका थिए, लतमायाले रोकेर भनिन्– "जनी गरेर बिन्ती, नबोल्नु होस्, औषधी पनि नगरौँ यस्तो बेलामा ? कस्तो कस्तो व्यथा त निको हुन्छ भने तपाईंलाई भएकै के छ र !"