Page:Laxmi nibandhasangraha.pdf/167: Difference between revisions
→Not proofread: Created page with "सुस्तरी श्वास फेर मलाई कोपिला टिप्न डर लारदछ, मुना चुँडन हात काँप्तछ । फूल शायद आजसम्म मेरो हातले च्यातेको होओइनजस्तो लाग्दछ । सुन्दरताका मृदुल नमूनाहरूमा क्रूरताको आत्मा कँपाउ..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
सुस्तरी श्वास फेर | {{x-larger|'''सुस्तरी श्वास फेर'''}} | ||
मलाई कोपिला टिप्न डर लाग्दछ, मुना चुँड्न हात काँप्तछ । | |||
फूल सायद आजसम्म मेरो हातले च्यातेको होओइन जस्तो लाग्दछ । | |||
सुन्दरताका मृदुल नमुनाहरुमा क्रूरताको आत्मा कँपाउने के मोहनी | |||
हुन्छ ? राम्रो चिज देखे मलाई रुँ रुँ लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न | |||
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ, | |||
जस्तो मेरो हृदय अश्रमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न | |||
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई | |||
हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरुको पापी शिकार झैं त्यसलाई | |||
ताकेर अश्रुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई | |||
छन् ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै | |||
पापको मुटु हो । | पापको मुटु हो । | ||
यी भावहरु बराबर आए तापनि आदत यस्तो बलवान् छ कि | |||
फुस्रा क्षणहरुमा मैले अनेक पाप गरेको छु । मेरो जिभ्रोमा हिंस्रकता छ, | |||
म मासु खान्छु । यद्यपि छ बाजि छाडें, मेरो आत्मा नखा भन्छ, मलाई | |||
हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाऊँ– | |||
खाऊँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, | |||
त्यो सुन्दर रङ्गीचङ्गी परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका | |||
आँखाले सरापे–मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो । | |||
मेरा कविताहरुको आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक | |||
पछुताउको अबोल खेदहरुलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर | |||
गयो । चितानजिक हुँदा मैले मासुको गन्ध सुँघें, घीन लाग्यो, अनन्त | |||
घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र | |||
बनिसकेको छु, मुर्दा मासु लुछ्नलाई र चपाउनलाई मानवदन्त प्रयोग | |||
गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला | गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला | ||
Latest revision as of 21:34, 20 June 2025
सुस्तरी श्वास फेर
मलाई कोपिला टिप्न डर लाग्दछ, मुना चुँड्न हात काँप्तछ ।
फूल सायद आजसम्म मेरो हातले च्यातेको होओइन जस्तो लाग्दछ ।
सुन्दरताका मृदुल नमुनाहरुमा क्रूरताको आत्मा कँपाउने के मोहनी
हुन्छ ? राम्रो चिज देखे मलाई रुँ रुँ लाग्दछ, मानौं म त्यससँग प्रेम गर्न
चाहन्छु, मानौं त्यसमा मेरो आत्मा यस्तो आनन्ददायी मोहनी देख्तछ,
जस्तो मेरो हृदय अश्रमय कृतज्ञतासाथ त्यससँग अनन्तको नाता जोड्न
चाहन्छ । त्यसको कोमलताले मेरो आत्माको सब स्वार्थ र लोभलाई
हप्काउँछ, र मानौं म अनेक क्रूर भावहरुको पापी शिकार झैं त्यसलाई
ताकेर अश्रुमय नजरले कृतज्ञ प्रशंसा गर्दछु । मानौं मेरा हात त्यसलाई
छन् ज्यादै खस्रा छन्, मानौं त्यसका मृदुल नसालाई वेदना दिने स्पर्श नै
पापको मुटु हो ।
यी भावहरु बराबर आए तापनि आदत यस्तो बलवान् छ कि फुस्रा क्षणहरुमा मैले अनेक पाप गरेको छु । मेरो जिभ्रोमा हिंस्रकता छ, म मासु खान्छु । यद्यपि छ बाजि छाडें, मेरो आत्मा नखा भन्छ, मलाई हृदयमा दुःख हुन्छ तर आदतको गाँजामा बेहोश भएर मलाई खाऊँ– खाऊँका जोडले त्यसै लैजान्छ । मैले एक बाजि मोहनलाल काटेको छु, त्यो सुन्दर रङ्गीचङ्गी परेको राजसी बनैया चरो ! मलाई त्यस जीवका आँखाले सरापे–मेरो आत्मा दागी बनेर स्वर्गका निमित्त निराश भइसक्यो । मेरा कविताहरुको आधा मोहनी त्यसैले उडाएर लग्यो, खालि हार्दिक पछुताउको अबोल खेदहरुलाई मात्र अलिकता मिर्मिरे माधुर्य राखेर गयो । चितानजिक हुँदा मैले मासुको गन्ध सुँघें, घीन लाग्यो, अनन्त घीन तर विस्मृति नभए हामी पापमा विलास किन मान्थ्यौं । म यन्त्र बनिसकेको छु, मुर्दा मासु लुछ्नलाई र चपाउनलाई मानवदन्त प्रयोग गर्न मलाई शरमै लाग्दैन कम से कम मासु खाने बेलामा ! तर अकेला