Page:Tarun tapasi.pdf/118: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली | विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली | ||
::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली । | ::मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली । | ||
उता | उता हाँस्तै निस्क्यो गगनतल नीलो खितितिति | ||
::मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ? | ::मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ? | ||
Line 29: | Line 29: | ||
::तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी । | ::तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी । | ||
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी | ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी | ||
::जथाभावी हाँस्यो सबतिर | ::जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी ॥ | ||
{{pcn|८}} | {{pcn|८}} |
Latest revision as of 21:29, 18 June 2025
३
विधाता हाँसेको, निमय अझ उस्को हिलिलिली
मजैमा हाँसेको हरकिसिमका रङ्ग बदली ।
उता हाँस्तै निस्क्यो गगनतल नीलो खितितिति
मिहीँ उस्को हाँसो बुझन कुन शक्ला सितिमिति ?
४
कठै ! तेही रित्तो गगनतल सिंहासन गरी
नभोगङ्गा हाँसिन् हरतरहका साधन भरी ।
उता सुस्तै नीलो गगनपथमा निर्भय पसी
सबै हाँस्तै दौडे ग्रहगण र तारा, रवि, शशी ॥
५
तिनैको त्यै ज्योतिर्मय मधुर हाँसो तल झरी
हँसायो वा हाँस्यो मुसुमुसु उज्यालो सुरपुरी ।
यता पृथ्वी हाँसिन् जलधि-घट काखीबिच धरी
पनेर्नी जस्ती भै घुमि-घुमि लगायेर नचरी ॥
६
निशा हाँसी कालो वसन तमको चट्ट पहिरी
लुकामारी खेल्दै दिनसँग बडो कौतुक गरी ।
दगुर्दा गर्मायो दिवस, तर हाँस्यो हिलिलिली
निहारी सन्ध्याको अरुण सुखशय्या मखमली ॥
७
लबर्पांडे कालो तरुण रसिलो बादल पनि
तमासा त्यो देखी हृदयबिच लाग्यो र मुहुनी ।
ठुलो खित्का छोडी गगनभर घुम्दै फनफनी
जथाभावी हाँस्यो सबतिर गर्यो आँखमिचनी ॥
८
अहा ! त्यै वेलामा तरुण-घन-लीलावश परी
परी जस्ती गोरी चपल बिजुली त्यो अघि सरी ।
उसैको छातीमा लुटुपुटु परी निर्भर ढली
मजा मानी मानू प्रणयसित हाँसी हिलिलिली ॥