Page:Tarun tapasi.pdf/104: Difference between revisions
No edit summary |
|||
(2 intermediate revisions by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Validated | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 8: | Line 8: | ||
{{pcn|२८}} | {{pcn|२८}} | ||
कतै छन् | कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा | ||
::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा । | ::कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा । | ||
कतै अग्ला ज्योतिर्मय | कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला | ||
::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥ | ::कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥ | ||
Line 16: | Line 16: | ||
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको | हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको | ||
::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको । | ::प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको । | ||
जमायेको जस्तो उस नगरको | जमायेको जस्तो उस नगरको अद्भुत छवि | ||
:: | ::कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि ? | ||
{{pcn|३०}} | {{pcn|३०}} | ||
Line 26: | Line 26: | ||
{{pcn|३१}} | {{pcn|३१}} | ||
बगेकी चौतर्फी कलकल सदा | बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता | ||
::हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता । | ::हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता । | ||
रसीलो आनन्दी हृदय सब ती पौरहरुको | रसीलो आनन्दी हृदय सब ती पौरहरुको | ||
::फुकेको फक्रेको सुरभि फुल | ::फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥ | ||
{{pcn|३२}} | {{pcn|३२}} | ||
दया, मैत्री, श्रद्धा, | दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब | ||
::सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव । | ::सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव । | ||
सबै मर्यादा वा | सबै मर्यादा वा विधि-नियमको पालन गरी | ||
::रमायेका दैवी | ::रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:12, 17 June 2025
२७
झुलेका इन्द्रेनी सब भवनमा तोरण बनी
ध्वजामा नाचेको चपल बिजुलीको सनसनी ।
अटाली वा बुर्जा सब गगनचुम्बी चहकिला
नगीचै देखिन्थे शशधर जहाँबाट धमिला ॥
२८
कतै छन् स्वर्गङ्गाजल-रचित छाँगा र छहरा
कतै क्रीडावापी, छरछर कतै दीर्घ फुहरा ।
कतै अग्ला ज्योतिर्मय मणिशिला-शैल हँसिला
कतै राम्रा राम्रा कुसुमित लताकुञ्ज रसिला ॥
२९
हिरा, मोती, पन्ना प्रभृति भरिला रत्नहरुको
प्रभा मात्रै हाली कुसुमरसमा कल्पतरुको ।
जमायेको जस्तो उस नगरको अद्भुत छवि
कलम्द्वारा सारा लिन कसरि शक्ला कुन कवि ?
३०
जरैदेखी हेर्दा जुग जुग जहाँ शून्य छ जरा
जवानीको मात्रै लहलह जहाँ गर्छ लहरा ।
जहाँ आँधी, व्याधि, क्षय, जननको छैन शरण
वहाँको को जान्ने अतुल सुखको त्यो विवरण ?
३१
बगेकी चौतर्फी कलकल सदा शान्ति-सरिता
हँसीला बासिन्दा सरल पुतलीतुल्य छरिता ।
रसीलो आनन्दी हृदय सब ती पौरहरुको
फुकेको फक्रेको सुरभि फुल झैँ कल्पतरुको ॥
३२
दया, मैत्री, श्रद्धा, प्रणय-रसले शीतल सब
सबैको हिस्सामा अतुल मनचिन्ते छ विभव ।
सबै मर्यादा वा विधि-नियमको पालन गरी
रमायेका दैवी विषय-सुखमा निर्जर सरी ॥