Page:Lalitya bhag 1 ra 2.pdf/27: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८)}} प्रभुको जुन विश्वरूप हो ::उसको गैह्र निरूपणा अहो !! विधिले तक गर्न सम्झन :: कठिनै पर्दछ भूतभावन ! {{pcn|(९)}} श्रुतिशास्त्र सबै थरी थरी ::तरिकाबाट विवेचना गरी । नमिली..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated |
Latest revision as of 20:41, 19 June 2025
This page has been validated
(८)
प्रभुको जुन विश्वरूप हो
उसको गैह्र निरूपणा अहो !!
विधिले तक गर्न सम्झन
कठिनै पर्दछ भूतभावन !
(९)
श्रुतिशास्त्र सबै थरी थरी
तरिकाबाट विवेचना गरी ।
नमिली उस रूपको पता
कहँदै छन् प्रभुको अनन्तता ॥
(१०)
शरणाऽऽगत छू, अनन्तमा
डुबनेछैन समर्थता ममा ।
मनमाफिक गर्दछु स्तुति
अरु जस्तै भगवन् ! यथामति ॥
(११)
चितिशक्तिमयी महेश्वरी
प्रणयाऽऽऽलिङ्गन-रङ्गमा परी ।
प्रभुमा समभाव धर्दछिन्
परमाऽऽनन्द-विहार गर्दछिन् ॥