Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/31: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created blank page
 
 
(6 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
लेख्नुपर्‍यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह
मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा
मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा
जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन ।
सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो
भयेन भने भयेन ।<ref>मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–
{{start center block}}<poem>
धन्‌ले हुदैन कविता न त हुन्छ मन्‌ले ।
ज्ञान्‌ले हुँदैन कविता न त हुन्छ तन्‌ले ॥
इन्‌ले भयाकि कविता कविता समान्हो ।
आफै भयाकि कविता बहुतै असल्‌ हो ॥१॥
</poem>
{{end center block}}
</ref>


कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्‌ह्यै
पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌।
आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्‌मा कविता गर्दथे ।
निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त
ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक
दिनमा ६० श्लोक्‌ शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे ।
रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक
शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२<sup>१</sup>⁄<sub>२</sub> ग्रन्थका बराबर कविता
बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज
विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र
गद्य एक नास हुंथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका
भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌
कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक्‌ श्लोक पद
क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–
{{nop}}

Latest revision as of 20:14, 20 June 2025

This page has been proofread

लेख्नुपर्‍यो भने गुण दोष बराबर लेखी दिन्छ; उ कसैको पर्वाह मान्दैन । यस्तो कविता गरे ज्यान्‌ जाला भन्ने भय कत्ति मनमा मान्दैन । यस्तो स्वभाव संसर्गी कविका कदापि हुन्न । कविता गर्दा जत्तिको परिश्रम संसर्गी कविलाई हुन्छ उत्तिको सहज कविलाई पर्दैन । सहज कविको कविता लोभले हुदैन, कविका इच्छाले भयो भने भयो भयेन भने भयेन ।[1]

कवि भानुभक्ताचार्य सहज कवि थिये । आर्काका करमा कैल्‌ह्यै पनि बसेनन्‌ । यै कारणले जागीर ठूलो नामको इच्छासम्म राखेनन्‌। आफ्ना मनोमानसित चित्त प्रसन्न भयाका बखत्‌मा कविता गर्दथे । निज कवि भानुभक्ताचार्यका परम मित्र श्रीयुत सुब्बा धर्म्मदत्त ज्योतिषीका मुखजवानी मैले सुनेको छु कि कवि भानुभक्त एक दिनमा ६० श्लोक्‌ शादर्दूल विक्रीडित छन्दमा बनाउन सक्दथे । रामायण युद्धकाण्ड बनाउँदा १ दिन कवि भानुभक्तले ६० श्लोक शादर्दूल वृत्तमा बनायेका छन्‌। अर्थात्‌ १४२ ग्रन्थका बराबर कविता बनाये । निज कविले कविता गर्नुपर्दा प्रथम आधा घडीको अन्दाज विचार गर्दथे; वहाँपछि कलम्‌ थाम्नु पर्दैनथ्यो । यी कविका पद्य र गद्य एक नास हुंथे जो अझतक्‌ कवितामा प्रत्यक्षै देखिन्छन्‌ । कविका भनाइको छाँट कवितामा चौपट्ट असल देखिन्छन्‌ । जस्तासुकै पद हुन्‌ कविले राख्न आंटे भने नराखी छोड्दैनथे । ञहाँ एक्‌ श्लोक पद क्रमको कवि भानुभक्तले बनायेको लेख्दछु–

  1. मैले बनायेको "कविता लक्षण" ग्रंथमा लेखेको पनि छ–

    धन्‌ले हुदैन कविता न त हुन्छ मन्‌ले ।
    ज्ञान्‌ले हुँदैन कविता न त हुन्छ तन्‌ले ॥
    इन्‌ले भयाकि कविता कविता समान्हो ।
    आफै भयाकि कविता बहुतै असल्‌ हो ॥१॥