Page:Tarun tapasi.pdf/107: Difference between revisions
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 9: | Line 9: | ||
{{pcn|७}} | {{pcn|७}} | ||
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी | पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी | ||
:: | ::भयेँ राम्री गोरी अब त म भनी गद्गद बनी । | ||
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको | सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको | ||
::झुकी हेर्थी मानू अनुभव लिँदै | ::झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्ग-सुखको ॥ | ||
{{pcn|८}} | {{pcn|८}} | ||
Line 22: | Line 22: | ||
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति | प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति | ||
::अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति । | ::अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति । | ||
सरेको हो यद्वा | सरेको हो यद्वा प्रणय-सुखको सम्मिलनमा | ||
::परेको हो छाया निविड कबरीको वदनमा ॥ | ::परेको हो छाया निविड कबरीको वदनमा ॥ | ||
{{pcn|१०}} | {{pcn|१०}} | ||
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश | प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश | ||
::चढ्यो माथी सुस्तै अमृत चुहुँदो | ::चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्य-कलश । | ||
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु | तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु | ||
::म | ::म थालेँ वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥ | ||
{{pcn|११}} | {{pcn|११}} | ||
पगालेको चाँदीमय किरणमाला टललल | पगालेको चाँदीमय किरणमाला टललल | ||
::जटामा बग्नाले | ::जटामा बग्नाले अमृत-रस छर्दै सललल । | ||
हुँदै जान्थ्यो मेरो | हुँदै जान्थ्यो मेरो स्तुति-वचनमा गद्गद गला | ||
::म | ::म भन्थेँ साठी होस् अमृत-करको शीतल कला ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:43, 18 June 2025
६
समेटी बिस्तारै मृदुल करले चारु कबरी
निशालाई मानू प्रणयवश आलिङ्गन गरी ।
उठे सुस्तै सुस्तै प्रमुदित निशानाथ विमल
बन्यो साह्रै राम्रो गगनमय त्यो रङ्गमहल ॥
७
पखाली ज्योत्स्नाले मुखमलिनता दोष रजनी
भयेँ राम्री गोरी अब त म भनी गद्गद बनी ।
सफा ऐना जस्ता विमल सरमा कान्ति मुखको
झुकी हेर्थी मानू अनुभव लिँदै स्वर्ग-सुखको ॥
८
बनी चल्दो फिर्दो सरस मुटु जस्तै गगनको
शशी शोभा छर्दै भुवनभर सर्वत्र जुनको ।
उदायेका देखी मुदित मुख पारी कुमुदिनी
सबै हाँसे, हाँसी अझ मसुमुसू रम्य रजनी ॥
९
प्रिया रात्री काली, प्रियतम शशी उज्ज्वल अति
अँगाल्दा उस्लाई हृदयबिच, कालो अलिकति ।
सरेको हो यद्वा प्रणय-सुखको सम्मिलनमा
परेको हो छाया निविड कबरीको वदनमा ॥
१०
प्रभाद्वारा गर्दै हृदय दुनियाँको परवश
चढ्यो माथी सुस्तै अमृत चुहुँदो रौप्य-कलश ।
तमासा त्यो खासा प्रणयसित हेर्दै टुलुटुलु
म थालेँ वा मेरो हृदय हुन थाल्यो ढुलुमुलु ॥
११
पगालेको चाँदीमय किरणमाला टललल
जटामा बग्नाले अमृत-रस छर्दै सललल ।
हुँदै जान्थ्यो मेरो स्तुति-वचनमा गद्गद गला
म भन्थेँ साठी होस् अमृत-करको शीतल कला ॥