Page:Tarun tapasi.pdf/113: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी । | ::मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी । | ||
मिलाई लेखेको क्षरमय सफा अक्षर सब | मिलाई लेखेको क्षरमय सफा अक्षर सब | ||
::सबै मर्मस्पर्शी उस | ::सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥ | ||
{{pcn|७}} | {{pcn|७}} | ||
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती | मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती | ||
::सबै छोटा लामा | ::सबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती । | ||
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना | मिलेको शैली त्यो, मिलित पदविन्यास रचना | ||
::अमिल्दो निस्कन्थ्यो कसरि उसको | ::अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ? | ||
{{pcn|८}} | {{pcn|८}} | ||
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा | नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा | ||
::पदैपिच्छे बग्दो ध्वनिकृत | ::पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा । | ||
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता | चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता | ||
::कठै कस्ले जान्ने प्रथम कविको | ::कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पटुता ? | ||
{{pcn|९}} | {{pcn|९}} | ||
झरीलो यो लामो तप तप चुहेको मह सरी | झरीलो यो लामो तप तप चुहेको मह सरी | ||
::चमत्कारी, भारी मधुर, भरिएको | ::चमत्कारी, भारी मधुर, भरिएको रस-झरी । | ||
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा | सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा | ||
::नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥ | ::नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी | |||
::सबै टण्टा छोडी विविध | ::सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी । | ||
मजा | मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको | ||
::बिलायेको | ::बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
झुकेँ केही तेही सकल कविता हेर्न म पनि | |||
::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी । | ::चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी । | ||
फुक्यो त्यस्ले गर्दा कमलफुल | फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय | ||
::उडीहाल्यो कालो मधुकर सरी | ::उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:02, 18 June 2025
६
तिनैपत्रे कापी, कलम तिनचुच्चे, तिन थरी
मसी चोपी बग्दो मधुर तिनधर्के पन भरी ।
मिलाई लेखेको क्षरमय सफा अक्षर सब
सबै मर्मस्पर्शी उस कवि-कलाको अनुभव ॥
७
मिलेका छन् मात्रा लघु गुरु, मिलेको छ विरती
सबै छोटा लामा लय-मिलित छन् छन्द अझ ती ।
मिलेको शैली त्यो, मिलित पदविन्यास रचना
अमिल्दो निस्कन्थ्यो कसरि उसको काव्य-कलना ?
८
नयाँ राम्रा राम्रा अगणित अलङ्कार उसमा
पदैपिच्छे बग्दो ध्वनिकृत चमत्कार-सुषमा ।
चिरस्थायी भावोदय छ भरिलो, छैन कटुता
कठै ! कस्ले जान्ने प्रथम कविको काव्य-पटुता ?
९
झरीलो यो लामो तप तप चुहेको मह सरी
चमत्कारी, भारी मधुर, भरिएको रस-झरी ।
सदा एकैनासे प्रचुर गुण, गाम्भीर्य, गरिमा
नजान्नेका लागी तर अति विषालू मधुरिमा ॥
१०
हजारौँ के लाखौँ रसिक रसिलो जीवनभरी
सबै टण्टा छोडी विविध कवि-सम्मेलन गरी ।
मजा लिन्छौँ भन्दै प्रथम कविका काव्य-रसको
बिलायेको देखेँ नबुझिकन क्यै मर्म उसको ॥
११
झुकेँ केही तेही सकल कविता हेर्न म पनि
चढ्यो हेर्दाहेर्दै मगजबिच उल्टो सनसनी ।
फुक्यो त्यस्ले गर्दा कमलफुल झैँ फर्र हृदय
उडीहाल्यो कालो मधुकर सरी बन्ध-विषय ॥