Page:Tarun tapasi.pdf/108: Difference between revisions
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 29: | Line 29: | ||
::चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी । | ::चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी । | ||
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल | खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल | ||
::चकोर-श्रेणीले जुन सब | ::चकोर-श्रेणीले जुन सब गर्यो पूर्ण सफल ॥ | ||
{{pcn|१७}} | {{pcn|१७}} |
Latest revision as of 12:46, 18 June 2025
१२
त्रियामा त्यो श्यामा अमृत-करका दिव्य करमा
बनी धन्या मान्या प्रमद-जननी विश्वभरमा ।
नराम्री होस् कन्या तर वर गुणी लायक भये
हुनासाथै पाणि-ग्रहण, उसका दुर्दिन गये ॥
१३
थिये साना साना किरण-कणिका जो गगनमा
बिपत्ता भो सत्ता सकल तिनको एक छिनमा ।
रहे यौटा दोटा पर पर उज्याला अलि अलि
गराये संसारै अमृतकरले नै झिलिमिली ॥
१४
चमत्कारी शोभा चमचम सबैतर्फ छरियो
धराको छातीमा अमृतमय माधुर्य भरियो ।
विना यस्तै नेता धरणितलमा वा मुलुकमा
प्रजा अन्धो दुःखी कसरि रहला शान्ति-सुखमा ?
१५
ठुलाको सानाको रतिभर कुनै भेद नगरी
स्वयं निःस्वार्थी भै अमृत सबमा शीतल भरी ।
उदायेको देख्दा अमृतकर नीलो गगनमा
घुम्यो अर्कै छाया उस बखत मेरा नयनमा ॥
१६
बिचैमा लर्केको रजत-घट देखी तरतरी
चुहुन्थ्यो वा बग्थ्यो जुन अमृतको शीतल झरी ।
खुशीले त्यो प्यूँदै चपचप गरी चञ्चु-चपल
चकोर-श्रेणीले जुन सब गर्यो पूर्ण सफल ॥
१७
जुनेली त्यै शोभामय सुरधुनीमा खलखली
नुहाई वा थापी शिर, अटल भै कत्ति नचली ।
भिजायेँ बिस्तारै मगज, बहुतै शीतल भयेँ
पछी सुस्तै फेरी नयनयुग माथीतिर दियेँ ॥