Page:Champa.pdf/41: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
स्वरूपमा अतिमानव | स्वरूपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी | ||
थिइन् प्रकृतिदेवीले ? | थिइन् प्रकृतिदेवीले ? | ||
उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट | |||
बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल | |||
थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । | थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । | ||
उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन | उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन | ||
गरिरहेको थियो । त्यो त | गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो । | ||
उनी बैँसालु हुनु र | उनी बैँसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर | ||
होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक | होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक | ||
बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग | बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग | ||
गरेर परमार्थ सुधार्नु बेस ? | गरेर परमार्थ सुधार्नु बेस ? | ||
उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर | उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर | ||
घचघच्याउँदथे, बराबर जोडका साथ तर दबाब नै उनले हरहमेसा | घचघच्याउँदथे, बराबर जोडका साथ । तर दबाब नै उनले हरहमेसा | ||
स्मरणीय पाठ सम्झन्थे तर दबाब प्रकृतिले कानेखुसी गर्न | स्मरणीय पाठ सम्झन्थे । तर दबाब प्रकृतिले कानेखुसी गर्न | ||
आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई वरावर | |||
विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला | विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैँ एक | ||
नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी | नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई | ||
बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन | बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन । | ||
"म बुद्धदेवजस्तै ता कहाँ छु र ?" | |||
प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित | प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित बदमाश बैँस | ||
अगाडि | अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । | ||
दृष्टिक्षेत्रबाट संसार | दृष्टिक्षेत्रबाट संसार अँध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । | ||
कत्रो भयानक सौन्दर्यको ज्वाला ? | कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौँ ऊ आफ्नो जगत्को | ||
सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन । | |||
ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको | ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको | ||
थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक | थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक | ||
कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक | कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको | ||
पौरखलाई के विघ्न डरलाग्दो ? | |||
रामकान्त तँ मर्छस् । खामोस | "रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली | ||
भएर नहोमिई । रामकान्त गीता पढ्न लागे | भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे । |
Latest revision as of 10:18, 20 June 2025
स्वरूपमा अतिमानव सन्तानोत्पादनको लागि आवश्यकीय र आदरणीय सम्झिएकी थिइन् प्रकृतिदेवीले ?
उनलाई यो भीषण मृत्यु थियो, मृत्यु थियो । उनले यसबाट बच्नै पर्छ । के चम्पाको दोष थियो यस विषयमा ? उनी पहाडकी फूल थिइन् । वसन्तको मिठो नटिपिएको गुलाफ थिइन् । स्वर्गकी अप्सरा । उनी खिल्न आइन् । मोहनीको नयाँ पाठ बैँसले प्रतिदिन प्रदर्शन गरिरहेको थियो । त्यो त अवलाको प्रकृत कला र कर्म नै हो ।
उनी बैँसालु हुनु र यति सुन्दरी हुनु उनको दोष जरुर होइन । रामकान्तले आफूलाई अघोर अभागी सम्झन लागे । चम्पानामक बत्तीका अघि यौवनको ज्वालामा पुतली हुनु बेस कि संसार त्याग गरेर परमार्थ सुधार्नु बेस ?
उनमा कामना थियो हृदयको सजीव आकाङ्क्षा । तिनीहरू बराबर घचघच्याउँदथे, बराबर जोडका साथ । तर दबाब नै उनले हरहमेसा स्मरणीय पाठ सम्झन्थे । तर दबाब प्रकृतिले कानेखुसी गर्न आउँथिन्, के दबाब स्वास्थ हो ? रातका बिचमा रामकान्तलाई वरावर विशाल संसारको अन्धकारमा बुद्धदेवको विचित्र अकेला दीप झैँ एक नवीन दीप बालेर प्रस्थान गर्ने प्रेरणा आउँदथ्यो । उनी एक–दुई बाजि रातको सन्नाटामा टुँडिखेल घुमेर समेत आए । अहिले होइन । "म बुद्धदेवजस्तै ता कहाँ छु र ?"
प्रतिदिन मतवाला आकर्षक भरिँदो सुगन्धित बदमाश बैँस अगाडि झल्याक्कझुलुक्क देखा पर्थ्यो । मुसुमुसु हाँस्थ्यो । दृष्टिक्षेत्रबाट संसार अँध्यारो पारेझैँ फेरि कतैतिर जान्थ्यो । कत्रो भयानक सौन्दर्यको ज्वाला ? मानौँ ऊ आफ्नो जगत्को सम्राट छ । उसको आचारको विरोध गर्ने कसैको तागत थिएन । ऊ सारा कमजोर र कमजोरीउपर हँस्सी उडाएर मस्त मुस्कुराइरहेको थियो । ऊ जनसङ्ख्या कायम राख्ने या संवर्द्धन गर्ने पवित्र प्राकृतिक कार्यका लागि पूरा तवरले सुसज्जित भएर हाँक दिन्थ्यो— पुरुषको पौरखलाई के विघ्न डरलाग्दो ?
"रामकान्त तँ मर्छस् । खामोस ! होसियार ! तँ बत्तीमा पुतली भएर नहोमिई ।" रामकान्त गीता पढ्न लागे । धम्मपद पढ्न लागे ।