Page:Tarun tapasi.pdf/120: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|१६}} | {{pcn|१६}} | ||
जवानीका साथै प्रिय | जवानीका साथै प्रिय वर-बधूका हृदयको | ||
::खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको । | ::खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको । | ||
हँसायो त्यस्ले झन् मधुर मुख | हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखको | ||
::कठै त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ? | ::कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ? | ||
{{pcn|१७}} | {{pcn|१७}} | ||
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु | हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु | ||
::सबै हाँस्तै आये | ::सबै हाँस्तै आये सुख-सयलका साधनहरू । | ||
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, | तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म | ||
::सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥ | ::सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥ | ||
{{pcn|१८}} | {{pcn|१८}} | ||
ठुलो हाँ हाँ साथै | ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली | ||
::गरी नाता हाँस्यो | ::गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली । | ||
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी | तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी | ||
::घुमी झन् झन् हाँस्यो भुवनभरमा | ::घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥ | ||
{{pcn|१९}} | {{pcn|१९}} | ||
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी | क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी | ||
::बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी । | ::बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी । | ||
तिनैको त्यै भित्री प्रणयरस वा | तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा | ||
::भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥ | ::भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥ | ||
{{pcn|२०}} | {{pcn|२०}} | ||
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो | कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो | ||
::कतै निल्नै गाह्रो मलिन | ::कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो । | ||
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति | मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति | ||
::घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥ | ::घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:41, 18 June 2025
१५
चिची, पापा, नाना, बुबु र पुतलीका रहरमा
खुशी मान्दै हाँस्यो चपल शिशु ता मस्त सुरमा ।
पिछा लागी उस्को लुकि लुकि गरी आँखमिचनी
जवानी झन् हाँस्यो मुसुमुसु 'म को हूँ चिन' भनी ॥
१६
जवानीका साथै प्रिय वर-बधूका हृदयको
खिँचातानी हाँस्यो पहिरिकन माला प्रणयको ।
हँसायो त्यस्ले झन् मधुर मुख दाम्पत्य-सुखको
कठै ! त्यस्मा हुन्थ्यो मनुज, पशु, पक्षी विमुख को ?
१७
हँसीलो त्यै भित्री प्रणयसुख थापीकन गुरु
सबै हाँस्तै आये सुख-सयलका साधनहरू ।
तँ हास्यो, त्यो हाँस्यो, प्रभु, तिमि-तपाईं-हजुर-म
सबै हाँस्यो लाखौं थरि विषमताको 'स रि ग म' ॥
१८
ठुलो हाँ हाँ साथै विषय-ममतामा ढलिमली
गरी नाता हाँस्यो रगत-पसिनामा मिलिजुली ।
तिखा आँखा तर्दै 'तँ तँ र म म' को सम्भ्रम गरी
घुमी झन् झन् हाँस्यो भुवनभरमा भ्रान्ति-भुमरी ॥
१९
क्षुधा तृष्णा दोटी शरम नभयेका सहचरी
बसी भित्रै हाँसे अनलसित आलिङ्गन गरी ।
तिनैको त्यै भित्री प्रणयरस वा तृप्ति-सुखमा
भुली हाँस्तै दौड्यो हरकिसिमको खाद्य मुखमा ॥
२०
कतै हाँस्यो खाना बहुत रसिलो वा अति मिठो
कतै निल्नै गाह्रो मलिन मडुवा-फापर-पिठो ।
मिठो देख्दा हाँस्यो रुचि रहर वा लालच अति
घृणा, निन्दा हाँस्यो मलिन नमिठोमा खितितिति ॥