Page:Tarun tapasi.pdf/123: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|३०}} चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति ::सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति। धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको ::खरानी झन् हाँस्यो, मुख मलिन..." |
|||
(2 intermediate revisions by 2 users not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति | चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति | ||
::सबैको यस्तै हो भनि बहुत हाँस्यो | ::सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति । | ||
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको | धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको | ||
::खरानी झन् हाँस्यो, मुख मलिन पारी | ::खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥ | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
चिताको चौतर्फी करुण बिलनाको वश परी | चिताको चौतर्फी करुण बिलनाको वश परी | ||
::छिनेको मोतीको लहर सरि आँशू | ::छिनेको मोतीको लहर सरि आँशू बरबरी । | ||
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको | झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको | ||
::रुवाबासी साथै हिलिहिलि | ::रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
चितामा चित् खाई चटचट गरी | चितामा चित् खाई चटचट गरी देह-ममता | ||
::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स | ::डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता । | ||
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली | लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली | ||
::विधाताको कालो | ::विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥ | ||
{{pcn|३३}} | {{pcn|३३}} | ||
दुखी जाँदा हाँस्यो | दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय | ||
::सुखी जाँदा हाँस्यो अति कठिन बाधा | ::सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय । | ||
दुवैको एकै हो विलय, तर हाँसो फरक भो | दुवैको एकै हो विलय, तर हाँसो फरक भो | ||
::कसैको त्यै हाँसो सुरपुर, कसैको नरक | ::कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥ | ||
{{pcn|३४}} | {{pcn|३४}} | ||
म हाँसेको, हाँसोमय छ सबको | म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन | ||
::नहाँसेको एकै चिज पनि कुनै भेट्न | ::नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ । | ||
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि | गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि | ||
:: | ::जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥ | ||
{{pcn|३५}} | {{pcn|३५}} | ||
कठै त्यो वेलामा उभय | कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ | ||
::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल | ::पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ । | ||
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा | म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा | ||
::रहे | ::रहे रित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 09:20, 19 June 2025
३०
चिताको त्यो ज्वाला धपधप बली अन्तिम गति
सबैको यस्तै हो भनि बहुत हाँस्यो खितिखिति ।
धुवाँ हाँस्तै दौड्यो, वितत पथ हाँस्यो गगनको
खरानी झन् हाँस्यो, मुख मलिन पारी पवनको ॥
३१
चिताको चौतर्फी करुण बिलनाको वश परी
छिनेको मोतीको लहर सरि आँशू बरबरी ।
झरी हाँसे, हाँस्यो विरह बिचरो बन्धुजनको
रुवाबासी साथै हिलिहिलि गर्यो मोह मनको ॥
३२
चितामा चित् खाई चटचट गरी देह-ममता
डढी जाँदा हाँस्यो बहुत खुशि भै खिस्स समता ।
लिई खाली सानू स्मरणमय बत्ती पिलिपिली
विधाताको कालो विलय-विधि हाँस्यो हिलिहिली ॥
३३
दुखी जाँदा हाँस्यो सहज-सुख वा शान्ति अभय
सुखी जाँदा हाँस्यो अति कठिन बाधा अनुशय ।
दुवैको एकै हो विलय, तर हाँसो फरक भो
कसैको त्यै हाँसो सुरपुर, कसैको नरक भो ॥
३४
म हाँसेको, हाँसोमय छ सबको जन्म-निधन
नहाँसेको एकै चिज पनि कुनै भेट्न शकिनँ ।
गयो झन् झन् बढ्दै भुवनभर हाँसो निरवधि
जगद्व्यापी हाँस्यो मुसुमुसु चिदाऽऽनन्द-जलधि ॥
३५
कठै ! त्यो वेलामा उभय गुरु-चेला सँग थियौँ
पछी हाँस्ताहाँस्तै विधिवश दुवै बेगल भयौँ ।
म फर्कें यै चौकीउपर गुरु त्यै पूर्ण पदमा
रहे रित्तै हाँसी अतुल परमाऽऽनन्द-मदमा ॥