Jump to content

Page:Kavi bhanubhaktako jivancharitra.pdf/16: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
तहाँ चैं र आफ्ना मतलब्‌ भर्को राखी बाकी इ मैले गरेजस्ता धर्म
तहाँ चैं र आफ्ना मतलब्‌ भर्को राखी बाकी इ मैले गरेजस्ता धर्म
काममा खर्च गरिदिये धर्मको धर्म नाम्‌को नाम्‌ । भला यौटा इँदार्‌
काम्‌मा खर्च गरिदिये धर्मको धर्म नाम्‌को नाम्‌ । भला यौटा इँदार्‌
खनाई रहेछु; सय पचास वर्षसम्मन्‌ फलाना घाँसीले बनायेको इनार
खनाई रहेछु; सय पचास वर्षसम्मन्‌ फलाना घाँसीले बनायेको इनार
हो भन्ने नाम्‌ त रहला । भयेको धन्‌ जम्मा गस्यो, प्वाक्क लागेर
हो भन्ने नाम्‌ त रहला । भयेको धन्‌ जम्मा गर्‍यो; प्वाक्क लागेर
आफू मन्यो, वारिस्‌को धन्‌ सत्र आफू अलपत्र; कुकर्‌ मर्‌यो कि स्याल्‌
आफू मर्‍यो, वारिस्‌को धन्‌ सत्र आफू अलपत्र; कुकर्‌ मर्‌यो कि स्याल्‌
मरयो क्यै पत्ता लाग्दैन नानी ! हद होला सन्तान्‌ रह्यो भने नातिसम्मले
मर्‌यो क्यै पत्ता लाग्दैन नानी ! हद होला सन्तान्‌ रह्यो भने नातिसम्मले
'ए, हाम्रा बाजे फलाना थिये; यस्तो गर्दथे उस्तो गर्दथै भनेर सम्‌झला,
'ए, हाम्रा बाजे फलाना थिये; यस्तो गर्दथे उस्तो गर्दथे भनेर सम्‌झला,
उई पनि बर्ष छ मास्‌मा एकपल्ट फेरि दैवगतिले सन्तानै रहेन भने
उई पनि बर्ष छ मास्‌मा एक्‌पल्ट फेरि दैवगतिले सन्तानै रहेन भने
तेति पनि सपनामा घोडा चढेझैं हुन जान्छ । हुन त मैले तिमी
तेति पनि सपनामा घोडा चढेझैं हुन जान्‌छ । हुन त मैले तिमी
नानीसित बडा शास्तर्का कुरा झैं गरेँ तर म घाँस्‌ काट्ने के जान्द
नानीसित बडा शास्तर्का कुरा झैं गरें तर म घाँस्‌ काट्ने के जान्द
छु ! अब त घाँस्‌ पनि एक्‌ भारी पुगिसक्यो हो' भनी डोका भरी हाली
छु ! अब त घाँस्‌ पनि एक्‌ भारी पुगिसक्यो हो' भनी डोका भरी हाली
खुर्पी घुसारी 'जाकँ है त नानि' भनी भानुभम्तसित बिदा भै घाँस्‌को
खुर्पी घुसारी 'जाऊँ है त नानि' भनी भानुभक्तसित बिदा भै घाँस्‌को
भारी बोकी गाउँतिर गयो । जब घाँसी आफ्नो बाटो लाग्यो भानुभक्त
भारी बोकी गाउँतिर गयो । जब घाँसी आफ्नो बाटो लाग्यो भानुभक्त
टोल्हाये; एक्लै सोही ढुंगामा बसेरै विचार्‌ गरे-धन्य-ईश्वर ! यस्‌
टोल्हाये; एक्‌लै सोही ढुंगामा बसेरै विचार्‌ गरे–धन्य–ईश्वर ! यस्‌
घाँसीलाई यस्तो ज्ञान, पण्डितले शास्त्र वर्काई फर्काई के गर्नन्‌ । घाँस
घाँसीलाई यस्तो ज्ञान, पण्डितले शास्त्र वर्काई फर्काई के गर्नन्‌ । घाँस
काटी जहान्‌ पाली जे उब्चेका धनले कवा खनाउन्‌ु सानो करो हो ?
काटी जहान्‌ पाली जे उब्रेका धनले कवा खनाउनु सानो करो हो ?
तेस्‌ घाँसीले कथा सुनेन होला, संग सोहबत्‌ भने के गर्‌यो होला,
तेस्‌ घाँसीले कथा सुनेन होला; संग सोहबत्‌ भने के गर्‌यो होला,
जस्को जनम्‌ घाँसै काट्नामा गयो तर पनि धन्‌भन्दा नाम ठलो हो
जस्को जनम्‌ घाँसै काट्नामा गयो तर पनि धन्‌भन्दा नाम ठूलो हो
भन्ने बुद्धि तेस्ले पायो कहाँबाट ? यो लीला हरिको हो ! भानुभक्त
भन्ने बुद्धि तेस्ले पायो कहाँबाट ? यो लीला हरिको हो ! भानुभक्त
यति एकलै मन्मा भन्दै थिये; कविजननी शारदाका मनमा दया तेसै
यति एकलै मन्मा भन्दै थिये; कविजननी शारदाका मनमा दया तेसै
बखतमा आयो र भानुभक्तलाई कविता गर्छ भन्ने यस्तो लह (ड)
बखतमा आयो र भानुभक्तलाई कविता गरूँ भन्ने यस्तो लह (ड)
चली तेसै ढुंगामा कोरीकन ई आदि दुई श्लोक बनाये ।
चली तेसै ढुंगामा कोरीकन ई आदि दुई श्लोक बनाये ।
<blockquote><poem><b>
<blockquote><poem><b>
भर्जन्म घाँसतिर मन्दिइ घन्‌ कमायो ।
भर्जन्म घाँसतिर मन्दिइ धन्‌ कमायो ।
नाम्‌ क्यै रहोस्‌ पछि भनेर कवा खनायो ॥
नाम्‌ क्यै रहोस्‌ पछि भनेर कवा खनायो ॥
घाँसी दरिद्रि घरको तर बृद्धि कस्तो ।
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धति भ्रैकन आज यस्तो ॥१॥
मो भानुभक्त धनि भैकन आज यस्तो ॥१॥
</b></poem></blockqoute>
</b></poem></blockquote>
{{nop}}
{{nop}}

Latest revision as of 15:23, 20 June 2025

This page has been proofread

तहाँ चैं र आफ्ना मतलब्‌ भर्को राखी बाकी इ मैले गरेजस्ता धर्म काम्‌मा खर्च गरिदिये धर्मको धर्म नाम्‌को नाम्‌ । भला यौटा इँदार्‌ खनाई रहेछु; सय पचास वर्षसम्मन्‌ फलाना घाँसीले बनायेको इनार हो भन्ने नाम्‌ त रहला । भयेको धन्‌ जम्मा गर्‍यो; प्वाक्क लागेर आफू मर्‍यो, वारिस्‌को धन्‌ सत्र आफू अलपत्र; कुकर्‌ मर्‌यो कि स्याल्‌ मर्‌यो क्यै पत्ता लाग्दैन नानी ! हद होला सन्तान्‌ रह्यो भने नातिसम्मले 'ए, हाम्रा बाजे फलाना थिये; यस्तो गर्दथे उस्तो गर्दथे भनेर सम्‌झला, उई पनि बर्ष छ मास्‌मा एक्‌पल्ट फेरि दैवगतिले सन्तानै रहेन भने तेति पनि सपनामा घोडा चढेझैं हुन जान्‌छ । हुन त मैले तिमी नानीसित बडा शास्तर्का कुरा झैं गरें तर म घाँस्‌ काट्ने के जान्द छु ! अब त घाँस्‌ पनि एक्‌ भारी पुगिसक्यो हो' भनी डोका भरी हाली खुर्पी घुसारी 'जाऊँ है त नानि' भनी भानुभक्तसित बिदा भै घाँस्‌को भारी बोकी गाउँतिर गयो । जब घाँसी आफ्नो बाटो लाग्यो भानुभक्त टोल्हाये; एक्‌लै सोही ढुंगामा बसेरै विचार्‌ गरे–धन्य–ईश्वर ! यस्‌ घाँसीलाई यस्तो ज्ञान, पण्डितले शास्त्र वर्काई फर्काई के गर्नन्‌ । घाँस काटी जहान्‌ पाली जे उब्रेका धनले कवा खनाउनु सानो करो हो ? तेस्‌ घाँसीले कथा सुनेन होला; संग सोहबत्‌ भने के गर्‌यो होला, जस्को जनम्‌ घाँसै काट्नामा गयो तर पनि धन्‌भन्दा नाम ठूलो हो भन्ने बुद्धि तेस्ले पायो कहाँबाट ? यो लीला हरिको हो ! भानुभक्त यति एकलै मन्मा भन्दै थिये; कविजननी शारदाका मनमा दया तेसै बखतमा आयो र भानुभक्तलाई कविता गरूँ भन्ने यस्तो लह (ड) चली तेसै ढुंगामा कोरीकन ई आदि दुई श्लोक बनाये ।


भर्जन्म घाँसतिर मन्दिइ धन्‌ कमायो ।
नाम्‌ क्यै रहोस्‌ पछि भनेर कवा खनायो ॥
घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो ।
मो भानुभक्त धनि भैकन आज यस्तो ॥१॥